००

Friday, 14 June 2019

गुठी बिबाद,भूमाफियाको चलखेल र ईसाईकरण

Author:
Shantiman Shrestha:
हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समुदायको मेरुदण्डको रुपमा रहेको गुठी माथी जुन आक्षेप लगाउँदै धावा बोलिएको छ यसले हामीलाई देशको जातिय समन्वयको बारे नयाँ शिरा बाट सोंच्न बाध्य बनाउँदैछ।

बालुवाटार र खुल्लामंचको जग्गा बेचेर खानेहरु, खाली जग्गा देख्नै नहुने पचाईहाल्नेहरु, चीनले बनाईदिएको ट्रली बस चलाउन नसकेर पार्टपुर्जा बेचेर खानेहरु , विदेशिले गरिब नेपालिको नाममा बनाईदिएको दर्जनौ उद्योग कौडिको भाउमा बेचेर खानेहरु, राणाले बनाएको रोपवे, जुटमिल र सुरुङ्गमार्ग चलाउन नसक्नेहरु , देशको खरबौं रकम हिनामिना गरेर देश र जनतालाई हरिकंगाल बनाउनेहरु, देशको युवा युवतिलाई विदेशमा बेचेर रेमिटेन्सले भुँडी फुलाउने फटाहाहरु भूमाफिया र ईसाई मिशनरिको नोटको बिटामा र्याल चुहाएर भन्दैछन : गुठीमा जग्गाको हिनामिना भयो , यसलाई नियमन गर्न गुठी एन संसोधन बिधेयक ल्याउन पर्यो, अनि यिनका भरियाहरु भन्दैछन : हो ..हो.. गुठिको जग्गा हिनामिना भएको छ , गुठिलाई सरकारको अधिनमा राख्नपर्छ र बिधेयकको बिरोधमा उत्रनेलाई गोलि ठोक्नपर्छ, करङ्ग फुस्काउन पर्छ। म जातिय आक्षेप लगाउन चाहन्न तर सरकारको चाटुकारिता गरेर यस्तो उग्र अभिव्यक्ती राख्नेहरु उप्रेती , शर्माहरु छन।

     भूमाफिया र ईसाईका दलाल तथा यि दलालका चाटुकार पिछलग्गुहरु खबरदार ! गुठी माथी औंला उठाउनु अघि नेवारी सभ्यता र संस्कृतिमा गुठी निर्माण हुने प्रकृया , उद्देश्य र यसको काम बारे यथेष्ट जानकारी हासिल गर। गुठी नेवारी सभ्यताको मेरुदण्ड हो र नेवारी संस्कृतिको अभिन्न अंग हो। जब कुनै निश्चित भूगोलमा नेवार समुदायको उपस्थिती बाक्लो हुन्छ तब समुदायका सदस्यहरुलाई संगठित बनाएर समुदायको सांस्कृतिक पर्व जीवन्त राख्न, विकास निर्माणको काम सामुहिक रुपले अघि बढाउन, समुदायका सदस्यहरुमाथी अचानक आइपर्ने बिपत्ती मा सहयोग पुर्याउन , समुदायलाई आर्थिक रुपले सबलिकरण गर्न गुठिको निर्माण गरिन्छ ।
     गुठिका सदस्यहरुलाई गुठियार भनिन्छ र गुठिको निर्माण गर्दा प्रत्यक सदस्यले प्रारम्भमा एकमुष्ट रुपले रकम जम्मा गर्छन र त्यसपछी प्रत्यक महिना वा वर्षमा रकम जम्मा गरिन्छ। यसरी जम्मा भएको रकम उत्पादनमुलक काममा लगाइन्छ र मुनाफा भएको रकम बाट सांस्कृतिक जात्रा वा पर्व आयोजन गर्ने, सम्पदाको निर्माण गर्ने, आर्थिक स्थिती कमजोर भएको वा व्यवसायमा संकट खेपेका गुठियारलाई आर्थिक लगानी गर्ने , जग्गाजमिन खरिद गरि खेती गर्ने इत्यादी कार्य गर्दछ।

