००
Tuesday, 6 February 2018
यमराज को सजाय
यमराज ले नर्क मा पुगेका हरु लाई सजाय सुनाउदै जाने क्रम मा अन्त्य मा एकजना किसान र एकजना नेता वाँकी थियो । यमराज ले भनेछ : तिमीहरुले गरेको पाप को सजाय स्वरुप तिमी हरु लाई १०० - १०० कोररा ढाड मा हान्ने फैसला गरिएको छ तर आज मेरो जन्म दिन को साइत परेछ त्यसो हुँदा मेरो जन्म दिन को अवसर मा कोररा खानु अगाडी तिमी हरु को केहि इच्छा छ भने भन, पुरा हुन्छ । यमराज ले पहिला नेता लाई सोधेछ : तँ नेता परेछ्स ; ल भन कोररा खानु अगाडी तेरो एउटा इच्छा के छ ? नेता ले बडो बाठो हुँदै भनेछ : महाराज !!!! कोररा हान्नु अगाडी मेरो ढाड मा एउटा सिरानी बाँधिबक्स्योस ।
त्यसपछी यमराज ले किसान लाई भनेछ: तँ चाहिं सर्वसाधारण - सोझो परेछस ; त्यसैले तेरो २ ओटा इच्छा पुरा हुन्छ कोररा खानु भन्दा अगाडी - ल भन , तेरो २ ओटा इच्छा के छ ?
किसान ले भनेछ : महाराज !!! पहिलो त मलाई १०० कोररा होइन २०० कोररा हानिबक्स्योस । यमराज ले आश्चर्य चकित हुँदै सोधेछ : अनि दोस्रो इछ्छा नि ? किसान ले नेता लाई देखाउदै भनेछ : हो यो नेता लाई मेरो ढाड मा बाँधिबक्स्योस। किसान को इच्छा अनुसार उनलाई २०० कोररा हानियो- पहिलो १०० कोररा ले नेता को ढाड मा बाँधिएको सिरानी धुजा - धुजा भएछ; पछिल्लो १०० कोररा नेता को ढाड मा परेछ र नेता को भाग को १०० कोररा ले नेता लाई थला पारेछ ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
Author: Shantiman Shrestha: हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समु...
-
लेखक: प्रवीण अधिकारी: हाम्रो विद्वत समाजमा गोतम – गौतम , कश्यप -काश्यप , भरद्वाज -भारद्वाज , अत्रि -आत्रेय , शण्डिल -शाण्डिल्य , भृग...
-
एकजना मनोबैज्ञानिक पागल हरु को अनुसन्धान गर्न पागलखाना गएछ । सोधपुछ गर्दै जाने क्रम मा एकजना अधवैंसे पागल ले भनेछ : हेर्नुस सर ! बास्तवमा म ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
हर्के ले स्टेसन मा बसेर मस्त ले चुरोट तानिरहेको थियो एकै छिन मा धुम्रपान बिरोधी टिसर्ट लगाएकी एक युवती हर्के को नजिक आइन र भनिन : Execuse ...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
पश्चिमिहरुको अन्ध नक्कल गरेर आधुनिक भै टोपलिने मुर्खतापुर्ण प्रवृती को अर्को उदाहरण हो विवाह को समारोह मा जन्तिको अगाडी बजाइने ब्यान्डबाजा ।...
No comments:
Post a Comment