००

Sunday, 17 February 2019

पशुपती शर्मा र लूटतन्त्रको गाथा

Author:
Shantiman Shrestha:
चौतर्फी लूटतन्त्र को हालिमुहाली रहेको अवस्थामा म चाहिं अब "जंग बहादुर पथ" मा उभिन बाध्य भएको छु, इतिहास निर्मम हुन्छ र समयको माग अनुरुप सिर्जित हुन्छन, म अब बुझ्दैछु "कोतपर्व" तत्कालिक समयको माग थियो, कोतपर्व हुन्थेन भने नेपालको भूमी यति पनि बाँकी रहने थिएन - नेपालले तराईको गुमेको ठूलो भूभाग फिर्ता पाउँथेन, जंगेले गाडेको जंगे पिल्लर समेत जोगाउन नसक्ने यि हुतिहारा - लुटेराहरुको शासन भोगेर हिनताबोध मा डुब्न भन्दा म अर्को कोतपर्व को प्रतिक्षा मा छु।
पशुपति शर्माको नयाँ गित "लुटन सके लुट कान्छा अरु देशमा पाईदैन नेपाल मै हो छुट" गीत सार्वजनिक भएको २ दिन मै देशभर तरंग सिर्जना गर्न सफल रह्यो , यो गीत ले वालुवाटार र शितल निवास मा त खैलाबैला नै भएछ , बालुवाटार मा बालुवा उड्न थालेछ ओलि मन्डलिको चेहरा ढाकिने गरि , शितल निवास को शितलता उडेर उष्ण राप फैलिएछ विद्या मेडमको पसिना छुटने गरि ।
     सत्तापक्षका भजन मन्डली हरुमा आफ्ना मालिक प्रतिको तिखो कटाक्ष पाच्य भएनछ र गीत का सर्जक पशुपति शर्मा लाई खुल्लेआम धम्की दिन थालिएछ, यो मन्डली ले पशुपती लाइ वहिष्कार गर्ने सम्मको घोषणा सार्बजनिक गर्न भ्याएछन । देश प्रती संवेदनशील मानिने केहि बामपंथी मित्रहरु , विद्धत वर्गहरुले समेत पशुपतिको गीतको भाव ठिकै भए पनि शब्द चयन गलत भएको भन्दै आलोचना गरेको देखियो , मेरो हेराईमा चाहिं गीत को शब्द चयन मा कहिं खोट थिएन बरु यिनको लूटको महाभारतिय कथाको तुलनामा पशुपती को शब्द चयन कोमल लाग्यो , शब्द चयन को विषयलाई लिएर सरकार र सरकारको भजन मण्डली को चर्को दबाब, आलोचना तथा धम्की सहन नसकेर पशुपतीले आफ्नो गित Youtube बाट हटाउन बाध्य भए , ग्यालेलियो ग्यालिली मृत्युदण्ड बाट जोगिन पृथ्वी चेप्टो छ भन्न बाध्य भए जस्तै।
     पशुपती शर्माले आफ्नो गीत हटाउन बाध्य भएपछि मैले गीतको शब्द चयनलाई गहिरिएर नियालें , शर्माको शब्द चयनमा मैले पनि केहि ठाउँमा गल्ति देखें , जसलाई बुँदागत रुपले उल्लेख गर्न चाहें ! रिसानी माफ होस हजुर !
     १- शर्माको गीत को मुख्य अंश "लुटन सके लुट कान्छा अरु देशमा पाईदैन नेपाल मै हो छुट" भन्ने छ , तर एक ठाउँमा "जनताको मुटु भित्र काँडा कति कति , डेढ अर्बको हेलिकप्टर चढ्छिन राष्ट्रपति ..." भन्ने अंश छ , यस पछि को अन्तरा मा "लुटन सके लुट कान्छा......" होईन "लुटन सके लुट कान्छी हुनपर्ने।" शब्द चयनमा पहिलो गल्ती उनले यहाँ नेर गरे !
