००
Tuesday, 6 February 2018
फ्रेडरिक नित्शे , मनु र विकासवाद
पश्चिम का दिग्गज दार्शनिक फ्रेडरिक नित्शे ले भनेका छन "मनु जस्तो बुद्धिमान र प्रतिभाशाली मानिस यो संसार मा आज सम्म जन्मेको छैन र शायद जन्मने पनि छैन।" ; नित्से को "Super Human" को अवधारणा मनुस्मृती बाट प्रभावित अवधारणा हो। सतह मा मनु को नीतिशास्त्र जति कठोर र निकृष्ट देखिन्छ , गहिराइ मा त्यती नै बैज्ञानिक र मानवजगत को लागी उपयोगी छ तर उनको निति शास्त्रको गहिराइ लाइ बुझ्न सहज छैन। "मनु स्मृती" प्रमुख दुइ सिद्दान्त मा आधारित छ १. अनुभव को हस्तान्तरण को सिद्दान्त २. चेतना को विकासक्रम को सिद्धान्त । चार्ल्स डार्विन को विकासवाद भौतिक शरिर मा आधारित छ त्यसैले बाँदर को पुच्छर कहिले गायव भयो भन्ने कुरामा अहिले पनि अन्यौल छ , समग्र पस्चिमा चिन्तन भौतिक देह वा वस्तु मा आधारित छ तर मनु को विकासवाद भौतिक देह मा होइन चेतना को विकास मा आधारित छ र समग्र पुर्विय चिन्तन चेतना मा आधारित छ ।यसर्थ भौतिक विकास वा समृद्धी मा पस्चिमाहरु अगाडी हुनु कुनै अनौठो होइन तर जव चेतना को विज्ञान को कुरा आउछ लाग्छ कि पस्चिमाहरु लाइ अझै अत्तोपत्तो छैन।जस्तो अहिले पनि पस्चिम मा पुनर्जन्म हुन्छ कि हुँदैन भन्ने कुरामा ठुलो विवाद र चर्चा छ यस विषय मा पस्चिमाहरु ......रे मा सिमित छन तर पुर्व मा पुनर्जन्म को बारे पुरै विकसित बैज्ञानिक बिधी को प्रयोग हजारौं वर्ष देखी अभ्यास भैरहेको छ । पुनर्जन्म को यि अभ्यास २ ओटा नामले चिनिन्छ १. जाती स्मरण को सिद्धान्त २. आलय विज्ञान को सिद्धान्त । तथ्य त अझ के हो भने आद्य्यात्मिक आश्रमहरु मा प्रत्यक शिष्यहरु लाइ यि दुइ बिधी को प्रयोग अनिवार्य हुन्थ्यो किनकी पुनर्जन्म को अनुभव विना सम्पुर्ण भ्रम बाट मुक्त हुन असम्भव छ र भ्रम बाट मुक्त नभै सत्य को दर्शन पनि असम्भव छ । स्त्री , यौन , धन , सम्पत्ती , विवाह , पत्नी , पति व्यर्थ हुन ...यो जान्नु जरुरी छ नत्र यिनकै बन्धन ले जिबन लाइ आर्यघाट सम्म लतार्छ, बन्धनयुक्त जिवन उन्मुक्त हुन सक्दैन .... तर कसरी चाल पाउने कि यि सब व्यर्थ हुन ? जन्मे पछि एकपटक विहे त गरौं !!! २-४ बच्चा त बनाऔं !!! यौन को मजा त लिउँ मजाले धित नमरुन्जेल !!! धन - सम्पत्ती त जोडौं ताकी आनन्द प्राप्त गर्न सकियोस ! यसर्थ आश्रम हरु मा शिष्यहरु लाइ जाति स्मरण को अभ्यास गराइन्थ्यो ताकी शिष्यहरु ले चाल पाउन विहे त पहिले हजारौं पटक गरिसकिएको रहेछ , बच्चा बच्ची त दशौं हजार बनाइसकिएछ , धन सम्पत्ती त अघिल्लो कैयौं जन्म मा प्रशस्त कमाइसकिएछ ....