००
Tuesday, 6 February 2018
एक भौतिकवादी लाइ मेरो जवाफ
बराइली जि !!!मलाइ माफ गर्नोस !!! तपाइको पछिल्लो टिप्पणी बाट म स्तब्ध र दु:खित छु - यसकारण कि "अस्तित्व नै नभएको निर्जिव वस्तुहरुमा ईश्वरको खोजी गर्दै" - तपाइ को यो हरफ यथार्थ बाट करोडौँ मिल टाढा छ , पुर्विय दर्शन को महासागर को एउटा अंश को भेउ पनि तपाइसँग छैन भन्ने प्रमाण हो यो , आध्यात्मको उच्चतम खोज को विन्दु वा आधुनिक भौतिक विज्ञान को उच्चतम खोज को विन्दु - दुवै दिशा बाट तपाइको यो अभिव्यक्ती गलत छ । चिन्तनको मुलत दुइ धार छन चेतन र जड वा पदार्थ र परमात्मा , तपाइलाइ ज्ञात छ कि छैन , आधुनिक भौतिक बिज्ञान को अनुसार यो जगत मा पदार्थ , ठोस वा स्थिर भन्ने चिज को अस्तित्व नै छैन !!! यो जगत मा निर्जिव भन्ने चिज को अस्तित्व नै छैन - मेटा फिजिक्स को उच्चतम खोज हो यो जसलाइ पुर्वका ऋषिहरु ले हजारौं वर्षदेखी भन्दै आएका छन। आदि शंकराचार्य को अनुसार "जगत माया हो" - माया को अर्थ हुन्छ भ्रम , यो संसार भ्रम हो , भ्रम को अर्थ नहुनु होइन , छ तर जस्तो स्वरुप मा देखिएको छ त्यस्तो छैन , तपाइले हेर्ने टिभी को दृश्य खास मा के हो ?? चलचित्र को रिल देख्नुभो होला - still picture हुन्छन रिल मा , ति स्थिर चित्रलाइ प्रतिसेकेन्ड ४० वा सो भन्दा बढी को दरमा परिवर्तन गर्दा चलाएमान दृष्य देखिन्छ , यथार्थ मा रिल को चित्र मा रहेका पात्रहरु चलाएमान छैन तर देखिन्छ । सिलिङ फ्यान मा तिन ओटा पखेटा हुन्छन तर यसलाइ electronic power द्दारा घुमाए पछि गोलो देखिन्छ कसरी ? खासमा त्यो पंखा गोलो हो कि तिन पखेंटे हो ??? सामान्य गतिमा घुमेको पंखा मा तपाईंले हात राख्नुभो भने तपाइको हात काटिन्छ तर तपाइलाइ थाहा छ कि छैन , पंखाको गतिलाइ हाम्रो शरिर को अंग ले संवेदन गर्नसक्ने भन्दा बढी गति वा भनौ १ लाख RPM को दरले घुमायो भने पंखा मा बस्न मिल्छ , खान मिल्छ , पानी राख्न मिल्छ भन्ने ??? तपाइले घर मा बाल्ने बिजुली बलिरहेको तपाईंलाइ भ्रम छ तर त्यो बत्ती प्रती सेजेन्ड ५० पटक निभ्ने र बल्ने गरेको थाहा छ कि छैन ?? 50 hz को AC electricity system मा प्रतिसेकेन्ड 50 पटक on off र 60 hz को electricity system मा प्रती सेकेन्ड ६० पटक ? on off हुन्छ , तर हाम्रो आँखाले यो ठन्याउन्न यसर्थ लगातार बलिरहेको देख्छौ , हामिले नदेख्नुको अर्थ नहुनु होइन , देख्नुको अर्थ हुनु होइन , सागर निलो देखिन्छ तर के पानी निलो हुन्छ ??? आकाश निलो देखिन्छ त के शुन्य हावा निलो छ ?? तपाइको आशय मुर्तीपुजा तर्फ हुन सक्छ वा ढुङ्गा पुजन तर्फ हुनसक्छ , ढुङ्गा लाइ तपाइले निर्जिव देख्नुभो - भौतिक बैज्ञानिक के भन्छन ??? electron , neutrone , proton टुक्राउदै जाँदा अन्तिम अस्तित्व को रुपमा केवल विधुतिय तरंग रहेछ , बिधुतिय तरंग को अत्याधिक गति को कारण हामिले ढुङ्गा देखेका रहेछौं , यो जगत को सम्पुर्ण बस्तु यस्तै रहेछ केवल बिधुतिय तरंग , जसलाइ पुर्विय चिन्तन ले ध्वनी को विस्तार भन्छ र ॐ ले संकेत गर्छ , भौतिकवादी चिन्तन को सार हो पदार्थ नै एकमात्र सत्य हो ,पुर्विय चिन्तन को सार हो चेतना वा परमात्मा नै एकमात्र सत्य हो । ३० वर्ष अघि नै भैतिक बैज्ञानिकहरु यो निष्कर्ष मा पुगिसके कि यो दुनिया मा ठोस , स्थिर र पदार्थ (Matter) भन्ने चिज को अस्तित्व नै रहेन्छ , वास्तवमा भौतिकवादी चिन्तन ३ दशक अघिनै मरिसक्यो , तपाइलाइ आश्चार्य लाग्ला , किनकी तपाइ सतही रुपले हिन्दु संस्कृती लाइ रुढीबादी र मुढतापुर्ण देख्नुहुन्छ , तर यो जानकारी होस , सारा विश्वको दिग्गज भौतिक बैज्ञानिकहरु पुर्णरुपले हिन्दु दर्शन र चिन्तन को खोज मा डुबेका छन , NASA के गर्दैछ गहिरिएर हेर्नुस अनि स्टेफेन हकिन्स के खोज गर्दैछन हेर्नुस , तपाइ हिन्दु चिन्तन , संस्कृती र परम्परा को जुन जुन आयामहरुलाइ रुढीबादी र मुढतापुर्ण देख्नुभाछ ति सबै गहन बैज्ञानिक खोज र बिधी को प्रकृया हुन तर अन्धा ले सुर्य नदेख्दैमा सुर्य नहुने होइन। मुर्तिपुजा यो धर्ती कै सबैभन्दा गहिरो बैज्ञानिक खोज र प्रकृया हो यस विषयमा चर्चा गर्दा लामो हुन्छ , इच्छुक हुनुहुन्छ भने मेरो ? inbox मा आउनोस।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
Author: Shantiman Shrestha: हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समु...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
B: Swami Ramananda: हिन्दु धर्मशास्त्रमा ईन्द्र र देवता अनि अप्सरा र गन्धर्वहरुको चर्चासँगै जोडिएर आउने गर्दछ– सोमरस । केहि म...
-
Author: Shantiman Shrestha गत वर्ष तत्कालिन पर्यटन मन्त्री आनन्द पोख्रेल ले नग्गा बाबा हरुलाइ पशुपतिनाथ परिसर मा निषेध गर्नुपर्छ भन्...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
लेखक: निर्मलमणि अधिकारी ‘आयोदधौम्य’, पीएच.डी. : ‘हिन्दू’ शब्दको परिभाषा दिनु एकातिर अत्यन्त सजिलो छ भने अर्कातिर अत्यन्त अप्ठ्या...
No comments:
Post a Comment