     २- शर्मा ले वाइड बडि जहाज खरिदमा लूट भएको प्रसंग र सुन काण्डको प्रसंग निकाल्दै भनेका छन: "वाइड बडि जहाज किने अरे लुट्न सम्म लुटे...सुन कान्ड खै कहाँ पुग्यो जेलमै छन कि छुटे?" उनले जहाज खरिदमा घोटाला भएको प्रसंग कोट्याए तर कति घोटाला भएको हो भनेनन, घोटालाको रकम किटान गरेर भन्न पर्थ्यो "जाबो ६ अर्ब" !
     ३- उनले यो पनि उल्लेख गरेनन कि घोटाला कसले गरेको हो , उनले नामै किटान गरेर भन्न पर्थ्यो "रविन्द्र अधिकारी" , भ्रष्टको नाम किन चोख्याउन पर्थ्यो? मेरो नाम लिएन भनेर रविन्द्र कमरेड ले चित्त दुखाए होलान!
     ४- शर्मा ले सुन काण्ड को कुरा त कोट्याए तर कति किलो सुन को काण्ड हो खुलाएनन , किटान गरेरै खुलाउन पर्थ्यो "जम्मा ३३ किलो"
     ५- शर्माले ओलि राजमा सुन तामामा रुपान्तरण भएको चमत्कार को गाथा पनि गाउनुपर्थ्यो , यो पनि उनको गम्भिर भूल हो।
     ६- .......सुन कान्ड खै कहाँ पुग्यो जेलमै छन कि छुटे? शर्मा को गीत को एक अंश हो यो , यहाँ नेर त झन पशुपति ले शब्द चयनमा महाभूल गरेर आफ्नो नादानी देखाए , सुनकाण्ड को नाइके वालुवाटारको ठ्याक्कै नाक मुनि छ भन्ने तथ्य पशुपती ले नबुझेका हुन कि बुझ्नै नचाहेका हुन वा त्रास मा परेका हुन? नेपालमा सुन तस्करको बारे बामदेब गौतम लाई जत्ती कसलाई थाहा होला? अनि बामदेब सँग ओलि जत्ती नजिक अरु को होला?
     ७- शर्मा ले निर्मला बलात्कार काण्डको गाथा किन ढाकछोप गरे बुझिएन !
     ८- गायक शर्माले नेपालका शाषक वर्गलाई "लुटेरा" को रुपमा चित्रीत गरेका छन , के यि जुकाहरु केबल लुटेरा मात्र हुन ? कुन पागल ले भन्छ यि केबल लुटेरा मात्र हुन? यि नेताहरुलाई अलंकार दिन सुहाउँदो शब्दहरु ज्यानमारा , देशद्रोही , जनतामारा , शोषक , सामन्त जस्ता शब्द छुटाउनु पशुपती को शब्द चयन को सन्दर्भ मा अर्को भूल हो।
     ९- एन सेल काण्डको ६० अर्ब कर छली प्रसंगलाई बिरालोले गुहु लुकाए झैं लुकाउनु पनि पशुपति ले शब्द चयनमा गरेको अर्को भूल हो।
     १०- शर्माले भ्रष्ट दल र नेताका कार्यकर्ता लाई "कुकुर" सम्बोधन गरेर मालिक भक्तिको प्रतिमुर्ती "कुकुर" हरुको चरम अपमान गरेका छन । लोकतन्त्र को मुल मर्म र भावना अनुसार जनता सार्वभौमसत्ता सम्पन्न हुन र देशको वास्तविक मालिक हुन, यि २ खुट्टे बुद्धिहिन जन्तुहरु आफ्नो मालिक जनता प्रती इमान्दार नभएर मासुको रसिलो फिला चुसेर हड्डी फ्याँक्ने चतुर डाँकाहरु प्रती इमान्दार देखिन्छन, केबल २ टुक्रा हड्डिको लालचमा , यि "कुकुर" हुन्थे भने आफ्नो मालिक जनता प्रती इमान्दार हुन्थे ,२ टुक्रा हड्डि फ्याँक्ने लुटेराहरु प्रती होइन, कुकुरले कहिल्यै मालिक प्रती गद्धारी गर्दैन , तर प्रवृत्ती र चरित्रको दृष्टिकोणले यि परे "फ्याउरो" , "फ्याउरो" लाई "कुकुर" भन्नु शब्द चयनमा भएको अक्ष्यम्य भूल हो ।