यौन को मजा त हजारौं जन्म मा कैयौं हजार पटक लिइसकिएको रहेछ तर पनि दुख , सन्ताप , पिडा , छट्पटी त आज पनि ज्युँ का त्यूँ !!!! पुर्व का गुरु हरु भन्छन : यि भ्रम बाट मुक्त भए पछि मात्र शिष्य वा साधक हरुको जिवन को नयाँ द्धार खुल्छ नत्र जन्म , मरण , विवाह , बालबच्चा , यौन , सम्पत्ती , दुख , पिडा को गोलचक्कर मा जिवन अनन्तकाल सम्म चक्रिरहन्छ । मनु ले मानव जातीलाइ चार वर्ग मा विभाजन गरेका छन , आफुलाइ आधुनिक र प्रगतिशील ठान्ने कतिपय स्वघोषित बिद्धानहरु मनु को वर्ण विभाजन को चर्को निन्दा गर्ने गरेका छन भने अर्को तर्फ एउटा ठुलो वर्ग मनु को वर्ण विभाजन को आड मा आफुलाइ सर्वश्रेष्ठ ठान्दै अर्को वर्ग माथी चर्को दमन र शोषण गर्ने शिलशिला हजारौं वर्ष देखी आज पर्यन्त जारी राखेका छन , यि दुवै समुह लाइ न त मनु को अन्तरदृष्टी को बारे अत्तोपत्तो छ न त उनको वर्णविभाजन को उद्देश्य मा निहित मानव कल्याण को गहनतम रहश्य को बारे बुझ्ने चेष्टा नै। यो धर्ती मा मनु जस्तो गलत बुझाइ को शिकार भएको पात्र शायदै कोहि होला। विश्व को मानव समुदाय समान हुन भनेर जति रट लगाए पनि आखिर रक्त समुह ४ ओटा हुन्छ भनेर मान्न करै लाग्छ, विज्ञान ले यो वुझ्नु भन्दा हजारौं वर्ष अघि नै मनु ले वुझेका थिए र मानव जाती लाइ ४ वर्ग मा विभाजन गरेका थिए। मनु को "अनुभव को हस्तान्तरण" को सिद्धान्त शायद यस धर्ती को सबैभन्दा गहिरो र बैज्ञानिक सिद्धान्त हो , यस विषय मा अर्को पोस्ट मा चर्चा गरौंला। मनु को वर्ण विभाजन को बैज्ञानिक रहस्य को बारे अध्यन नगरी चर्को निन्दा गर्ने र उनको वर्ण विभाजन को आडमा अर्को वर्ग माथी शोषण र उत्पिडन गर्ने दुवै समुह लाइ म मनु ऋषी को २ प्रमुख सिद्धान्तहरु को गहन अध्यन गर्न अनुरोध गर्दछु।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
Author: Shantiman Shrestha: हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समु...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
B: Swami Ramananda: हिन्दु धर्मशास्त्रमा ईन्द्र र देवता अनि अप्सरा र गन्धर्वहरुको चर्चासँगै जोडिएर आउने गर्दछ– सोमरस । केहि म...
-
Author: Shantiman Shrestha गत वर्ष तत्कालिन पर्यटन मन्त्री आनन्द पोख्रेल ले नग्गा बाबा हरुलाइ पशुपतिनाथ परिसर मा निषेध गर्नुपर्छ भन्...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
लेखक: निर्मलमणि अधिकारी ‘आयोदधौम्य’, पीएच.डी. : ‘हिन्दू’ शब्दको परिभाषा दिनु एकातिर अत्यन्त सजिलो छ भने अर्कातिर अत्यन्त अप्ठ्या...
No comments:
Post a Comment