Thursday, 30 May 2019

भारतिय कम्युनिष्टहरुको सफाया, सेनबारी हत्याकाण्ड र माकुनेहरुको रोदन :

Author:
Shantiman Shrestha:
जुन व्यवहार आफु माथी नहोस भन्ने चाहन्छौ त्यस्तो व्यवहार अरु माथी नगर भन्ने आदर्शको जगमा खडा भएको संस्कृती हो पूर्विय संस्कृती। तिमि यदि जोड्ने सामर्थ्य राख्दैनौ भने तोड्ने हक पनि राख्दैनौ भन्ने मानविय मूल्यको जगमा खडा भएको छ पूर्विय संस्कृती ।
भारतमा हालै सम्पन्न निर्बाचनमा कम्युनिस्ट घटकहरुले जम्मा ४ सिट ल्याए त्यही पनि काँग्रेस लगायतका दलहरुसँग तालमेल गरेर, कुनै दिन पश्चिम बंगाल , केरला , त्रीपुरामा एकलौटी वर्चस्व राख्ने , उत्तर प्रदेश , बिहार लगायतका ठूला राज्यमा राम्रो प्रभाव जमाउने कम्युनिस्टहरु किन पत्तासाफ भए? कम्युनिस्टहरुले २५ वर्ष एकछत्र राज गरेको पश्चिम बंगालबाट कम्युनिस्टहरु किन बढारिए ?
     माधव कुमार नेपालले भारतमा कम्युनिस्टहरुको सुपडा साफ भएकोमा गहिरो दु:ख व्यक्त गरेछन, नेपालका अन्य कम्युनिस्ट नेता कार्यकर्ताहरुको पनि प्रकट अप्रकट रुपले यस्तै दु:ख रहेको छ भारतिय कम्युनिस्टहरुको पतनमा।
     भारतिय कम्युनिस्टहरुको पतनको पृष्ठभूमि केलाउँदा पश्चिम बंगालमा घटेको अति नै क्रुर एउटा निर्दयी हत्याकाण्डको उल्लेख गर्नैपर्ने हुन्छ। प्राय: नेपालिहरुलाई यो घटनाको बारे जानकारी नहोला त्यसैले म उल्लेख गर्दैछु।यो हत्याकण्डको बारे पुरै गहिराईमा पुगेर विश्लेषण गर्दा :
१. हिटलर , तैमुर लंग, चंगेज खाँ , औरंगजेब , बाबर , खिल्जी , गाजनी ,कासिमको क्रुर इतिहासलाई पनि बिर्साउँछ ।
२. भारतिय कम्युनिस्टहरुको क्रुर, निच र रक्तपिपासु प्रवृत्तिको अगाडि संसारका मैं हुँ भन्ने क्रुर शाषकहरु पनि फिक्का साबित हुन्छन।
३.कम्युनिस्टहरु कति सम्म निच ,कृतघ्न, पतित , क्रुर , रक्तपिपासु र हरामखोर हुन सक्छन भन्ने कुराको पोल खुल्छ।
४.कम्युनिस्टहरु सत्ता प्राप्त गर्न र सत्ता टिकाउनको लागी कति सम्म निच हर्कतमा ओर्लन सक्छन भन्ने कटु तथ्य थाहा हुन्छ।
     अब म १९७० मार्च १७ को दिन पश्चिम बंगाल बर्धमान जिल्लाको सेनबारीमा घटेको यो हत्याकाण्डको पर्दा उघार्छु।
     यो हत्याकाण्डमा भारतिय कम्युनिस्ट पार्टिका बरिष्ठ नेता , पोलिटब्युरो सदस्य तथा तत्कालिन पं.बंगालको कम्युनिस्ट सरकारका तत्कालिन उधोग मन्त्री निरुपम सेन लगाएतका अन्य बरिष्ठ नेताहरुको प्रत्यक्ष संग्लग्नतामा बिरोधी दलका २ जना युवक दाजुभाई प्रणव सेन र मोलोय सेनको टाउको काटेर तिनको रगतमा चामलको भात पकाएर तथा शरिर टुक्रा टुक्रा पारेर पकाएर ति दुई युवकको आमा मृगनयनी सेनलाई जबर्जस्ती भात र मासु खुबाएका थिए ।
     ७० को दशकमा भएको यो हत्याकाण्डलाई पश्चिम बंगाल र पुरै भारतको इतिहासमा "सेनबारी हत्याकाण्ड" को रुपमा कालो अक्षरले लेखिएको छ। बच्चा मारेर तिनको रगत र मासु आमालाई खुबाउने कालो र कृतघ्न ईतिहास रचेका छन भारतिय कम्युनिस्टहरुले।
     यति मात्र होइन , कम्युनिस्ट हरुले मृगनयनिका छोरिको प्राईभेट ट्युटर जितेन रोयको पनि हत्या गरे जो कि सिर्फ पढाउन आएका थिए। उनका पतिको आँखामा एशिड छर्केर दुबै आँखा ड्यामेज गरिदिए र १ वर्ष पछि उनको पनि हत्या गरे। सेनबारीमा मात्र कम्युनिस्टहरुले सयौंको निर्दयतापूर्वक हत्या गरेका थिए।
     कम्युनिस्टहरु पुरै पूर्विय जगतकै लागी अभिशाप र कलंक हुन भन्न मलाई कुनै संकोच लाग्दैन।
     जुन व्यवहार आफु माथी नहोस भन्ने चाहन्छौ त्यस्तो व्यवहार अरु माथी नगर भन्ने आदर्शको जगमा खडा भएको संस्कृती हो पूर्विय संस्कृती। तिमि यदि जोड्ने सामर्थ्य राख्दैनौ भने तोड्ने हक पनि राख्दैनौ भन्ने मानविय मूल्यको जगमा खडा भएको छ पूर्विय संस्कृती ।
     यहाँ नेर भगवान बुद्ध र अंगुलिमालको प्रसंग प्रासंगिक हुन्छ , अंगुलिमाल जस्तो खुँखार डाँकाको निर्वाणको घटनाबाट टुंगिएको यो प्रसंग निकै लामो छ, जसले पूर्विय आध्यात्मको उच्चतम धरोहरको प्रतिनिधित्व गर्छ। प्रसंगको बिच एकठाउँमा अंगुलिमाल आफ्नो हातमा खुँडा लिएर भगवान बुद्धको गर्दन काट्न अघि बढ्छन, बुद्ध भन्छन : "एकछिन रुक ! पहिले एउटा सानो काम गर अनि मेरो गर्दन काटौला।"
     अंगुलिमाल सोध्छन कस्तो काम ?
     भगवान बुद्धले नजिकै रहेको एउटा रुखको हाँगा तर्फ संकेत गर्दै भन्छन ,"जाऊ र त्यो हाँगा काट।"
     अंगुलिमालले आफ्नो हतियारले त्यो हाँगा काट्छन । तब बुद्ध भन्छन ,"अब त्यो हाँगालाई पुन जोड।"
     अंगुलिमाल भन्छन,"काटिएको हाँगा जोड्न कसरी सम्भव छ ?
     बुद्ध भन्छन ,"तिमि जोड्न सक्दैनौ भने तोड्ने पात्रता कसरी आयो?" , यहि संवादको अन्त्यमा अंगुलिमाल बुद्धको चरणमा शिर झुकाएर सन्यास दिक्षा लिन्छन ।
     भगवान बुद्ध र अंगुलिमाल प्रसंगको शुरुवाती एकठाउँमा बुद्ध मन्द चाल सहित शान्त मुद्रामा अघि बढ्छन , हातमा खुँडा लिएर बसेको अंगुलिमाल गर्जिन्छन ,"रुक! अघि बढिस भने तेरो गर्दन काटिन्छ।", बुद्ध मन्द चाल सहित अघि बढ्छन ,"अंगुलिमाल फेरि गर्जिन्छन ,"रुक ! अघि बढिस भने....!"