     गुठी सरकारी ढिकुटिको खर्चले निर्माण हुने होइन , यसमा प्रत्यक गुठियारको लगानी हुन्छ र यो प्रकृया पुस्ता दरपुस्ता सम्म निरन्तर चलिरहन्छ। गुठि संचालन प्रकृयामा कुनै समस्या छ भने सो समस्याको सामाधान गर्ने जिम्मेवारी गुठियारहरुको हो, गुठिको जग्गा हिनामिना भयो भन्ने बहानामा भूमाफिया पोस्न र ईसाईको जुठो खाएर गुठीको कारण जीवित रहेको संस्कृति , सम्पदा र पर्व मास्न उद्धत फटाहाहरु ! गुठिको जग्गा तिम्रा बाउले झापा वा स्याङ्जाबाट बोकेर ल्याएको होइन, यि जग्गा यिनै गुठियारका पुर्खाहरुको हो जुन पुर्खाले गुठि, गुठी संकृती र आफ्नो सभ्यतालाई जीवन्त राख्न लिच्छविकाल देखि पसिना बगाएका छन। यि गुठिमा दर्जनौ पुस्ताको आर्थिक लगानी र परिश्रम लागेको छ।
     निश्चय नै गुठिमा समस्या छ, संसारको कुन क्षेत्रमा समस्या छैन? तर सयौं वर्ष देखी गुठिले सांस्कृतिक संरक्षण गरेको छ , सम्पदाको संरक्षण गरेको छ र देशको इज्जत थामेको छ।
     तिम्रा कारणले यो देश संसारभर बदनाम छ, तिम्रा कारणले यो देशका नागरिकहरु विदेशिका सामु लाजले मुख थुन्न पर्ने स्थितिमा छन , तिम्रा भ्रष्ट्र चरित्र र वृत्तिले नागरिकहरु नाक थुन्न पर्ने स्थितिमा छन तर गुठिले निर्माण गरेको विश्वप्रसिद्ध सम्पदा र संस्कृतिको कारण नागरिकहरुलाई शिर ठाडो पार्ने अवशर प्राप्त छ। गुठिको प्रभावकारी व्यवस्थापनको कारण गुठिहरु सयौं वर्ष देखी संचालनमा छ , केहि दशक अघि खुलेका सरकारी संस्थानहरु जनकपुर चुरोट, साल्ट ट्रेडिङ , नेशनल ट्रेडिङ , हेटौंडा सिमेन्टको हालत के छ ?
     राजदुतको पद पैसा लिएर बेच्यौ , पैसाको बिटा लिएर पार्टी कार्यकर्तालाई न्यायाधिस बनाएर न्यायालय दूर्घन्धित बनायौ, अख्तियारमा कार्यकर्ता भर्ती गरेर आफुले गरेको भ्रष्ट्राचार छोप्यौ र निर्धक्क भ्रष्टाचार गर्ने बाटो खोल्यौ , प्रहरीलाई समेत बाँकी राखेनौ र सुटकेस भरी पैसा बुझेर प्रहरिलाई फुलि लगायौ, शैक्षिक संस्था र कर्मचारितन्त्रमा कार्यकर्ता भर्ति गरेर देशलाई चुर्लुम्म डुबायौ अब गुठिलाई आफ्ना हुल्लडबाज कार्यकर्ताको मातहतमा राखी भूमाफियालाई जग्गा पोसेर डुबाउने सुर छ ? मिशनरिको हरियो डलर टप्काएर गुठीलाई अपांग बनाएर प्रकारान्तरले देशको मौलिक संस्कृति ध्वस्त गर्ने सुर छ ?
