००
Tuesday, 6 February 2018
पृथ्वीनारायण शाह नेपाल को राष्ट्रिय गौरब
राष्ट्र निर्माता पृथ्वीनारायण शाह को जन्मोत्सव मा एक दिन विदा मात्र होइन राजकीय रुपमा भव्य कार्यक्रम गरि मनाइनु पर्छ भन्ने मेरो माग छ। मार्क्स , लेनिन र स्टालिन को पुजा गर्ने कम्युनिस्ट हरु ले नेपाल एकीकरण का महानायक पृथ्वीनारायण शाह को शालिक तोड्ने , इतिहास मेटने र बदनाम गर्ने घिनलाग्दो काम गरेर देश द्रोह गरेका छन । पुरै विश्व अंग्रेज साम्राज्यवाद को पंजा मा पर्दा हाम्रो देश नेपाल लाइ अंग्रेज साम्राज्यवाद को गुलाम हुन बाट बचाएका पृथ्वीनारायण को सत्तोसराप गरेर नेपाल का वामपन्थी हरु ले साम्राज्यवादी को पाउ मलेका छन । एशिया महादेश मा नै पहिलोपटक बृटिश साम्राज्य कुनै युद्ध मा हारेको सिन्धुलिगढिको लडाइ मा नेपाल सँग हो । EU , Missionary , INGO को डलर र स्वार्थ मा पालित र पोषित अनि मध्यरात मा विदेशी दूतावास धाउने भ्रष्ट नेताहरु राष्ट्र को शान र गौरव बढाउने पृथ्वीनारायण शाह को विषवमन गर्न उदधत हुनु दुख:द हो । देश हित को खिलाफ मा संग्लग्न पादरी हरु को चालवाजी वुझेर पृथ्वीनारायण शाह ले उनिहरुलाइ देश निकाला गरेका थिए। तिनै पादरी हरुले बेलायती संसद को खर्च मा लेखेका नेपाल र पृथ्वीनारायण शाह को बदनाम गर्न लेखेका मनगढन्त इतिहास नेपाली जनता को कान मा भट्याएर जनता लाइ दिग्भ्रमित गर्ने काममा नेपाल का कम्युनिस्ट हरु संग्लग्न छन । फुटाउ र राज गर को निति लागु गरि शासन गर्न चतुर अंग्रेज हरु ले उपत्यकाको नेवार समुदाय लाइ पृथ्वीनारायण शाह को विरुद्ध भड्काउन पृथ्वीनारायण ले किर्तिपुर मा नेवार हरु को १७ धार्नि नाक कान काटे भन्ने इतिहास लेखे जवकी त्यो समय किर्तिपुर को जनसंख्या अति कम थियो , १७ धार्नी नाक पुग्न कति जनसंख्या चाहिन्छ ?? वास्तवमा कम्युनिस्ट हरु ले उपत्यका मा आफ्नो प्रभाव फैलाउन अंग्रेज हरु द्दारा रचित यहि प्रोपोगन्डा को सहारा वर्षौ देखी लिए । समग्र मा यो राष्ट्र को निर्माण मा अग्रणी भुमिका निभाउने र हामी सम्पुर्ण नेपाली को शिर उँचो वनाउने पृथ्वीनारायण शाह लाइ सत्तोसराप गर्ने कुनै पनि राजनितिक दल वा नेता राष्ट्रबादी हुन सक्दैन।
तत्कालीन बृटिश सत्ता को निति र खुराफाती योजना कस्तो हुन्थ्यो भन्ने कुरा बुझ्न म्याक्स मुलर को भुमिका , उनि द्धारा उल्था गरिएको वैदिक ग्रन्थ र त्यसको खास प्रयोजन , पुर्विय संस्कृती लाइ अस्तव्यस्त वनाउन बृटिस सरकार को आदेश अनुसार उनले खेलेको भुमिका , उनको मृत्यु अघिको केहि भनाइ हरु बुझ्नुपर्ने हुन्छ । पृथ्वीनारायण शाह र नेवार सम्बन्धी बृटिस द्धारा रचित इतिहास यसैको शृङ्खला हो - तर अचम्म - आफुलाइ साम्राज्यवाद र विस्तारवाद को बिरोधी बताउने नेपाल का कम्युनिस्ट हरु साम्राज्यवादि बृटिस द्दारा रचित इतिहास लाइ प्रोपोगन्डा को रुपमा प्रयोग गर्दैछन ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
प्रवीण अधिकारी :- जय शम्भो ||| अर्धनरनारीश्वर ========== भनिन्छ सृष्टि निर्माण चरणमा यस ब्रह्माण्डमा रहेको शिवतत्वले आफ्नो शक्ति स्वयंबाट अ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
प्रचन्ड ले छोरा को क्रिया गरेनन उता एमाले नेता सुरेन्द्र पान्डे का अनुसार पिन्ड लडाउनु कम्युनिस्ट सिद्धान्त विपरित हो गरे ....!!! एकजना कम्य...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
कार्ल मार्क्स ले धर्म अफिम हो भन्दै गर्दा उनि कहिल्यै पनि यहुदी धर्म को स्वार्थ विपरित गएनन ,कारण उनि यहुदी थिए , यहुदी धर्म लाइ सदा माया गर...
-
भनिन्छ ; ईश्वर ले सृष्टी को रचना गरिसके पछी जिव र प्राणी हरुको पनि रचना गर्नु भो । ईस्वर यती ले मात्र सन्तुष्ट हुनुभएन र विश्व कै सवै भन्दा ...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
प्रवीण अधिकारी : सच्चा नेपाली हौ भने यी मुखौटोहरु चिनौं | नेपालको सिमाना वेच्ने प्रधानमन्त्रीहरु को को हुन ? हेर्नोस र सत्य तथ्य आफै अनुमा...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
No comments:
Post a Comment