००
Thursday, 8 February 2018
मलाई दयानन्द किन प्रिय छन्?
अविरल डि.सी
महर्षि दयानन्द सरस्वती:भारतीय धार्मिक इतिहासको अत्यन्त चर्चित नाम हो । हुन त धार्मिक इतिहासमा भारतीय परम्परामा धेरै नाम छन् जस्तै राजा राम मोहन राय , केशव चन्द्र सेन, सन्त कबीर, स्वामी विवेकानन्द आदि । तर सत्यता , आध्यात्मिकता, एकेश्वरवाद, वैदिक उन्मुखपन , पाखण्डहीन समाजको कल्पना जहाँ अंग्रेज कालीन उपनिवेशमा गर्न गाह्रो हुन्छ त्यसबेला केवल यौटा एक्लो साधुले यस्तो समाजको निर्माण गरिदियो जुन समाजको उद्देश्य सनातन धर्मको परिभाषामा वैदिक विचारधाराको प्रवाहमै सारा राष्ट्रको मैल धुन सकोस् । हो ! त्यसैले महर्षि दयानन्द सरस्वती मलाई प्रिय छन् । शैव–औदिच्य–सामवेदी ब्राह्मण कुलमा जन्मिएर परिवारको बिघौको जमिनदारी,जागीर आदि सम्पत्ति हुँदा पनि मोह नगरेर ब्रह्मचारी–सन्यासी भएर धर्ममा रमाउने , तर्कशील–संयमी सन्तको रूपमा स्थित थिए हाम्रा स्वामी दयानन्द। हो ! त्यसैले मलाई महर्षि दयानन्द सरस्वती प्रिय छन्। शुद्र–स्त्री जातिलाई दबाएर जहाँ एकातिर धर्मपरिवर्तनको मार्ग विस्तृत गर्दै थिए देशका आन्तरिक शत्रुहरू र बाह्य रूपमा भारतलाई लुटिरहेका थिए युनानी अंग्रेजहरू , त्यो बेला हतोत्साहित नभएर यौटा वैदिक विचारको संग्रह गरेर पंडित लेखराम– स्वामी श्रद्धानन्द–गुरुदत्त विद्यार्थी जस्ता क्रान्तिकारी दिने तथा स्वराजको सपना देखाएर त्यसलाई प्राप्ति गर्न आचारको विस्तार गर्ने कर्मठ प्रकाशक सन्त थिए दयानन्द । हो ! त्यसैले मलाई महर्षि दयानन्द प्रिय छन्। जहाँ अवतारवादमा वेदादिशास्त्र विरुद्ध आफूलाई विष्णु–शिव–गणेश आदिको अवतार बताउने पाखण्डीहरू धर्मलाई बदनाम गर्ने कुचेष्टा गरिरहन्छन् , धर्मलाई रिलिजन–मजहब आदि बनाएर कलंकित गर्छन् ,धर्मलाई व्यापारको बाटो बनाउँछन् , त्यसबेला पाखण्ड–खण्डिनी ध्वजा लहराएर देशलाई अन्धविश्वास हीन बनाउने सपना देख्ने ती आँखा थिए दयानन्दका । हो ! त्यसैले मलाई महर्षि दयानन्द प्रिय छन् । आजको समाज महर्षि दयानन्दको तस्वीर ठड्याउन जान्छ, उहाँको मूर्ति अनावरण गराएर घण्टौ भाषण छाड्न सक्छ , अरू मजहबलाई नराम्रो भनेर बहस पनि गर्न सक्छ तर स्वयं दयानन्दको मार्गमा हिँड्न सक्दैन। आज पनि वैदिकमार्गको बाटो संकीर्ण हुँदै छ , दिनप्रतिदिन वैदिक आस्था क्षीण हुँदै छ । तर पनि जब म सत्यार्थ प्रकाश पल्टाउँछु , यसको पानामा मलाई त्यो भगवा वस्त्रको न्यानो पन आभाष हुन्छ, यज्ञको सुवास आउँछ, स्वाभिमानले मेरो छाति फुलेर आउँछ । हो, त्यसैले मलाई महर्षि दयानन्द प्रिय छन् ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
-
By: Ayurus chapagain मुसलमान का पूर्वज हिन्दू थिए । रहनसहन, मक्का - मदीना, पूजा पद्धति, पवित्र चिन्ह आदिले गर्दा मुसलमानहरू हिंदू ध...
-
लेखक: प्रवीण अधिकारी: मनुस्मृति सनातन हिन्दू धर्म को ज्यादै प्राचिन र महत्वपूर्ण धर्मशास्त्र हो ।जसलाई मानवधर्म शास्त्र, मनुसंह...
-
लेखक: सुरेन्द्र गौतम: यो कुरा संसारको प्राय सबै बिचारक ले मानेका छन कि मनुष्यलाई आत्यान्तिक शान्ती बाहिरी भोगबाट हैन अपितु आन्तरिक श...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: लुट्नु सम्म लुट नेता छाती ठोकी ठोकी !! तिम्ले भन्या समृद्दी यहि चाहिं पो हो कि ? लुट्न बाँकी क्षेत्र...
No comments:
Post a Comment