००
Wednesday, 7 February 2018
हर्के र विर्खे
हर्के र बिर्खे - बचपन देखिको साथि, तर आज ३० वर्ष पछी मात्र भेट भो, उनिहरु लामो समय पछी भेट भएकोमा खुशी हुँदै कुराकानी थाल्छन :~
हर्के : बिर्खे !!! के छ यार तेरो हालखबर ; बिहे गरिस ?
बिर्खे : गरें यार ४ वर्ष जती भो ।
हर्के : अहो ! त्यो त राम्रो भएछ - बधाइ छ है ल ।
बिर्खे : त्यती राम्रो पनि होइन ।
हर्के : किन ?
बिर्खे : बिहे त गरियो तर न त केटी त्यती राम्री नै परी न त त्यती पढेलेखिकी नै ।
हर्के : अहो !!! त्यो त निकै झुर भएछ नि ; कस्ता- कस्ता केटी हरु तँ सँग हुरुक्क हुन्थे ।
बिर्खे : त्यती झुर पनि होइन ; बिहे मा प्रसस्त दाइजो परेको थियो ।
हर्के : अहो !!! त्यसो भए तँलाई त फलिफाप भएछ नि ।
बिर्खे : त्यती फलिफाप पनि होइन ; त्यही दाइजो बेचेर किनेको सबै गाइ- भैंसी मरेर सखाप भए ।
हर्के : अहो !!! यो त अलि नजाती भएछ नि ।
बिर्खे : त्यती नजाती पनि होइन ; गाइ - भैंसी मरे पनि तीनका छाला बेचेर प्रशस्त भेंडा हरु किने ।
हर्के : ए हे !!! त्यसो भए त ठिकै भएछ ।
बिर्खे : त्यती ठिक पनि होइन - पोहोर साल को महामारी ले सबै भेंडा हरु एक - एक गरी मरे ।
हर्के : हो र !!!! त्यो त अलि दूर्भाज्ञ भएछ नि !!!
बिर्खे : त्यती दूर्भाज्ञ पनि नभनौं - भेंडा हरु मरे पनि तीनका रौं र छाला बेचेर पोहोर साल एउटा घर बनाएँ ।
हर्के : ल... !! यो त निकै सुखद खबर सुनाइस नि ।
बिर्खे : त्यती सुखद पनि होइन - घर बनाएको केहि महिना मै घर मा आगलागि भएर घर खरानी भो ।
हर्के : अहो !!!!!!!!!! यो त निकै ठुलो दु:खद घटना भएछ नि !!!!
बिर्खे : त्यती ठुलो दु:खद नि होइन किनकी घर भित्र बुढी पनि थिइ ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
प्रवीण अधिकारी :- जय शम्भो ||| अर्धनरनारीश्वर ========== भनिन्छ सृष्टि निर्माण चरणमा यस ब्रह्माण्डमा रहेको शिवतत्वले आफ्नो शक्ति स्वयंबाट अ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
प्रचन्ड ले छोरा को क्रिया गरेनन उता एमाले नेता सुरेन्द्र पान्डे का अनुसार पिन्ड लडाउनु कम्युनिस्ट सिद्धान्त विपरित हो गरे ....!!! एकजना कम्य...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
कार्ल मार्क्स ले धर्म अफिम हो भन्दै गर्दा उनि कहिल्यै पनि यहुदी धर्म को स्वार्थ विपरित गएनन ,कारण उनि यहुदी थिए , यहुदी धर्म लाइ सदा माया गर...
-
भनिन्छ ; ईश्वर ले सृष्टी को रचना गरिसके पछी जिव र प्राणी हरुको पनि रचना गर्नु भो । ईस्वर यती ले मात्र सन्तुष्ट हुनुभएन र विश्व कै सवै भन्दा ...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
प्रवीण अधिकारी : सच्चा नेपाली हौ भने यी मुखौटोहरु चिनौं | नेपालको सिमाना वेच्ने प्रधानमन्त्रीहरु को को हुन ? हेर्नोस र सत्य तथ्य आफै अनुमा...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
No comments:
Post a Comment