     गुठिको मुख्य दायित्व सांस्कृतिक परम्परा जिवित राख्ने , सम्पदाहरु निर्माण गर्ने , धार्मिक स्थल- वृद्धाश्रम निर्माण गर्ने, समुदायका सदस्यहरुलाई एकढिक्का राखेर सामाजिक दायित्व निर्भाह गर्ने हो जुन उसले पूर्ण दक्षतापूर्वक सदियौं देखी निर्बाह गरिरहेको छ, तर सरकारले आफ्नो दायित्व निर्भाह गरेको छ कि छैन भन्ने कुरा देशको हालत हेरेर थाहा हुन्छ , तिनको आफ्नै पार्टिको व्यवस्थापन चाहिं कस्तो छ? यिनको पार्टी गुठी जस्तै सदियौं सम्म जिवित रहला? पैसाको बिटा लिएर प्रहरी प्रमुख, न्यायाधिस, अख्तियार प्रमुख , राजदूत नियुक्त गर्ने र संवैधानिक निकायहरु , शैक्षिक संस्था र कर्मचारी प्रशासनमा कार्यकर्ता भर्ती गर्ने कुरा संविधानको कुन धारामा लेखिएको छ? राज्यको अर्बौ खर्बौ रुपैयाँ लूट गर्ने कुरा कुन कानुनले छुट दिएको छ? गुठिले निर्माण गरेको सम्पदा हेर्न पर्यटकहरु ५००।- , १०००।- टिकट काटेर प्रवेश गर्छन , गुठिले आयोजन गर्ने ठूला ठूला पर्व र जात्राको अवसर पारेर हजारौं पर्यटक भित्रन्छन जस बाट राज्यलाई अर्बौ रुपैयाँ प्राप्त हुन्छ तर यो बिधेयक ल्याउने धुर्तहरुले राज्यकोषमा लूट मच्याउने बाहेक अरु के गरेका छन?
     नेवारहरु देशको सचेत समुदाय हो र देशको निर्माण , उत्थान र समृद्धिमा नेवार समुदायको उल्लेखनिय भूमिका छ । हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समुदायको मेरुदण्डको रुपमा रहेको गुठी माथी जुन आक्षेप लगाउँदै धावा बोलिएको छ यसले हामीलाई देशको जातिय समन्वयको बारे नयाँ शिरा बाट सोंच्न बाध्य बनाउँदैछ।
     गुठी नेवा हरुको मौलिक धरोहर हो , संबैधानिक निकाय र अंगहरुमा आफ्ना आसेपासे भर्ती गरेर ति निकायहरुलाई भ्रष्ट्रीकरण गरेजस्तो गुठिलाई पनि भ्रष्ट्रीकरण गर्ने कुनियत कदापी मान्य हुनेछैन।
     सम्पत्ती विवरणमा झुठो विवरण पेश गरेको सन्दर्भमा सप्रमाण प्रश्न राख्दा अन्तर्वार्ता छोडेर हिंडने र 4G घोटालामा १४ अर्ब झ्वाम पार्ने गोकुल बाँस्कोटा गुठी सामन्तवादी प्रथा हो भन्दै कुर्लदैछन रे !
    गुकुलेहरु होशियार ! तिम्रा एकल जातिय संकुचित मनस्थिति अब छताछुल्ल हुँदैछ , यो देश टाठा बाठा कुनै एक जाती विशेषको बिर्ता होइन , गुठी संचालन तथा संस्कृती र सम्पदाको संरक्षण कसरी गर्नपर्छ भन्ने कुरा तिमिहरुजस्तो भ्रष्ट्र, दलाल र लोभिपापीहरुले नेवा: समुदायलाई सिकाउन पर्दैन , सरकार र आफ्नो पार्टिको व्यवस्थापन गर, मिचिएको सिमाको रक्षा गर, तिम्रा नालायकिपनले बन्द भएको र आर्थिक रुपले टाट पल्टेको संस्थानहरुको उद्धार गर तर:
     प्राधिकरणको आवरणमा नेवा: समुदाय माथी कुनै जाती विशेष र भ्रष्ट्र-माफिया जमातको खटन-पटन हर हालतमा मान्य छैन।
✊ गुठी बिधेयक खारेज गर !
✊ संस्कृतीप्रेमी एक हौं !
✊ लूटतन्त्र बन्द गर !

   सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

विचार जगत

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts