Wednesday, 7 February 2018

स्वास्थ्य पर्यवेक्षण को टोलि

एक स्वास्थ्य पर्यवेक्षण को टोली पर्यवेक्षण को शिलशिला मा एउटा घरमा पुग्छन जहाँ एउटा महिला छिन र साथ मा २ ओटा साना -साना बच्चा - एउटा अलि ठुलो - अर्को अलि सानो । पर्यवेक्षण टोलिको प्रमुख ले महिला लाई सोध्छ : तपाइले यि बच्चा लाई के खुबाउनु हुन्छ ? महिला : कसलाई ; ठुलो लाई कि सानो लाई ? पर्यवेक्षक : ठुलो लाई ? महिला : लिटो खुबाउँछु । पर्यवेक्षक : अनि सानो लाई नि ? महिला : सानोलाई नि लिटो नै खुबाउँछु । पर्यवेक्षक : खोप केन्द्र मा लानु भाछ कि भाछैन ? महिला : कसलाई ; ठुलो लाई कि सानो लाई ? पर्यवेक्षक : ठुलो लाई । महिला : लगेछु । पर्यवेक्षक : अनि सानो लाई नि ? महिला : सानोलाई नि लगेछु । पर्यवेक्षक : अक्षर सिकाउनुहुन्छ कि सिकाउनुहुन्न ? महिला : कसलाई ; ठुलो लाई कि सानो लाई ? पर्यवेक्षक : ठुलो लाई ? महिला : सिकाउछु । पर्यवेक्षक : अनि सानो लाई नि ? महिला : सानो लाई नि सिकाउछु । पर्यवेक्षक : नुहाइदिनुहुन्छ कि हुन्न? महिला : कसलाई , ठुलो लाई कि सानो लाई ? पर्यवेक्षक : ठुलो लाई । महिला : नुहाइदिन्छु कहिलेकाहिं । पर्यवेक्षक : अनि सानो लाई नि ? महिला : सानो लाई नि नुहाइदिन्छु कहिलेकाहिं । ( पर्यवेक्षक को कन्सिरी को रौं तात्छ र च्याँठिदै भन्छ : उत्तर एउटै दिने भए पछी किन सोध्ने ठुलो कि सानो ? ) महिला ले जवाफ फर्काउछ : ठुलो चाहिं मेरै बच्चा हो नि त । पर्यवेक्षक : अनि सानो चाहिं कसको नि ? महिला : सानो पनि मेरै बच्चा हो । .............................................. ..............................................

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts