००
Tuesday, 6 February 2018
नेपालका कम्युनिस्टहरु निद्रा मै छन
लाग्छ ; नेपालका कम्युनिस्टहरु निद्रा मै छन , मार्क्सवादी दर्शन पुर्णतः भौतिकवादी दर्शन हो र भौतिकवाद ले भन्छ - पदार्थ नै एकमात्र सत्य हो , तर आधुनिक भौतिक विज्ञानले भन्छ यो जगतमा पदार्थ , ठोस र स्थिर भन्ने चिजको अस्तित्व नै छैन , भौतिकवादी चिन्तन मरेको ३० वर्ष भन्दा बढी भयो - नेपालका कम्युनिस्टहरुले कहिले चाल पाउने हुन ??? हुन त नेपाल का दिग्गज कम्युनिस्ट नेताहरुले नै कहाँ चाल पाएका छन र यिनका अनुयायीहरुले चाल पाउन !!! पुनश्च : काँग्रेस बेठिक को अर्थ कम्युनिस्ट ठिक कदापी हुन सक्दैन तर दुर्भाग्य : भएको यहि छ , एउटा ठाडो टिकावाल काँग्रेस संग चिढिन्छ र कम्युनिस्ट पार्टी अंगाल्छ , अब यिनलाइ कसले बुझाइदिने कि टिका-तिलक Physical (भौतिक) अस्तित्व भए पनि टिका लगाउने पद्धति र रहश्य Non-Physical (अभौतिक) तथ्य मा आधारित छ , टिका मुलत दुइ आँखी भौं बिचको एउटा यस्तो स्थानमा लगाइन्छ जहाँ स्पर्ष गर्दा एउटा खाल्डोको अनुभुती हुन्छ जुन तेस्रो नेत्रको स्थान हो , हाम्रा दुइ नेत्र Physical(भौतिक) हुन यसर्थ यि भौतिक नेत्रले भौतिक कुरा मात्र देख्छ , भौतिक नेत्रले अभौतिक अस्तित्व देख्न सक्दैन तर यो जगतमा भौतिक चिज मात्र छैनन अभौतिक पनि छ्न , सात रंग त हामी देख्न सक्छौं तर Infrared र Altra violet त देख्न सक्दैनौ , नदेख्नुको अर्थ नहुनु त होइन ! हुन त हामी हावा पनि त देख्दैनौ !!! तेस्रो नेत्र Non-Physical eye हो , Non-Physical अस्तित्व देख्न Non-Physical eye नै खुल्न पर्छ भन्ने पुर्विय विज्ञान को खोज हो। टिका पद्दती प्रथमत: हाम्रो दुइ भौतिक नेत्र मात्र होइन अभौतिक वा शुषुप्त रुपमा रहेको तेस्रो नेत्र पनि छ है भन्ने बोध गराउनको लागी हो , दुइ भौतिक नेत्र प्रकृतीले नै जन्मजात खुलाइदिन्छ तर तेस्रो नेत्र खुलाउने वा नखुलाउने विषय व्यक्तीको छनौटको कुरा हो । तेस्रो नेत्र को अभ्यास वा साधना गर्दा तेस्रो नेत्र को स्थानमा चन्दनको टिका लगाएर उक्त स्थान मा सम्पुर्ण उर्जालाइ केन्द्रित गरि अभ्यास गर्ने प्रचलन थियो तर अहिले टिका लगाउनु फेशनको अंग मात्र भएको छ । कम्युनिस्ट दर्शनले चेतना वा आत्माको अस्तित्व लाइ स्विकार गर्दैन न त अभौतिक अस्तित्वलाइ नै , अब केहि ढोंगी ठाडो टिकावालहरु आफुलाइ खारिएको कम्युनिस्ट योद्दा को रुपमा आफुलाइ सगौरव प्रस्तुत गरेको देख्दा मलाइ अलि हजम हुँदैन , यि बिचराहरु न त पक्का कम्युनिस्ट हुन सक्छन न त पक्का धार्मिक ; हिजडाको भुमिकामा जिवन गुमाउछन , म त भन्छु - कि त पक्का कम्युनिस्ट होउ र पुर्णत भौतिकवादी चिन्तन मा आफुलाइ केन्द्रित गर , कि त पक्का आध्यात्मिक होउ र आफुलाइ पुर्णत चेतना को अस्तित्वमा केन्द्रित गर , दुइ ओटा डुङ्गामा पाइला राखेर यात्रा गरेपछी प्राप्त हुने फल चाहिं दुर्घटना नै हो । कसलाइ छलेको ? कसलाइ धोका दिएको ? पाखंड र ढोंग कसको लागी ? ख्याल गर्नुपर्ने अकाट्य तथ्य यो हो कि हामी संसार लाइ ढाँटन वा छल्न सक्छौं तर आफैलाइ कदापी सक्दैनौ र पाखंडको जिवन सवैभन्दा नरकिय जिवन हो ।
अस्तु :
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
-
By: Ayurus chapagain मुसलमान का पूर्वज हिन्दू थिए । रहनसहन, मक्का - मदीना, पूजा पद्धति, पवित्र चिन्ह आदिले गर्दा मुसलमानहरू हिंदू ध...
-
लेखक: प्रवीण अधिकारी: मनुस्मृति सनातन हिन्दू धर्म को ज्यादै प्राचिन र महत्वपूर्ण धर्मशास्त्र हो ।जसलाई मानवधर्म शास्त्र, मनुसंह...
-
लेखक: सुरेन्द्र गौतम: यो कुरा संसारको प्राय सबै बिचारक ले मानेका छन कि मनुष्यलाई आत्यान्तिक शान्ती बाहिरी भोगबाट हैन अपितु आन्तरिक श...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: लुट्नु सम्म लुट नेता छाती ठोकी ठोकी !! तिम्ले भन्या समृद्दी यहि चाहिं पो हो कि ? लुट्न बाँकी क्षेत्र...
No comments:
Post a Comment