     ११- अनि अर्को पंक्तीमा उनि गाउँछन ,"कार्यकर्ता केहि बुझ्दैनन कुकुर जस्तै भुक्छन।" मैले माथी भनिंसकें यिनलाई कुकुर भन्नु कुकुर महोदय प्रतिको चरम अपमान हो, त्यसैले अर्को अपलोड मा पशुपती भाईलाइ म यि भिजिलान्तेहरुलाई "फ्याउरो" उपमा दिन सुझाब दिन्छु, अनि यि भुक्ने फ्याउरो होइनन टोक्ने फ्याउरो हुन , जुन कुरा पशुपती भाईले नै ३-४ दिनमा अनुभव गरेको हुनुपर्छ त्यसैले त उनि गित हटाउन बाध्य भए !!! त्यसैले अर्को भर्सन मा म "भुक्ने" शब्द को स्थानमा "टोक्ने" शब्द राख्न सुझाब दिन्छु।
     १२- शर्माले एउटा पंक्तिमा गाएका छन ,"गर्ने काम केहि होइन ठूला-ठूला भाषण, स्वर्ग जस्तो देशमा हजुर यमराजको शासन। गाउन त उनले गाए तर काम नगर्ने अनि ठूला-ठूला भाषण र फुटानी लाउने नेपालको सबैभन्दा प्रमुख पात्र को हुन उनले खुलाएनन त्यसैले धेरै श्रोताहरु दिग्भ्रमित भए होलान यो प्रमुख पात्र को हुन? उनले खुलस्त भन्न पर्थ्यो "केपि ओलि"।
     १३- उनले गीतमा नेपालको नेतृत्व वर्ग लाई "यमराज" उपाधी दिएका छन। यहाँ नेर उनको शब्द चयनमा ठाडै त्रुटी देखिन्छ , यमराजको चरित्र र विशेषता अनि नेपालका नेताहरुको चरित्र तथा विशेषता कहिं कतै मेल खाँदैन । यमराज मृत्यु को देवता हुन, उनले राजालाई पनि छोड्दैनन - पियनलाई पनि छोड्दैनन , उनको लागी सबै बराबर हुन, यमराज न्यायका साक्षात प्रतिमुर्ती हुन - उनको राज्यमा घुष चल्दैन , घुष दिएर स्वर्ग जाउँला भन्ने कसैले चिताउन पर्दैन नत्र मारवाडी र गाँठवाला जति सबै स्वर्ग जान्थे, उनको राज्यमा सबै मनुष्यको सन्दर्भ मा दुध को दुध - पानी को पानी मुल्यांकन हुन्छ , कसैमाथि पूर्वाग्रह राखिंदैन र कसैको अपराध माथी छुट दिइदैन - लोभ र स्वार्थ मा फँसेर निर्णय गरिंदैन त्यसैले पापिहरुलाई सिधै नर्क पठाइन्छ र तातो तेल मा फ्राई गरेर रोष्ट बनाइन्छ अनि धर्मात्माहरुलाई सिधै स्वर्ग पठाइन्छ । पैसाको बिटा पाए पछि देश बेच्न तम्सने , निशुल्क कोरिया भ्रमण गरेर डिस्को , क्यासिनो र रेड लाईट चाहार्न पाए पछि मुन को विर्यपान गर्न तयार हुने, चोरलाई चौतारी मा सुताएर साधुलाई सुलि चढाउने , गरिब जनताको पसिनामा पाउरोटी चोबेर खाने, हरेक नियुक्ती - सरुवा - बढुवाको निर्णय पैसाको बिटाको आधारमा गर्ने यि लुटेराहरु लाई "यमराज" को उपाधी दिनु भनेको एउटा तालुखुइले लाई केश बहादुर, अन्धो लाई नेत्रलाल , बहिरो लाई कर्णकान्त नाम राख्नु जस्तै हो , त्यसैले गीत सुधार गरेर शब्द चयन गर्दा यि लुटेराहरु बाट "यमराज" उपाधी खोस्न पर्छ।
     १४- त्यसो भए तपाई भन्नु होला यिनलाई रावण उपाधी दिन पर्छ , तर अहं यो पनि हुँदैन , किन ? रावण ले आफ्नो राज्य पुरै सुनको बनाएका थिए तर यि लुटेराहरुले आफ्नो देशलाई पुरै हरिकंगाल बनाए, रावण बैज्ञानिक हुन, उच्च कोटिका विद्धान हुन , आफ्नै ज्ञान प्रयोग गरेर पुष्पक विमान बनाएर चढेका थिए , नेपालका हरिलठ्ठक नेताहरुमा सियो बनाउने बुद्धी छैन, रावणले सितालाई अपहरण गरेर लगे तर सिता लाइ छुन पनि छोएनन उनले चाहेको भए जे पनि गर्न सक्थे, उनमा इमान थियो - वचनको पक्का थिए, तर यि लुच्चा नेताहरु विधवालाई कसरी ताक्छन भन्ने कुरा हामिले भन्न पर्दैन माकुने ले नै पोल खोलेका छन, त्यसैले यिनलाई रावण उपाधी दिनु भनेको ७ फेल लाई अल्बर्ट आइन्सटाइन भन्नु जस्तै हो , यिनिहरु रावण को पाइतालामा पनि आउँदैनन। मलाई लाग्छ : यिनको लागी सहि उपाधी "कंश" हुन्छ जो शक्ती र धनको लागी जे पनि गर्न तयार रहन्छ , आफ्नै भान्जा मार्न समेत तयार रहन्छ। त्यसैले अर्को पटक शब्द चयन गर्दा "यमराज" को ठाउँमा "कंश" राख्न पर्छ।
     १५- यो गीत मा प्रयोग भएका शब्दहरु मध्य बाट सरकारी भिजिलान्तेहरु बाट सबैभन्दा आपत्ती प्रकट गरिएको शब्द "यमराज" हो , हाम्रा नेतालाई यमराज भन्ने? यि भिजिलान्तेहरु गौरवपूर्वक भन्छन , हामी कम्युनिस्ट हौं र अहिले कम्युनिस्ट सरकार छ, तर शायद यिनिहरु भाङ्ग-धतुरो को नशामा लठ्ठ छन - होश छैन हामि के गर्दैछौं र के बोल्दैछौं । मार्क्सवादी कम्युनिस्ट दर्शनको मूल सिद्धान्त समानता हो, अझ प्रष्ट रुपले भन्दा "समानता" को सिद्धान्त कम्युनिस्ट दर्शनको आत्मा हो, अनि यो जगत मा मृत्यु जस्तो समानता दोस्रो छैन किनकी मृत्यु ले धनी - गरिब, राजा - रैती , मालिक - नोकर केहि भन्दैन, यमराज मृत्यु को राजा हुन यसर्थ सैद्धान्तिक पाटो बाट यो पुरै जगत मा यमराज जस्तो खाँटी कम्युनिस्ट स्वयं कार्ल मार्क्स, लेनिन वा माओ पनि होइनन । यस दृष्टिकोणले पशुपति शर्माले आफ्नो गीत मा कम्युनिस्ट सरकार र कम्युनिस्ट नेतालाई "यमराज" उपाधी दिंदा खुशी भएर पशुपती शर्मा प्रती कृतज्ञता प्रकट गर्नुपर्ने हो तर उल्टो धम्की दिन पुगे .... कारण !!!!! यिनिहरु कम्युनिस्ट को खोल ओढेका कमाउनिष्ट हुन जुन कुरा आफैले उदांग पारे ।
