Wednesday, 7 February 2018
स्वास्थ्य पर्यवेक्षण को टोलि
एक स्वास्थ्य पर्यवेक्षण को टोली पर्यवेक्षण को शिलशिला मा एउटा घरमा पुग्छन जहाँ एउटा महिला छिन र साथ मा २ ओटा साना -साना बच्चा - एउटा अलि ठुलो - अर्को अलि सानो । पर्यवेक्षण टोलिको प्रमुख ले महिला लाई सोध्छ : तपाइले यि बच्चा लाई के खुबाउनु हुन्छ ?
महिला : कसलाई ; ठुलो लाई कि सानो लाई ?
पर्यवेक्षक : ठुलो लाई ?
महिला : लिटो खुबाउँछु ।
पर्यवेक्षक : अनि सानो लाई नि ?
महिला : सानोलाई नि लिटो नै खुबाउँछु ।
पर्यवेक्षक : खोप केन्द्र मा लानु भाछ कि भाछैन ?
महिला : कसलाई ; ठुलो लाई कि सानो लाई ?
पर्यवेक्षक : ठुलो लाई ।
महिला : लगेछु ।
पर्यवेक्षक : अनि सानो लाई नि ?
महिला : सानोलाई नि लगेछु ।
पर्यवेक्षक : अक्षर सिकाउनुहुन्छ कि सिकाउनुहुन्न ?
महिला : कसलाई ; ठुलो लाई कि सानो लाई ?
पर्यवेक्षक : ठुलो लाई ?
महिला : सिकाउछु ।
पर्यवेक्षक : अनि सानो लाई नि ?
महिला : सानो लाई नि सिकाउछु ।
पर्यवेक्षक : नुहाइदिनुहुन्छ कि हुन्न?
महिला : कसलाई , ठुलो लाई कि सानो लाई ?
पर्यवेक्षक : ठुलो लाई ।
महिला : नुहाइदिन्छु कहिलेकाहिं ।
पर्यवेक्षक : अनि सानो लाई नि ?
महिला : सानो लाई नि नुहाइदिन्छु कहिलेकाहिं ।
( पर्यवेक्षक को कन्सिरी को रौं तात्छ र च्याँठिदै भन्छ : उत्तर एउटै दिने भए पछी किन सोध्ने ठुलो कि सानो ? )
महिला ले जवाफ फर्काउछ : ठुलो चाहिं मेरै बच्चा हो नि त ।
पर्यवेक्षक : अनि सानो चाहिं कसको नि ?
महिला : सानो पनि मेरै बच्चा हो ।
..............................................
..............................................
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
लेखक: डा. गोविन्दशरण उपाध्याय : केही दिन अगाडिको कुरा हो -मैले राम सहायलाई भेटें । उनी काठमाडौँको नया बानेश्वरको विरेन्द्र सभागृह नज...
-
By : Durgesh Ghale : ६० भन्दा बढी फिरन्ते जाति रहेको दक्षिण सुडानमा डिङ्का र नियुर दुई प्रमुख जाति छन्। यहाँ अहिले पनि करिब ९० प्रत...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: हाम्रो विद्वत समाजमा गोतम – गौतम , कश्यप -काश्यप , भरद्वाज -भारद्वाज , अत्रि -आत्रेय , शण्डिल -शाण्डिल्य , भृग...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
गुरु गोरखनाथ आध्यात्मिक आकाशका महान नक्षत्र हुन। शैभीत्य हिन्दु पथ का योगी गुरु गोरखनाथ ,नाथ सम्प्रदायका संस्थापक मानिन्छन - पुर्बिय आध्यात...
No comments:
Post a Comment