००
Tuesday, 6 February 2018
पश्चिमिहरु को अन्ध नक्कल मुर्खता को पराकाष्ठ
पश्चिमिहरुको अन्ध नक्कल गरेर आधुनिक भै टोपलिने मुर्खतापुर्ण प्रवृती को अर्को उदाहरण हो विवाह को समारोह मा जन्तिको अगाडी बजाइने ब्यान्डबाजा । ब्यान्डबाजा को प्रचलन कसरी शुरुभयो र यहाँ कसरी छाउन थाल्यो ? शायद यो धेरैलाइ थाहा नहोला । यसलाइ बुझ्ने चेष्टा गरौं । युरोपिय संस्कृती मा कुनै राजा ले अर्को देशमा आक्रमण गर्नुपर्यो भने सेनाको साथ मा ब्यान्डबाजा को टोलि लाइ पनि पठाउँथ्यो , ब्यान्डबाजा को टोलि सेनाको अघि अघि बान्ड बजाउदै अघि लाग्थे , बाजाको धुन ले सेनाहरु उत्साहपुर्वक र एकाग्रतापुर्वक युद्ध मैदान मा लडछन भन्ने विश्वास गरिन्थ्यो । जब अंग्रेजहरु भारत छिरे र सेनाको पहिलो डफ्फा लाइ भारत मा प्रवेश गरायो , अंग्रेजले सेनाको साथ मा ब्यान्डबाजा को डफ्फालाइ पनि सेनाको अघि लगाएर भित्राएको थियो। अंग्रेज ले भारत को विभिन्न राज्यहरु मा आक्रमण गर्दा पनि यसरी नै सेना को अघि ब्यान्डबाजा को टोलि लाइ अघि लगाएर आक्रमण गर्थ्यो । अंग्रेज ले भारत छोडेपछि आफुलाइ आवश्यक र बहुमुल्य चिजहरु आफुसँगै लगे (जस्तै कोहिनुर हिरा ) तर पुर्विय संस्कृती लाइ भ्रष्ट्र र तहसनहस पार्ने चिजहरु छोडेर गए , यस्तैमा एक थियो ब्यान्डबाजा। त्यो भन्दा अघि भारत र नेपाल मा विवाह समारोह को लागी आफ्नै मौलिक बाजा थियो जस्तै शहनाइ , अंग्रेजले भारत छोडेपछि आक्रमण मा सेनाको अघि लाग्ने ब्यान्डबाजा विवाह समारोह मा दुलाहा अगाडी अघि लाग्ने काम मा प्रयोग हुन थाल्यो । भारत हुँदै यो संस्कृती नेपाल मा पनि भित्रियो। ताज्जुब त तब लाग्छ जब वैदिक रितिरिवाज अनुसार हुने विवाह मा समेत ब्यान्डबाजा को प्रयोग हुन्छ जबकि अंग्रेज ले वैदिक संस्कृती लाइ छिन्नबिन्न पार्नको लागी नै ब्यान्डबाजा लाइ छोडेर गएको थियो।हामी एतिहासिक तथ्य नबुझी ब्यान्डबाजा को उपयोग गर्दैछौं ,अंग्रेजले भारत छोडेको यत्रो वर्षसम्म पनि हाम्रो खप्पर मा ब्यान्ड बजाइराछ भन्ने कुराको प्रमाण हो यो। यसर्थ तपाइ कोहि सनातनी हुनुहुन्छ र तपाइको कोहि आफन्त, साथिभाइ को विवाह को जन्ति अगाडी ब्यान्डबाजा बजाइएको छ भने दुलाहा लाइ एकपटक अवश्य सोध्नुहोला - "कसलाइ आक्रमण गर्न जान हिंडेको?"
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
प्रवीण अधिकारी :- जय शम्भो ||| अर्धनरनारीश्वर ========== भनिन्छ सृष्टि निर्माण चरणमा यस ब्रह्माण्डमा रहेको शिवतत्वले आफ्नो शक्ति स्वयंबाट अ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
प्रचन्ड ले छोरा को क्रिया गरेनन उता एमाले नेता सुरेन्द्र पान्डे का अनुसार पिन्ड लडाउनु कम्युनिस्ट सिद्धान्त विपरित हो गरे ....!!! एकजना कम्य...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
कार्ल मार्क्स ले धर्म अफिम हो भन्दै गर्दा उनि कहिल्यै पनि यहुदी धर्म को स्वार्थ विपरित गएनन ,कारण उनि यहुदी थिए , यहुदी धर्म लाइ सदा माया गर...
-
भनिन्छ ; ईश्वर ले सृष्टी को रचना गरिसके पछी जिव र प्राणी हरुको पनि रचना गर्नु भो । ईस्वर यती ले मात्र सन्तुष्ट हुनुभएन र विश्व कै सवै भन्दा ...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
प्रवीण अधिकारी : सच्चा नेपाली हौ भने यी मुखौटोहरु चिनौं | नेपालको सिमाना वेच्ने प्रधानमन्त्रीहरु को को हुन ? हेर्नोस र सत्य तथ्य आफै अनुमा...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
No comments:
Post a Comment