००
Tuesday, 6 February 2018
पश्चिमिहरु को अन्ध नक्कल मुर्खता को पराकाष्ठ
पश्चिमिहरुको अन्ध नक्कल गरेर आधुनिक भै टोपलिने मुर्खतापुर्ण प्रवृती को अर्को उदाहरण हो विवाह को समारोह मा जन्तिको अगाडी बजाइने ब्यान्डबाजा । ब्यान्डबाजा को प्रचलन कसरी शुरुभयो र यहाँ कसरी छाउन थाल्यो ? शायद यो धेरैलाइ थाहा नहोला । यसलाइ बुझ्ने चेष्टा गरौं । युरोपिय संस्कृती मा कुनै राजा ले अर्को देशमा आक्रमण गर्नुपर्यो भने सेनाको साथ मा ब्यान्डबाजा को टोलि लाइ पनि पठाउँथ्यो , ब्यान्डबाजा को टोलि सेनाको अघि अघि बान्ड बजाउदै अघि लाग्थे , बाजाको धुन ले सेनाहरु उत्साहपुर्वक र एकाग्रतापुर्वक युद्ध मैदान मा लडछन भन्ने विश्वास गरिन्थ्यो । जब अंग्रेजहरु भारत छिरे र सेनाको पहिलो डफ्फा लाइ भारत मा प्रवेश गरायो , अंग्रेजले सेनाको साथ मा ब्यान्डबाजा को डफ्फालाइ पनि सेनाको अघि लगाएर भित्राएको थियो। अंग्रेज ले भारत को विभिन्न राज्यहरु मा आक्रमण गर्दा पनि यसरी नै सेना को अघि ब्यान्डबाजा को टोलि लाइ अघि लगाएर आक्रमण गर्थ्यो । अंग्रेज ले भारत छोडेपछि आफुलाइ आवश्यक र बहुमुल्य चिजहरु आफुसँगै लगे (जस्तै कोहिनुर हिरा ) तर पुर्विय संस्कृती लाइ भ्रष्ट्र र तहसनहस पार्ने चिजहरु छोडेर गए , यस्तैमा एक थियो ब्यान्डबाजा। त्यो भन्दा अघि भारत र नेपाल मा विवाह समारोह को लागी आफ्नै मौलिक बाजा थियो जस्तै शहनाइ , अंग्रेजले भारत छोडेपछि आक्रमण मा सेनाको अघि लाग्ने ब्यान्डबाजा विवाह समारोह मा दुलाहा अगाडी अघि लाग्ने काम मा प्रयोग हुन थाल्यो । भारत हुँदै यो संस्कृती नेपाल मा पनि भित्रियो। ताज्जुब त तब लाग्छ जब वैदिक रितिरिवाज अनुसार हुने विवाह मा समेत ब्यान्डबाजा को प्रयोग हुन्छ जबकि अंग्रेज ले वैदिक संस्कृती लाइ छिन्नबिन्न पार्नको लागी नै ब्यान्डबाजा लाइ छोडेर गएको थियो।हामी एतिहासिक तथ्य नबुझी ब्यान्डबाजा को उपयोग गर्दैछौं ,अंग्रेजले भारत छोडेको यत्रो वर्षसम्म पनि हाम्रो खप्पर मा ब्यान्ड बजाइराछ भन्ने कुराको प्रमाण हो यो। यसर्थ तपाइ कोहि सनातनी हुनुहुन्छ र तपाइको कोहि आफन्त, साथिभाइ को विवाह को जन्ति अगाडी ब्यान्डबाजा बजाइएको छ भने दुलाहा लाइ एकपटक अवश्य सोध्नुहोला - "कसलाइ आक्रमण गर्न जान हिंडेको?"
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
-
By: Ayurus chapagain मुसलमान का पूर्वज हिन्दू थिए । रहनसहन, मक्का - मदीना, पूजा पद्धति, पवित्र चिन्ह आदिले गर्दा मुसलमानहरू हिंदू ध...
-
लेखक: प्रवीण अधिकारी: मनुस्मृति सनातन हिन्दू धर्म को ज्यादै प्राचिन र महत्वपूर्ण धर्मशास्त्र हो ।जसलाई मानवधर्म शास्त्र, मनुसंह...
-
लेखक: सुरेन्द्र गौतम: यो कुरा संसारको प्राय सबै बिचारक ले मानेका छन कि मनुष्यलाई आत्यान्तिक शान्ती बाहिरी भोगबाट हैन अपितु आन्तरिक श...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: लुट्नु सम्म लुट नेता छाती ठोकी ठोकी !! तिम्ले भन्या समृद्दी यहि चाहिं पो हो कि ? लुट्न बाँकी क्षेत्र...
No comments:
Post a Comment