
Shantiman Shrestha:
भनिन्छ , बाँदर कहिल्यै बिमार हुँदैन जब बिमार हुन्छ मृत्यु निस्चित छ, बाँदर बिमार रहेर बाँच्न सक्दैन।बैज्ञानिक हरुले बाँदर माथी एउटा अनौठो प्रयोग गरे , प्रयोग थियो : बाँंदर लाइ बिमारी बनाउने । प्रयोगको शिलशिला मा बाँदरलाइ सिरिन्ज द्दारा अत्याधिक हानिकारक भाइरसहरु दिइयो तर बाँदर बिरामी भएन ,बाँदरलाइ अत्याधिक कोलेस्ट्रोल दिइयो र पनि बाँदरलाइ Heart attaack भएन। बर्षौं सम्म बाँदरलाइ बिरामी बनाउने बैज्ञानिकहरुको प्रयास असफल रह्यो। आखिर बाँदर किन बिमार हुँदैन त !!! बैज्ञानिकहरु ले लामो खोज पश्चात यस रहश्यको उदघाटन गरेका छन जुन रहश्यको उदघाटन आयुर्वेद का ज्ञाता बागभट्ट ले ३५ सय बर्ष अघि नै गरेका थिए। धेरैलाइ थाहा नहुन सक्छ , जब मानिस बिमार हुन्छ उ डाक्टर कहाँ जान्छ , गम्भिर खाल को बिमार को सन्दर्भ मा डाक्टर ले उसलाइ रगत जाँच को लागी प्रेस्कृप्सन लेख्छ , डाक्टर ले रगत को RH factor को विश्लेषण गर्छ। आखिर मानिस को रगत को आदर्श वा भनौं सन्तुलित र उचित RH factor कति हो त ! अनौठो !!! डाक्टरले मानिस को रगत को RH factor बाँदर को रगत को RH factor सँग तुलना गर्छ। बाँदर को रगत मा हुने
RH factor को बराबर RH factor मानिस को रगत मा रहेमा उसको रगत सन्तुलित रहेको मानिन्छ। आखिर बाँदर को रगत को RH factor हमेशा सन्तुलित कसरी रहन्छ त !!! बागभट्ट ले यसको रहश्योघाटन गर्दै मानिस लाइ स्वस्थ रहन को लागी केहि शुत्र हरु लेखेका छन।
बागभट्ट को यो शुत्र र बाँदर को भोजन तालिका ठ्याक्क मिल्छ , बाँदर ले बिहान सुर्योदय पछि पेटभर खाना खान्छ , बाघभट्ट को अनुसार हाम्रो शरिर को प्रत्यक अंगहरु कम र वेशी सक्रिय हुने निश्चित समय हुन्छ। जस्तो : पाचनकृया को लागी मुख्य अंग आमाशय सुर्योदय पछि बिहान ६ बजे देखि साढे ९ बजेसम्म अत्याधिक सक्रिय हुन्छ। मुटु रातको २ बजे देखी ५ बजे सम्म अत्याधिक सकृय हुन्छ त्यसैले अध्यन अनुसार ९५% हृदयघात को समस्या यो समयमा हुन्छ। heart attack ले मृत्यु हुने अत्याधिक मानिसहरुको समय रातको २ बजे देखी ५ बजे सम्म छ।
बागभट्ट को शुत्र ले भन्छ , आमाशय अत्याधिक सकृय हुने समय , जुन समय आमाशय ले अत्याधिक अग्नि पैदा गर्छ , बिहान ६ बजे देखी साढे ९ बजेको समय भित्र बिहान को भोजन गर । स्वस्थ रहनको लागी खाएको भोजन पच्नुपर्छ , भोजन पचे स्वस्थ , भोजन सढेपछी रोग , अत्याधिक रोगको मुल कारण खाएको भोजन पेटमा सड्नु हो। त्यसपछी आमाशय मध्यान्ह मा अलि कम सकृय हुन्छ भने साँझ त्यो भन्दा कम, अबेर रात मा लगभग निष्कृय हुन्छ , त्यसैले