     बुद्ध भन्छन ... म रोकिएको उहिल्यै हो जब मैले निर्वाण प्राप्त गरें , त्यस यता म अहिले सम्म स्थिर छु , बरु तिमि पो दौडिराछौ!" , बुद्धको वाणी अंगुलिमालको बुझाईमा आउँदैन र भन्छन ,"पागल ! म यहाँ बसिराछु स्थिर ,तिमि हिंडिराछौ ... तर भन्दैछौ तिमि आफु स्थिर छौ म चाहिं चलायमान !"
     बुद्ध भन्छन ,"तिम्रो मनलाई सुक्ष्म अवलोकन गर कता दौडँदैछ ....शायद सोंच्दैछौ गर्दनको कहाँ नेर काट्ने ! कति जोड्ले हान्ने ! गर्दन खसाले पछि के गर्ने ! .... तिमि त्यहाँ छौ तर तिम्रो मन कहाँ छ होश राख । मेरो शरिर हिंडिराछ तर मेरो मन स्थिर छ शान्त .... तिम्रो शरिर त्यहाँ स्थिर छ तर तिम्रो मन दौडिराछ, त्यो दौडेको मनलाई शान्त गर , होशपूर्वक अवलोकन गर्न।"
     भगवान बुद्ध र अंगुलिमाल बिचको संवादको एक अंश हो यो जसमा समग्र पूर्विय आध्यात्मको आत्मा लुकेको छ। बुद्ध र अंगुलिमाल बिच भएको संवादमा निहित गहिराई , उच्चतम चिन्तन र विराट दृष्टिको बारे कार्ल मार्क्सले कल्पना पनि गरेनन, यो उनको बुझाई भन्दा निकै परको कुरा थियो। पूर्विय आध्यात्मको आयाममा कार्ल मार्क्स र अंगुलिमाल बिच कुनै भेद छैन किनकी मार्क्सको सम्पूर्ण दर्शन र चिन्तन मन को उपज हो । बुद्ध र कृष्णको संकेत मन भन्दा परको क्षितिज तर्फको उडान हो। नेपाल भारतका बुद्धी विलासी कथित मार्क्सवादी प्रगतिशीलहरु पूर्विय चिन्तनको मर्म र आदर्श बुझ्ने कोशिस नै गेर्दैनन, कुवाको भ्यागुतो झैं दास क्यापिटललाई संसार देख्छन र त मन्छे मारेर तिनको रगत र मासु मारिएका मान्छेको आमालाइ खुबाउने जस्तो अत्यन्तै निच हर्कत गर्न भ्याउँछ।
     मैले माथी नै भनें , जुन व्यवहार आफु माथी नहोस भन्ने चाहन्छौ त्यो व्यवहार अरु माथी नगर , पूर्विय संस्कृतिको आत्मा हो यो चिन्तन , पूर्विय संस्कृती माथी लात हानेर मार्क्सको ठेली टाउकोमा बोक्दा यो चिन्तनको पनि उलंघन हुन जान्छ , तब त सेनबारिको जस्तो अत्यन्तै निकृष्ट र क्रुर अपराध हुन जान्छ।
     भारतमा कम्युनिस्टहरुको सफाया चट हुँदा रुने र दुख पोख्ने माधव कुमार नेपाल लगायत अन्य तथाकथित प्रगतिशीलहरुलाई मेरो सिधा प्रश्न छ:
१.तिमिहरु आफ्नै छोराको टाउको काटिएर मारिएको छोराको रगत र मासु खान तयार छौ ?
२.युवक काटेर ति युवकको रगतमा पकाएको भात र ति युवकको मासु पकाएर ति युवककै आमालाई खुबाउनु कुन हिसाबले सहि हो?
३.भारतमा कम्युनिस्टहरुको जितको चाहना राखेर भारतमा यस्तै निच हत्याकाण्डहरु फेरि पनि भईरहोस भन्ने चाहना राखेको हो?
    सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts