००
Sunday, 11 February 2018
स्कन्ध पुराण र अश्व्स्थामा
लेखक :- देवि प्रतिभा जि
प्रथम स्कन्ध-सातौं अध्याय
अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु -
हे सूतजी, नारदजी गएपछि श्रीव्यासले के गर्नु भयो भनेर शौनकजीले सोधे पछि सूतजी भन्नुहुन्छ -ब्रह्मानदी सरस्वतीको किनारमा श्यामाप्रास नाम भएको आश्रममा ऋषिहरु यज्ञ गर्दछन।त्यही व्यासजीको आश्रम छ।त्यहाँ बसेर मन एकाग्र गर्दा मानिसहरू मायाले मोहित भएर अनेक अनर्थ भोग्दै गरेको देख्नुभयो। यस मायाबन्धनबाट उनीहरुलाई छुटाएर श्रीकृष्ण भक्ति जगाउन परमहंसको संहिता श्रीमद्भागवत रचना गर्नु भयो र आफ्ना छोरा श्रीशुकदेवजीलाई पढाउनु भयो ।
निवृती-मार्गमा लागेका शुकदेवले किन भागवत पढ्नु भयो भन्ने शौनकजीले प्रश्न गर्दा सूतजी भन्नुहुन्छ -अविद्याले रहित भएर सधै आत्मामा विचरण गर्ने ज्ञानीहरु पनि भगवानको निष्काम भक्तिमा आकर्षित हुन्छन् ।भक्तहरुका प्यारा शुकदेवमा जन्मदेखि नै भक्तिले वासगरेको थियो यसैकारण यस पुराणको अध्ययन गर्नुभयो ।
हे शौनकजी, अब म अर्को प्रश्नको उत्तरमा श्रीकृष्णका कथामा सम्बन्ध राख्ने राजर्षि परीक्षितको जन्म, कर्म र मोक्ष साथै पाण्डवहरु स्वर्गारोहण भएको कथा सुनाउछु ,सुन्नुहोस । महाभारतको युद्धमा धेरै वीरहरु मरे। भीमसेनले दुर्योधनको तिघ्रा बांचेपछि दुर्योधनको नुनको सोझो अश्वत्थामाले सुतेका द्रौपदीका पाचै छोराको टाउको काटिदिए ।द्रौपदीको विलाप सुनेर अर्जुनले पनि आततायी तथा अधम ब्राह्मण अश्वत्थामाको टाउको काटेर ल्याउने प्रतिज्ञा गरे । श्रीकृष्णलाई सारथि बनाएर खोद्दै जादा आफ्नो प्राण जोगाउन अश्वत्थामाले ब्रह्मास्त्र छोडे । भयभित भएका अर्जुन केहि नलागेर श्रीकृष्णलाई प्राथनागर्दै भन्दछ्न - स्वंय प्रकाशस्वरुप हे कृष्ण , यो के हो ? अनि कहाँबाट यस्तो तेज आयो ?
भगवान भन्नुहुन्छ -हे अर्जुन , यो अश्वत्थामाको ब्रह्मास्त्र हो, उनी यो फर्काउन जान्दैनन् । तिनीले पनि ब्रह्मास्त्र छोडेर यसको प्रचण्ड आगो निभाउनु पर्छ । सूतजी भन्नुहुन्छ -हे शौनक, आगो र घाम जस्ता दुवैको ब्रह्मास्त्रको युद्धमा प्राणीहरु नष्ट हुने देखेर श्रीकृष्णको आज्ञाले अर्जुनले दुवै अस्त्र फर्काए र अश्वस्थामालाई बाधेर ल्याए । कृष्णका आज्ञानुसार आगो लगाउने, बीस खुवाउने, कुविचारले शस्त्र चलाउने , धन लुटने खेत,स्त्री खोस्ने आततायीलाई मार्नु उचित थियो तापनि अर्जुनले गुरुपुत्रलाई मारेनन । पशुलाई झै बांधेर , घोप्टे मुन्टो लगाएका अश्वत्थामालाई देखेर दयालु पतिव्रता द्रौपदीले छोडिदिनोस भनी अर्जुनसित बिन्ती गरिन ।
सूतजी भन्नुहुन्छ - युधिष्ठिर आदि उपस्थित सबैले द्रौपदीको कुरा स्वीकार गरे । श्रीकृष्ण हांसेर अर्जुनलाई भन्नुहुन्छ -हे अर्जुन ,पतित भए ब्राह्मण मार्नुहुदैन तर आततायीलाई मार्नैपर्छ
अब तिमीले द्रपदीसित गरेको प्रतिज्ञा भीमसेन र मेरो इच्छा पनि कसरी हुन्छ पूरा गर । सबैको इच्छा पूरागर्न अर्जुनले पनि बालहत्या गर्ने अश्वत्थामाका शिरको मणि निकालेर टाउको मुडिदिए र ब्रह्मातेजहीन गराइदिए ।
इति प्रथम स्कन्धको सातौ अध्याय सकियो ।
श्रीमद्भागवत महापुराणको जय हो ।
श्री राधेश्याम भगवानको जय हो ।
श्रीबाकेबिहारीलालको जय हो ।
श्री वृन्दावन बिहारीलालको जय हो ।
श्री मुक्तिनाथ भजवानको जय हो ।
समस्त भक्तजनको जय हो ।
जय जय श्री राधे राधे
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: नेपाल प्रहरिले कुनै पनि घटनाको सन्दर्भमा अनुसन्धान गर्ने क्रममा पदिय हैसियत अनुसार मापदण्ड लागू हुनेछ भ...
-
Author: Shantiman Shrestha: एउटा आशंका उठछ , त्रिभुवन विमानस्थलबाट गाएब भएको ३३ किलो सुन पनि हाम्रा सर्वहाराहरुले सुनको टुटि बनाउन ...
-
Author: Shantiman Shrestha: शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आ...
-
Author: Shantiman Shrestha: संसारकै इतिहासमा बर्तमान सत्ताधारी शक्तिले जस्तो वेश्यावृत्ती पाराको अन्तर्राष्ट्रिय कुटनितिक निति अरु ...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
No comments:
Post a Comment