बागभट्ट ले शुत्र मा भन्छन , मध्यान्ह मा अलि कम भोजन गर र साँझ त्यो भन्दा कम भोजन गर । जस्तो बिहान साढे ९ बजे भित्र ८ ओटा रोटि खान्छौ भने मध्यान्ह मा ४ ओटा र साँझ २ ओटा मात्र । अबेर रात मा आमाशय लगभग निष्कृय हुन्छ त्यसैले अबेर रात भोजन गर्नु रोग को मुहान हो। अबेर रातको भोजन पेटमा सडाउनु हो। आमाशय ले जति भोजन पचाउन सक्ने गरि सकृय हुन्छ त्यही अनुसार भोजन गर। धेरै मानिसहरु भन्छन, पेट खाली नराख टाइम टाइम मा केहि न केहि खाइराख , किनकी डाक्टरहरु यहि सुझाउँछन , डाक्टरहरु को सम्पुर्ण शिक्षा पश्चिम को हो , युरोपमा अति ठन्डा हुन्छ , -२० = -३० डिग्री शेल्सियस सामान्य मानिन्छ जुन हामी यहाँ कल्पना गर्न सक्दैनौ , त्यहाँ यसरी थोरै थोरै धेरैपटक खानु उचित हुन्छ तर यहाँ त्यसैको नक्कल गर्नु आत्मघाती हुन्छ।बागभट्ट को शुत्रको अनुसार आमाशय को सकृय हुने समय सुर्योदय को समय सँग छ , सुर्योदय को साढे २ घन्टा आमाशय अत्याधिक सकृय हुन्छ त्यसैले हाम्रो जस्तो हावापानी मा साढे ८ बजे बिहान को भोजन गर्नु सबैभन्दा उत्तम हुन्छ।बागभट्ट को प्रमुख दुइ ग्रन्थ छन , "अष्टांग संग्रह" र "अष्टांग हृदय संहिता" ; यि दुइ ग्रन्थ मार्फत उनले शरिर र स्वास्थ्य बिज्ञान सम्बन्धी ७००० शुत्र उल्लेख गरेका छन।बागभट्ट का अनुसार ९०% भन्दा बढी रोग पेट बाट उत्पन्न हुन्छ , लगभग १४८ किसिमको रोग छन पेटमा हुने बिकार सम्बन्धी। त्यसैले उनको सबैभन्दा ठुलो जोड शरिरको पाचनकृया संग सम्बन्धित छन यसै शिलशिला मा उनको अर्को शुत्र छ , “भोजनान्ते विषम वारि"
, अर्थात भोजन लगत्तै पानी पिउनु विष बराबर छ । किनकी हामिले खाने भोजन लाइ आमाशय ले पैदा गर्ने अग्नि वा तापले पचाउँछ , भोजन को साथमा वा भोजन लगत्तै पानी खाएमा यो अग्नि निभ्छ वा सेलाउँछ फलस्वरूप भोजन पच्दैन र सड्छ । जब भोजन सड्छ यो ग्याँस बन्छ , जब यो ग्याँस अत्याधिक हुन्छ तब यसले छाती , घाँटी , पेट लगायत सम्पुर्ण शरिर मा जलन पैदा गर्छ , सम्पुर्ण शरिर मा ग्याँस पैदा भएपछी यो ग्याँस टाउको मा पुग्छ र टाउको मा दर्द हुन्छ। यो ग्याँस लामो समय सम्म रहेमा अल्सर , अम्लता (acidity) देखी क्यान्सर सम्म हुन्छ। बागभट्ट को अनुसार खाना पेटमा सडेपछी यो कोलेस्ट्रोल बन्छ र यो कोलेस्ट्रोल रगत मा मिसिन्छ परिणामस्वरूप हृदय सम्बन्धि अनेक रोग लाग्दछ। बागभट्ट को यो शुत्र र बाँदर को भोजन तालिका ठ्याक्क मिल्छ , बाँदर ले बिहान सुर्योदय पछि पेटभर खाना खान्छ , बाघभट्ट को अनुसार हाम्रो शरिर को प्रत्यक अंगहरु कम र वेशी सक्रिय हुने निश्चित समय हुन्छ। जस्तो : पाचनकृया को लागी मुख्य अंग आमाशय सुर्योदय पछि बिहान ६ बजे देखि साढे ९ बजेसम्म अत्याधिक सक्रिय हुन्छ। मुटु रातको २ बजे देखी ५ बजे सम्म अत्याधिक सकृय हुन्छ त्यसैले अध्यन अनुसार ९५% हृदयघात को समस्या यो समयमा हुन्छ। heart attack ले मृत्यु हुने अत्याधिक मानिसहरुको समय रातको २ बजे देखी ५ बजे सम्म छ।