     १६- पशुपति ले क्यान्टोनमेन्ट को २६ अर्ब घोटालाको प्रसंग लाई छुटाउन हुन्थेन अर्को परिमार्जित भर्सन मा शब्द संयोजन गर्दा यो प्रसंगलाई पनि जोड्न मेरो आग्रह छ पशुपति भाईलाइ।
     १७- पशुपती ले गीत त राम्रो बनाए तर अझै पनि केहि कमि देखें गीतमा, लूटतन्त्र बिरुद्ध गल्ली-गल्ली ;वस्ती-वस्ती मा जागरण ल्याउन जरुरी छ, आम जनता लाई लूटतन्त्र बिरुद्ध जगाउन निम्न वाक्य थप्न सकिन्छ :
"लुट्नु सम्म लुटे हजुर बोलि बोलि झुट!
जुका जस्ता लुटेरालाई छाला तारेर चुट !"

     १८- देश मा लूटतन्त्र मौलाउनुमा नेता भन्दा बढी नेताको आचिलाइ हलुवा मान्ने मस्तिष्कहिन यिनका हलि गोठालाहरु जिम्मेवार छन जो यिनै लुटेराहरुको लागी मर्न-मार्न तयार रहन्छन , देशमा खर्बौंको लूट चलिरहँदा , देशको सिमा मिचिंदा, देश मा विदेशी सेनाको बुट बजारिंदा, सिमामा नेपाली नागरिक मारिंदा , नेपालको नदि बेचिंदा भाङ्ग खाएर चिर निद्रामा सुत्ने यो हुल्लडवाज जत्था पशुपती शर्मा ले लुटतन्त्र माथी प्रहार गर्दा बल्ल जागेको छ, यो जत्थालाई नेताको अपानवायु पनि सुगन्धित अत्तर लाग्छ, त्यसैले अर्को भर्सन को गीत मा शब्द संयोजन गर्दा यो जत्था माथी व्यंग्य हान्न अर्को दुइटा वाक्य थप्न सुझाएँ :
"...लुटेराकै स्तुती मा फुल-माला लिएर जुट!
लूटतन्त्र को बिरोधिलाई बिच बाटैमा कुट।"

     १९- सेना कुनै पनि देशको हुकुम को एक्का हो अर्थात देश रक्षाको अन्तिम हतियार हो, चौतर्फी लूटतन्त्र को हालिमुहाली रहेको अवस्थामा म चाहिं अब "जंग बहादुर पथ" मा उभिन बाध्य भएको छु, इतिहास निर्मम हुन्छ र समयको माग अनुरुप सिर्जित हुन्छन, म अब बुझ्दैछु "कोतपर्व" तत्कालिक समयको माग थियो, कोतपर्व हुन्थेन भने नेपालको भूमी यति पनि बाँकी रहने थिएन - नेपालले तराईको गुमेको ठूलो भूभाग फिर्ता पाउँथेन, जंगेले गाडेको जंगे पिल्लर समेत जोगाउन नसक्ने यि हुतिहारा - लुटेराहरुको शासन भोगेर हिनताबोध मा डुब्न भन्दा म अर्को कोतपर्व को प्रतिक्षा मा छु। पशुपती को स्थान मा म हुन्थें भने मैले सेना लाई आह्वान गर्दै लेख्थें :
"के रमिता हेर्दैछ है हाम्रो देशको सेना.....!
...........!
निस्क अब सडकमा बजारेर बुट !
लूटतन्त्र का मतियार लाई छानी-छानी भुट!"

    सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

विचार जगत

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts