००
Tuesday, 6 February 2018
प्रकाश दाहाल को मृत्यु को सन्दर्भ मा
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक यस्तो भएछ :- कुनै एउटा गाउँ रहेछ , जहाँ कुनै व्यक्ती को मृत्यु भएमा मृतक को अन्त्यष्टी को शुरुवात मा मलामीहरु मध्य को सबैभन्दा जेठोबाठो र बुज्रुक को मुखारबिन्द बाट मृतक को सकारात्मक काम को वर्णन र योगदान को बारे चर्चा गर्ने र त्यसपछि मात्र अन्त्यष्टी गर्ने प्रचलन रहेछ । त्यसै गाउँ मा एकजना महा - दुष्ट बस्दो रहेछ । उनले दुख नदिएको र नसताएको गाउँमा कोहि रहेनछ, सबै गाउँलेलाइ थाहा थियो उनि एक नम्बर को दुष्ट र पापी हुन ! एकदिन अचानक उक्त दुष्ट को मृत्यु भएछ , सबै गाउँले मिलेर उसलाइ घाट लगेछन , अन्त्यष्टी को शुरुवात मा मृतक को योगदान र महानता को वारे चर्चा गर्ने समय आयो , मलामी मध्यको सबैभन्दा बुज्रुक र जेठो एकजना पुराना शास्त्रीय बिद्धान परेछन , उनले जिवन मा कहिल्यै झुट नबोल्ने , सत्कर्म गर्ने प्रतिज्ञा अनुरुप नै जिवन व्यतित गरेका रहेछन । अब दुष्ट मृतक को महानता को बखान गर्ने जिम्मेवारी उनको थाप्लो मा आइपर्यो , उनको पसिना छुटन थाल्यो , सबैलाइ थाहा थियो मृतक ले नसताएको र दुख नदिएको गाउँमा कोहि छैन , उनको जिवन को एउटै पनि यस्तो कुरा थिएन जुन प्रशंसायोग्य होस , सबै अन्य मलामी हरु चकित परेर बुज्रुक लाइ हेरेर दंग पर्दै थिए अब कसरी मृतक को प्रशंसा को बखान गर्ने हुन बुढाले !!! बुज्रुक लाइ पर्नु आपत पर्यो - ढाँटने उनको आदर्श र जिवनशैली को खिलाफ हुन्छ , नढाँटु दुष्ट मृतक को प्रशंसा गर्न लायक को एउटै कुरा छैन ! उनि निकै अप्ठ्यारो मा परेर घोरिन थाले मुख अँध्यारो पार्दै - उनको यो कठिनाइ लाइ अर्को एक बुज्रुक ले बुझी हाले जो एक जमाना का नामुद वकिल थिए , यि पुराना वकिल बुज्रुक को नजिक गएर कान म फुसफुसाउन थाले - अचानक बुज्रुक को मुहार तेज भयो - तब उनले बोल्न थाले -" स्वर्गिय .....एक महान र असल हुनुहुन्थ्यो ...." सबै मलामीहरु ले अचम्म मान्दै एक अर्कालाइ पर्ल्याक-पुर्लुक हेर्न थाले ....र फेरि कान ठाडो पारेर बुज्रुक तिर घोरिन थाले .....!! बुज्रुक फेरि बोल्न थाले - " स्वर्गिय........ का तिन दाजुभाइहरु मध्य उहाँ सबैभन्दा महान,असल र सहयोगी हुनुहुन्थ्यो .........!!! "
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
-
By: Ayurus chapagain मुसलमान का पूर्वज हिन्दू थिए । रहनसहन, मक्का - मदीना, पूजा पद्धति, पवित्र चिन्ह आदिले गर्दा मुसलमानहरू हिंदू ध...
-
लेखक: प्रवीण अधिकारी: मनुस्मृति सनातन हिन्दू धर्म को ज्यादै प्राचिन र महत्वपूर्ण धर्मशास्त्र हो ।जसलाई मानवधर्म शास्त्र, मनुसंह...
-
लेखक: सुरेन्द्र गौतम: यो कुरा संसारको प्राय सबै बिचारक ले मानेका छन कि मनुष्यलाई आत्यान्तिक शान्ती बाहिरी भोगबाट हैन अपितु आन्तरिक श...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: लुट्नु सम्म लुट नेता छाती ठोकी ठोकी !! तिम्ले भन्या समृद्दी यहि चाहिं पो हो कि ? लुट्न बाँकी क्षेत्र...
No comments:
Post a Comment