००
Tuesday, 6 February 2018
आङ्काजी शेर्पा को ताज्जुबपुर्ण बौलाहट
आङ्काजी शेर्पालाइ फेरि औंशी लागेछ भनाइको मतलब मानसिक रोगि हरु औंशिको समय मा मानसिक रुपले थप विक्षिप्त हुन्छन रे ...किनकी औंशिको समयमा चन्द्रमा पृथ्वी को निकट आउछ फलस्वरुप चन्द्रमा को गुरुत्वाकर्षण को प्रभाव पृथ्वी मा औंशिको समयको आसपास अत्याधिक हुन्छ, चन्द्रमा ले पृथ्वी का हरेक वस्तु तथा जिवहरुलाइ आफु तिर आकर्षित गर्छ , आकर्षण गर्ने यो शक्ती औँशि को समय मा अत्याधिक हुन्छ , समुन्द्र को ज्वारभाटा चन्द्रमा को प्रभाव को कारण उत्पन्न हुन्छ भन्ने तथ्य सबैलाइ ज्ञात छ , समुन्द्रको पानी चन्द्रमा बाट प्रभावित हुन्छ भने मानव शरिर मा ८०% पानी छ , मानव शरिरको यो पानी प्रभावित हुन्छ कि हुँदैन ?? वास्तव मा ज्वारभाटा समुन्द्रमा मात्र होइन मानव शरिर मा पनि आउँछ , यो ज्वारभाटा ले मानिस लाइ मानसिक रुपले विक्षिप्त बनाउँछ , हामी ख्याल गर्दैनौ यो अलग कुरा हो , तपाईंको घर वरिपरी कोहि पागल छन भने ख्याल गर्नोस , औँशिको समय वरिपरी पागल हरु अनियन्त्रित हुन्छन, कारण ? चन्द्रमा को गुरुत्वाकर्षण को प्रभावको कारण शिर मा पहिले भन्दा बढी रगत को संचार हुन्छ , रगतको दबाब बढी हुन्छ । सामान्य मानिसहरु पनि औंशिको समय वरपर तनाबग्रस्त हुन्छन , हिन्दु संस्कृती मा औँशी को दिन माँसाहार वर्जित छ , खास कारण यहि हो , हिन्दु संस्कृती मा चन्द्रमा लगाएत का अन्य ग्रह तथा ताराहरुको मानिसहरु संगको सम्बन्ध तथा असरहरुको बारे पुरै विकशित विज्ञान नै छ , हाम्रो देशको आधुनिक तथा प्रगतिशील भै टोपलिएका युवा जमात जो आफुलाइ निकै शुशिक्षित , भौतिकवादी र वैग्यानिकता को पक्षधर ठान्छन , को ज्ञान को दम्भ देखेर टिठ लागेर आउँछ । यि युवा पंक्ती लाइ म जापानी बैज्ञानिक टोमाटा को लामो खोज को बारे जानकारी लिन सुझाव दिन्छु , जसले रगत को बारे ३० वर्ष भन्दा बढी लामो समय अध्यन गरेर अदभुत तथ्य पत्ता लगाएका थिए , उनको अध्यन को निष्कर्ष थियो रगत को सिधा सम्बन्ध चन्द्रमा सँग छ , चन्द्रमा मा हुने हरेक घटना को प्रभाव हाम्रो रगत मा पर्छ र हाम्रो रगत मा हुने परिवर्तन को प्रभाव हाम्रो मनस्थिति मा पर्छ , टोमाटा को अध्यन अनुसार दुइ ओटा स्थिती मा स्त्री जातिको रगत पातलो हुन्छ १. गर्भावस्था को अवस्था मा २. मासिक धर्म को अवस्था मा तर औंशी को दिन पुरुषहरु को रगत पनि तुलनात्मक रुपले पातलो हुन्छ । बुढापाकाले भन्थे पढ्यो कि सढ्यो ! हामी खिल्ल्याउथौ बुढाहरुको यो भनाइप्रती ... केहि समय अघि पछिल्लो नेपाली समाज को एक चर्चित पात्र रंजु दर्शना को एउटा अभिव्यक्ती अनि अन्य कतिपय प्रसंग बाट बुढापाका को भनाइ को सत्यता को आभाष हुन्छ । रंजुले भनेकी थिइन - म मासिक धर्म बार्दिन - यो पुर्णत रुढिबादी प्रचलन हो .... यस्ता रुढीबादी प्रचलन भत्काउनु पर्छ ...