००
Tuesday, 6 February 2018
कमजोर हुनु नै सबैभन्दा ठुलो अपराध
कमजोर हुनु नै सबै भन्दा ठुलो अपराध रहेछ । फर्सी चक्कु माथी खसोस वा चक्कु फर्सी माथी, चोट पर्ने त आखिर फर्सी लाई न हो ...!! गाइ-गोरु आपस मा प्रेमपुर्वक लडिवुडी खेलोस कि आपस मा जुधोस आखिर नासिने त घाँस न हो ...!!! दुइ ठुला मुलुक आपस मा जुध्दा होस वा आपसमा मिल्दा ; आखिर चेपुवामा पर्ने त बिचमा रहेका साना मुलुक नै रहेछ । चिन र भारत डोकलाम मा जुध्दा अहिले भुटान चेपुवा मा परेछ ; चिन र भारत लिपु लेक मा मिल्दा नेपाल चेपुवा मा परेको थियो । दुइ ठुला देश हरु मिल्दा पनि वा जुध्दा पनि चेपुवा मा पर्नु पर्ने नियती को सामना गर्न हाम्रो जस्तो सानो मुलुक ले प्रभावकारी परराष्ट्र र आर्थीक निती लिनु आवश्यक छ ; जसको लागी हालका ६० काटेका वुढा नेता हरुको इच्छा शक्ती ले सो चुनौती को सामना गर्न सक्दैन । बुढा हरु लाई साँचै देश को माया छ भने मुलुक को नेतृत्व युवा पुस्ता लाई सुम्पनु पर्छ । कर्मचारी , सेना , पुलिस को सेवा मा उमेर को हदवन्दी हुने राजनिति मा नहुने ? हाम्रा नेता हरुलाई आर्यघाट नपुग्दा सम्म प्राधानमन्त्री को पद चाहिने ? ? ? मनोविज्ञान को सर्वमान्य सिद्धान्त छ , मान्छे जती बुढो हुँदै जान्छ त्यती नै उसको इच्छाशक्तीमा ह्रास हुँदै जान्छ र इच्छाशक्ती को ह्रास सँगै उ लोभी हुँदै जान्छ ।नजिकिदै गएको मृत्यु लाई उ देख्न थाल्छ र मृत्यु को भय ले उसलाई सताउदै जान्छ , मृत्यु को भय लाई ढाकछोप गर्न उ अनेक वहाना गर्न थाल्छ । मनोविज्ञान ले भन्छ मान्छे जती वढी मृत्यु बाट भयभित हुन्छ त्यत्ती नै उ शक्ती ; पैसा र भौतिक बस्तु प्रती लालायित हुन्छ । यि सबै चिज प्राप्त गरेर उ मृत्यु को भय लाई ढाकछोप गर्न चाहन्छ ; फलत उ लोभी हुन्छ । लोभ मुक्त युवा हामी देख्न सक्छौं किनकी मृत्यु अझै टाढा छ तर लोभ मुक्त बुढा देख्न कठिन छ । गगन थापा ; रविन्द्र अधिकारी ; गोकर्ण विष्ट ; धनराज गुरुङ , विश्व प्रकाश शर्मा लागायत का युवा हरु मा अहिले जुन जोश ; जाँगर ; तिव्र इच्छा शक्ती र केहि गरौं र गर्न सकिन्छ भन्ने भावना छ ; त्यो स्वंय उनिहरु ६० काटे पछी हुने छैन । मलाई लाग्छ यदी बुढा हरु ले नेतृत्व हस्तान्तरणा गर्न तयार हुँदैनन भने युवा पुस्ता नेतृत्व खोस्न तयार हुनु पर्दछ ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
लेखक :- देवि प्रतिभा जि प्रथम स्कन्ध-सातौं अध्याय अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु - हे सूतजी...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha: लोकतन्त्रमा कार्यपालिका , न्यायपालिका र व्यवस्थापिकाको आआफ्नै भुमिका र दायित्व हुन्छन , एउटा संवैधानिक ...
-
By: Ayurus chapagain मुसलमान का पूर्वज हिन्दू थिए । रहनसहन, मक्का - मदीना, पूजा पद्धति, पवित्र चिन्ह आदिले गर्दा मुसलमानहरू हिंदू ध...
-
लेखक: प्रवीण अधिकारी: मनुस्मृति सनातन हिन्दू धर्म को ज्यादै प्राचिन र महत्वपूर्ण धर्मशास्त्र हो ।जसलाई मानवधर्म शास्त्र, मनुसंह...
-
लेखक: सुरेन्द्र गौतम: यो कुरा संसारको प्राय सबै बिचारक ले मानेका छन कि मनुष्यलाई आत्यान्तिक शान्ती बाहिरी भोगबाट हैन अपितु आन्तरिक श...
-
By: Santosh Acharya: राजा प्रियव्रतको ज्येष्ठ पुत्र अग्नीध्र जम्बूद्वीपको अधिपति थिए। (अब जम्बुद्विप के हो यो बुझ्न पुरा वि...
-
Author: Shantiman Shrestha: लुट्नु सम्म लुट नेता छाती ठोकी ठोकी !! तिम्ले भन्या समृद्दी यहि चाहिं पो हो कि ? लुट्न बाँकी क्षेत्र...
No comments:
Post a Comment