००
Tuesday, 6 February 2018
बामपंथी प्रोपोगन्डा को वास्तविकता
बामपंथी हरुले अहिले निकै उछाले को विषय हो , काँग्रेस ले उधोग कलकारखाना बेच्यो भन्ने - जहाँ सम्म उधोग बेचेको कुरा छ , के बिर्सनु हुँदैन भने ति उधोग हरु घाटा मा थिए र देश को राजश्व वाट घाटा पुर्ती हुन्थ्यो जसले जनता लाइ थप करभार वहन गर्नु पर्थ्यो र पनि यि उधोगहरु बेच्न चाहिं हुँदैनथ्यो भन्ने मेरो प्रष्ट मत छ । कुनै दिन एमाले ले ३ महिना संसद अबरुद्ध गरेको थियो , कतिपय बिधेयक फेल गरेको छ जस्तो हालैको डा.गोविन्द के सि ले उठाएको चिकित्सा शिक्षा विधेयक ,तर त्यतीवेला एमाले ले के हेरेर वसेको थियो ?? अहिले एमाले चिकित्सा शिक्षा विधेयक को खिलाफ मा खडा भए जस्तै उधोग निजीकरण गर्ने निर्णय को खिलाफ मा उभिएको भए उधोग निजीकरण गर्ने सरकारी कदम असफल हुन्थ्यो । यसको अर्थ एमाले को पनि मिलेमतो थियो , उधोग खरिदकर्ता हरु ले एमाले नेताहरुलाइ पनि प्रभाव मा पारेका थिए । सरकार ले घाटा मा चलेेेेको उधोग लाइ नयाँ व्यवस्थापन अनुसार चुस्त र पारदर्शी ढंग ले संचालन गर्नु पर्थ्यो जसमा सरकार चुक्यो , अर्को कुरा निजीकरण आफै मा खराब पनि थिएन यदि खरिद गर्ने निजि क्षेत्र ले उधोग लाइ नियमित रुपले आन्तरिक रोजगारी सिर्जना गर्दै कुशलता पुर्वक संचालन गर्थ्यो भने तर यसो हुन सकेन जुन दुर्भाग्य हो । उधोग निजीकरण को विषय मा एमाले चोखिने ठाउँ छैन । वैशाख १२ गते को महाभुकम्प पछि संसद मा सांसद हरुको तलब दोब्बर वृद्धी गर्ने प्रस्ताव आयो जनता चाहिं पाल मुनि थिए , कुन चाहिं सर्वहारा का नेता हरु ले यो प्रस्ताव को विरोध गरे ??? सबै बाम सांसद हरु ले यो प्रस्ताव को मौन समर्थन गरे बरु काँग्रेस का धनराज गुरुङ लगाएत का साँसद हरु ले यो प्रस्ताव को कडा विरोध गरे । सांसद भत्ता बढाउन मौन समर्थन गर्ने बामपंथी हरु ३ करोड नेपालीहरु को स्वास्थ्य अधिकार संग जोडिएको डा.गोविन्द केसि को माग बमोजिम को चिकित्सा शिक्षा विधेयक लाइ असफल पार्न कम्मर कसे र फेल गराइ छाडे । चिकित्सा शिक्षा विधेयक को विरुद्ध लागे जस्तै उधोग निजीकरण को विरोध मा एमाले किन लागेन ?? धेरैलाइ याद होला कुनै दिन एमाले को सबैभन्दा प्यारो मोहन गोपाल खेतान र दुगड कम्पनी थियो , राज्यलक्ष्मी गोल्छा लाइ त एमाले ले साँसद नै बनायो । देशका पुँजिपती वर्ग सँग एक किसिम को साँठगाँठ थियो एमाले को ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
प्रवीण अधिकारी :- जय शम्भो ||| अर्धनरनारीश्वर ========== भनिन्छ सृष्टि निर्माण चरणमा यस ब्रह्माण्डमा रहेको शिवतत्वले आफ्नो शक्ति स्वयंबाट अ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
प्रचन्ड ले छोरा को क्रिया गरेनन उता एमाले नेता सुरेन्द्र पान्डे का अनुसार पिन्ड लडाउनु कम्युनिस्ट सिद्धान्त विपरित हो गरे ....!!! एकजना कम्य...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
कार्ल मार्क्स ले धर्म अफिम हो भन्दै गर्दा उनि कहिल्यै पनि यहुदी धर्म को स्वार्थ विपरित गएनन ,कारण उनि यहुदी थिए , यहुदी धर्म लाइ सदा माया गर...
-
भनिन्छ ; ईश्वर ले सृष्टी को रचना गरिसके पछी जिव र प्राणी हरुको पनि रचना गर्नु भो । ईस्वर यती ले मात्र सन्तुष्ट हुनुभएन र विश्व कै सवै भन्दा ...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
प्रवीण अधिकारी : सच्चा नेपाली हौ भने यी मुखौटोहरु चिनौं | नेपालको सिमाना वेच्ने प्रधानमन्त्रीहरु को को हुन ? हेर्नोस र सत्य तथ्य आफै अनुमा...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
No comments:
Post a Comment