ई ... रंजु शायद आफुलाइ अति आधुनिक र प्रगतिशिल ठान्छिन !!! उनले मासिक धर्म बारुन वा नबारुन यो उनको स्वेच्छाको कुरा हो ...आखिर आफैलाइ पासो लगाएर मर्नेहरु पनि छन - के गर्न सकिन्छ र !!! तर रंजु मार्का का कथित आधुनिक नारिहरु ले हिन्दु संस्कृती का प्रचलन हरु लाइ रुढीबादी जामा पहिराउनु अघि यि प्रचलन का बैज्ञानिक रहश्य तर्फ नजर लगाउनु पर्ने हो। अनुसन्धान ले भन्छ , मासिक धर्म को अवस्था मा महिलाहरु तनावग्रस्त हुन्छन , शरिर को विकार हरु निष्कासन हुने प्रक्रिया हुन्छ , फलहरु छुँदा चाँडै सडने , बिरुवा छुँदा बिरुवा मर्ने सम्भावना हुन्छ , विरुवालाइ छुंदा असर हुन्छ भने मन्छेलाइ छुँदा असर हुन्छ कि हुँदैन ? वास्तवमा मासिक धर्म वार्ने प्रचलन अरुको लागी भन्दा स्वयं मासिक धर्म भएका महिलाको हितको लागी हो किनकि मासिक धर्मको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता तुलनात्मक रुपले कमजोर हुन्छ र वाहिरि जिवाणुको संक्रमण सहज हुन्छ। यो देशमा आफ्नै पुर्खा को प्राचिन गौरव र आध्यात्मिक , एतिहासिक तथा बैज्ञानिक धरोहरको उछितो काढेर क्रान्तिकारी तथा प्रगतिशील ठहरिने पागलहरु को भिड बढ्दो छ , यिनलाइ बेला- बेलामा औंशी लाग्छ र गिदिमा किरा सलबलाउन थाल्छ अनि अनेक नौंटकी सर्जना हुन्छ। आङकाजी लाइ फेरि यस्तै भएछ र किर्तिपुर दौडेर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक मा थुकेछन। आधुनिक नेपाल को सन्दर्भ मा बर्तमान समय मा नेपाल का शिर्ष राजनितिक दल का नेताहरु को प्रसंग आउँदा लाजले शिर निहुराउने पर्ने परिस्थिती छ , एउटा देशको सामान्य कर्मचारीको आवाश धाउने र उनकै कारिन्दा को भुमिकामा सिमित यि नेताहरु फगत खेतबारिमा काग तर्साउन ठड्याइएका बुख्याँचा हुन भन्ने कुरामा कुनै सन्देह रहेन । बर्तमानको तमाम पिडा , हिनताबोध , ग्लानी , बेथिती र अस्तव्यस्तता को लाजमर्दो परिस्थिती लाइ चित्तबुझाउन हामी विगतको गौरवपुर्ण इतिहास लाइ संस्मरण गर्नैपर्ने हुन्छ। आधुनिक नेपालको ईतिहासमा हरेक नेपाली लाइ नेपाली भएकोमा गर्वपुर्वक छाती फुलाउने सौभाग्य प्रदान गर्ने पृथ्वीनारायण शाह नै हुन । जतिवेला आधा विश्व बृटिश साम्राज्यको दबदबामा थियो , फ्रान्स र जर्मन जस्ता ठुला साम्राज्य पनि जसको अगाडी घुँडा टेकेको थियो , पुरै भारतवर्ष र एशियाको ठुलो हिस्सा कब्जा गरेको थियो , जुन शक्ति संग जुझ्ने शाहस संसारको कुनै अरु शक्तिले गर्न सक्दैनथियो , बेलायती साम्राज्यको त्यो आँधिवेहरी लाइ रोक्ने , चुनौती दिने र धुलो चटाउने अदम्य शाहस २७ वर्षे लक्का जवान एक नेपाली ठिटो पृथ्वीनारायण शाहले गरेको थियो , बेलायती साम्राज्य एशियामा पहिलोपटक हारेको सिन्धुलिगढी को युद्ध मा नेपाल सँग हो । मुगल जस्तो विशाल साम्राज्य लाइ निलेर बसेको बेलायत ले नेपाल सँग ठुलो धक्का खाएको थियो , सिन्धुलिगढिको युद्ध मा नेतृत्व गर्दा पृथ्वीनारायण शाहको उमेर जम्मा २७ वर्ष थियो , त्यो युद्ध मा नेपाल ले ठुलो परिणाम मा बेलायत को आधुनिक हतियारहरु कब्जा गरेको थियो । पृथ्वीनारायण शाहले खडा गरेको मजबुत सैनिक शक्ती को बलमा हामिले चिन र तिब्बत सँग युद्ध गरेर सफलता हासिल गरेका थियौं । २०० वर्षको इतिहास लाइ नियाल्दा नेपाल र नेपाली को विश्वले गर्ने सबैभन्दा ठुलो प्रसंसा र सम्मान त्यही पृथ्वीनारायण शाहकालिन समयको कालखण्ड हो । तर अफशोस :: हाल , कुनै एउटा देशको सामान्य कर्मचारी को कारिन्दा को रुपमा कार्यरत कथित शिर्ष नेताका अरौटे - भरौटेहरु पृथ्वीनारायण शाहको सत्तोसराप गर्दैछन । पृथ्वीनारायण शाह ले देश निकाला गरेका पादरीहरु ले बेलायत पुगेर , तत्कालिन बेलायती संसद को खर्च मा लेखेका मनगढन्ते इतिहास को ठेली बोकेर र गोजिमा हरियो डलर को मुठा घुसारेर किर्तिपुर को नेवार भड्काउदै छन । भारत मा पुर्विय संस्कृती को जरो समाप्त गर्न बेलायतले म्याक्स मुलर लाइ प्रयोग गरेको थियो , मुलर ले सगौरव भनेका छन - कसरी उनले हिन्दु दर्शन , भारतिय संस्कृती र पुर्विय आध्यात्म को जरामा धमिरा लगाउन बेलायती सरकार ले दिएको जिम्मेवारी लाइ इमान्दारिपुर्वक र कुशलतापुर्वक सम्पन्न गरें भनेर। वेलायत ले यस्तै निति नेपाल को सन्दर्भ मा लियो र पृथ्वीनारायण शाह लाइ बदनाम गर्न मनगढन्त इतिहास रचाइयो। वास्तविकता के हो भने, वेलायत ले योजनाबद्ध ढंग ले रचाइएको इतिहास को ढोल पिट्ने र पृथ्वीनारायण शाह को सत्तोसराप गर्ने व्यक्ती वास्तविक नेपाली हुन सक्दैन - यि डलर को खेती गर्ने विदेशि दलाल हुन।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
Author: Shantiman Shrestha: हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समु...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
B: Swami Ramananda: हिन्दु धर्मशास्त्रमा ईन्द्र र देवता अनि अप्सरा र गन्धर्वहरुको चर्चासँगै जोडिएर आउने गर्दछ– सोमरस । केहि म...
-
Author: Shantiman Shrestha गत वर्ष तत्कालिन पर्यटन मन्त्री आनन्द पोख्रेल ले नग्गा बाबा हरुलाइ पशुपतिनाथ परिसर मा निषेध गर्नुपर्छ भन्...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
लेखक: निर्मलमणि अधिकारी ‘आयोदधौम्य’, पीएच.डी. : ‘हिन्दू’ शब्दको परिभाषा दिनु एकातिर अत्यन्त सजिलो छ भने अर्कातिर अत्यन्त अप्ठ्या...
No comments:
Post a Comment