बागभट्ट को शुत्र ले भन्छ , आमाशय अत्याधिक सकृय हुने समय , जुन समय आमाशय ले अत्याधिक अग्नि पैदा गर्छ , बिहान ६ बजे देखी साढे ९ बजेको समय भित्र बिहान को भोजन गर । स्वस्थ रहनको लागी खाएको भोजन पच्नुपर्छ , भोजन पचे स्वस्थ , भोजन सढेपछी रोग , अत्याधिक रोगको मुल कारण खाएको भोजन पेटमा सड्नु हो। त्यसपछी आमाशय मध्यान्ह मा अलि कम सकृय हुन्छ भने साँझ त्यो भन्दा कम, अबेर रात मा लगभग निष्कृय हुन्छ , त्यसैले बागभट्ट ले शुत्र मा भन्छन , मध्यान्ह मा अलि कम भोजन गर र साँझ त्यो भन्दा कम भोजन गर । जस्तो बिहान साढे ९ बजे भित्र ८ ओटा रोटि खान्छौ भने मध्यान्ह मा ४ ओटा र साँझ २ ओटा मात्र । अबेर रात मा आमाशय लगभग निष्कृय हुन्छ त्यसैले अबेर रात भोजन गर्नु रोग को मुहान हो। अबेर रातको भोजन पेटमा सडाउनु हो। आमाशय ले जति भोजन पचाउन सक्ने गरि सकृय हुन्छ त्यही अनुसार भोजन गर। धेरै मानिसहरु भन्छन, पेट खाली नराख टाइम टाइम मा केहि न केहि खाइराख , किनकी डाक्टरहरु यहि सुझाउँछन , डाक्टरहरु को सम्पुर्ण शिक्षा पश्चिम को हो , युरोपमा अति ठन्डा हुन्छ , -२० = -३० डिग्री शेल्सियस सामान्य मानिन्छ जुन हामी यहाँ कल्पना गर्न सक्दैनौ , त्यहाँ यसरी थोरै थोरै धेरैपटक खानु उचित हुन्छ तर यहाँ त्यसैको नक्कल गर्नु आत्मघाती हुन्छ।बागभट्ट को शुत्रको अनुसार आमाशय को सकृय हुने समय सुर्योदय को समय सँग छ , सुर्योदय को साढे २ घन्टा आमाशय अत्याधिक सकृय हुन्छ त्यसैले हाम्रो जस्तो हावापानी मा साढे ८ बजे बिहान को भोजन गर्नु सबैभन्दा उत्तम हुन्छ।बागभट्ट को प्रमुख दुइ ग्रन्थ छन , "अष्टांग संग्रह" र "अष्टांग हृदय संहिता" ; यि दुइ ग्रन्थ मार्फत उनले शरिर र स्वास्थ्य बिज्ञान सम्बन्धी ७००० शुत्र उल्लेख गरेका छन।बागभट्ट का अनुसार ९०% भन्दा बढी रोग पेट बाट उत्पन्न हुन्छ , लगभग १४८ किसिमको रोग छन पेटमा हुने बिकार सम्बन्धी। त्यसैले उनको सबैभन्दा ठुलो जोड शरिरको पाचनकृया संग सम्बन्धित छन यसै शिलशिला मा उनको अर्को शुत्र छ , “भोजनान्ते विषम वारि"
