Tuesday, 6 February 2018

बामपंथी आखिर बामपंथी नै हुन

बामपंथी आखिर बामपंथी नै हुन, काठमाडौ का मेयर बिद्या सुन्दर शाक्यले नेपालको ऐतिहासिक, सांस्कृतिक र पौराणिक धरोहर रानीपोखरीलाइ स्वीमिङ पुल र क्याफे बनाउने रे ?? यि धुन्धकारीलाइ पुरातात्त्विक सम्पदाहरु र सांस्कृतिक धरोहर को मतलब छैन पैसा र कमिशन को चक्कर छ, यिनको मानसिकता ले प्रष्ट झल्काउछ ,अनुकुल मौका परे यिनले भोली पशुपतिनाथ, स्वयम्भूनाथ र एतिहासिक पात्र चारुमती को प्रतिक चवहिल भत्काएर बेश्यालय र डान्स बार बनाउछन । हैन हौ विदेशी पर्यटकहरु नेपाल का आधुनिक भवन , डान्स बार , क्याफे, विद्यासुन्दर को घर , एमाले अफिस हेर्न आउछन कि नेपालको सांस्कृतिक तथा पुरातात्विक सम्पदा हेर्न आउँछन ??? महान राष्ट्रबादी भै डुक्रिएका केपि ओलि का सालो यि विद्यासुन्दर लाइ कसले बताइदिने कि नेपाली राष्ट्रबाद को असलि पहिचान यो देशको प्राचिन कला, संस्कृति र पुरातत्विक सम्पदा मा छ स्विमिङ पुल र क्याफे मा हैन ।

No comments:

Post a Comment

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts