Tuesday, 6 February 2018
बामपंथी प्रोपोगन्डा को वास्तविकता
बामपंथी हरुले अहिले निकै उछाले को विषय हो , काँग्रेस ले उधोग कलकारखाना बेच्यो भन्ने - जहाँ सम्म उधोग बेचेको कुरा छ , के बिर्सनु हुँदैन भने ति उधोग हरु घाटा मा थिए र देश को राजश्व वाट घाटा पुर्ती हुन्थ्यो जसले जनता लाइ थप करभार वहन गर्नु पर्थ्यो र पनि यि उधोगहरु बेच्न चाहिं हुँदैनथ्यो भन्ने मेरो प्रष्ट मत छ । कुनै दिन एमाले ले ३ महिना संसद अबरुद्ध गरेको थियो , कतिपय बिधेयक फेल गरेको छ जस्तो हालैको डा.गोविन्द के सि ले उठाएको चिकित्सा शिक्षा विधेयक ,तर त्यतीवेला एमाले ले के हेरेर वसेको थियो ?? अहिले एमाले चिकित्सा शिक्षा विधेयक को खिलाफ मा खडा भए जस्तै उधोग निजीकरण गर्ने निर्णय को खिलाफ मा उभिएको भए उधोग निजीकरण गर्ने सरकारी कदम असफल हुन्थ्यो । यसको अर्थ एमाले को पनि मिलेमतो थियो , उधोग खरिदकर्ता हरु ले एमाले नेताहरुलाइ पनि प्रभाव मा पारेका थिए । सरकार ले घाटा मा चलेेेेको उधोग लाइ नयाँ व्यवस्थापन अनुसार चुस्त र पारदर्शी ढंग ले संचालन गर्नु पर्थ्यो जसमा सरकार चुक्यो , अर्को कुरा निजीकरण आफै मा खराब पनि थिएन यदि खरिद गर्ने निजि क्षेत्र ले उधोग लाइ नियमित रुपले आन्तरिक रोजगारी सिर्जना गर्दै कुशलता पुर्वक संचालन गर्थ्यो भने तर यसो हुन सकेन जुन दुर्भाग्य हो । उधोग निजीकरण को विषय मा एमाले चोखिने ठाउँ छैन । वैशाख १२ गते को महाभुकम्प पछि संसद मा सांसद हरुको तलब दोब्बर वृद्धी गर्ने प्रस्ताव आयो जनता चाहिं पाल मुनि थिए , कुन चाहिं सर्वहारा का नेता हरु ले यो प्रस्ताव को विरोध गरे ??? सबै बाम सांसद हरु ले यो प्रस्ताव को मौन समर्थन गरे बरु काँग्रेस का धनराज गुरुङ लगाएत का साँसद हरु ले यो प्रस्ताव को कडा विरोध गरे । सांसद भत्ता बढाउन मौन समर्थन गर्ने बामपंथी हरु ३ करोड नेपालीहरु को स्वास्थ्य अधिकार संग जोडिएको डा.गोविन्द केसि को माग बमोजिम को चिकित्सा शिक्षा विधेयक लाइ असफल पार्न कम्मर कसे र फेल गराइ छाडे । चिकित्सा शिक्षा विधेयक को विरुद्ध लागे जस्तै उधोग निजीकरण को विरोध मा एमाले किन लागेन ?? धेरैलाइ याद होला कुनै दिन एमाले को सबैभन्दा प्यारो मोहन गोपाल खेतान र दुगड कम्पनी थियो , राज्यलक्ष्मी गोल्छा लाइ त एमाले ले साँसद नै बनायो । देशका पुँजिपती वर्ग सँग एक किसिम को साँठगाँठ थियो एमाले को ।
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: हजारौं वर्षअघि रचना भएको वैदिक शास्त्रहरुमा पृथ्वी , सुर्य र व्रन्हान्ड सम्बन्धी सम्पुर्ण रहस्यहरु उदघ...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
Author: Shantiman Shrestha: शायद भारतिय उप-महाद्दिपमा सबैभन्दा चर्चित र विवादास्पद ग्रन्थ होला "मनु स्मृती" ।...
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
लेखक: प्रवीण अधिकारी: हिन्दू धर्मको वृहद अवधारणा भित्र कुनैपनि व्यक्तिको निजि जीवनमा ४ वटी आमाहरुको अस्तित्व स्वीकारिएको हुन्छ - १...
-
लेखक: निर्मलमणि अधिकारी ‘आयोदधौम्य’, पीएच.डी. : ‘हिन्दू’ शब्दको परिभाषा दिनु एकातिर अत्यन्त सजिलो छ भने अर्कातिर अत्यन्त अप्ठ्या...
-
यमराज ले नर्क मा पुगेका हरु लाई सजाय सुनाउदै जाने क्रम मा अन्त्य मा एकजना किसान र एकजना नेता वाँकी थियो । यमराज ले भनेछ : तिमीहरुले गरेक...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
No comments:
Post a Comment