उनको अनुसार शरिर मा भोजन पचुन्जेल कोलेस्ट्रोल बन्ने सम्भावना हुँदैन र हृदय सम्बन्धि समस्या हुँदैन। त्यसैले बागभट्ट ले भोजन भन्दा २ घन्टा अघि , भोजन सँग वा भोजन गरेको २ घन्टा को अवधिमा पानी पिउन वर्जित गरेका छन। भोजन अघि पानी पिउन उनले यसकारण वर्जित गरेका छन कि आमाशय अत्याधिक प्रज्वलनशिल रहेको अवस्था मा भोजन लिएमा मात्र खाएको भोजन पच्छ , भोजन अघि पानी लिएमा आमाशय ले पैदा गर्ने अग्नि निभ्छ अनि खाएको भोजन पच्न पाउँदैन।
भारतिय उपमहाद्दिप मा अंग्रेज को प्रवेश संगै हामी हिप्नोटाइज्ड भएका छौँ जर्मन का कथित बिद्धान म्याक्स मुलर को उपयोग गर्दै उसले प्राचिन हिन्दु ग्रन्थ हरु मा छेडछाड गर्ने , गलत ब्याख्या गर्ने र अन्तत बदनाम हुने गरि प्रस्तुत गर्यो, धेरै लाइ थाहा नहोला हिन्दु दर्शन को चर्चित पुस्तक "मनु स्मृती" २ ओटा छ , एउटा ओरिजिनल मुल प्रती अर्को अंग्रेज ले म्याक्स मुलर को उपयोग गर्दै निर्माण गरेको डुप्लिकेट "मनु स्मृती" , यस्ता हजारौं हिन्दु ग्रन्थ हरु मा अंग्रेज र त्यस अघि का मुश्लिम शाषक हरुले छेडछाड गर्ने , परिवर्तन गर्ने र नक्कली प्रती बनाएका छन , योगि नरहरिनाथ ले यस्ता ग्रन्थहरु लाइ "छेपक ग्रन्थ" को संज्ञा दिएका छन ।अंग्रेजहरुले त यस कामको लागी एउटा ठुलो टिम नै बनाएको थियो , "हंटर कमिशन" जसको नेतृत्व विलियम हन्टर ले गरेका थिए जो संस्कृत का ज्ञाता थिए मुलर जस्तै। जुन प्रोपोगन्डा हन्टर कमिशन ले चलाएका थिए २०० वर्ष अघि भारत मा ठ्याक्कै त्यही भाषा अहिले नेपाल का जातीवादीहरु ले चलाएको देखिन्छ सामाजिक संजाल मार्फत , जसले हंटर कमिशन को मिशन अहिले पनि जारी रहेको देखाउछ , नेपाल मा पिस कोर को प्रवेश संगै यसले हाल सम्म नेपालको राजनितिक ,आर्थिक , शैक्षिक लगायत को क्षेत्रमा गर्दै आएको हस्तक्षेप सनातन संस्कृती लाइ छिन्न बिन्न पार्ने अंग्रेज चालबाजी कै श्रुखंला हो।
केहि समय अघि मैले सामाजिक संजाल मा केहि पोस्ट हरु देखेको थिएँ जस्तै : आर्यहरु बाहिर बाट आएका हुन , आर्यहरु ले भारतिय उपमहाद्दिप का प्राचिन संस्कृती र सभ्यता नष्ट गरे , सनातन हिन्दुहरु का पुर्वजहरु ले गाइ को मासु खान्थे ईत्यादी , अनौठो !!! यि तिनै प्रोपोगन्डा हुन जुन २०० वर्ष अघि विलियम हंटर को टिम ले चलाएका थिए।
अंग्रेज ले पुरै शैक्षिक पाठ्यक्रम लाइ आफु अनुकुल पश्चिमाकरण गर्यो हुँदा हुँदा हालत यो भएको छ कि हामिलाइ अत्तोपत्तो छैन कि हामी अहिले पनि अंग्रेजको मानसिक गुलाम छौं जसको जिउँदो प्रमाण हाम्रो समाज मा रहेको एलोपैथिक चिकित्सा को दबदबा , पस्चिमा खानपान र जिवनशैली को अन्धाधुन्ध नक्कल हो।हामी के बुझ्दैनौ भने एलोपैथिक चिकित्सा पश्चिमा हरुको लागी आवश्यकता र बाध्यता हो किनकी त्यहाँं आयुर्वेदिक जडिबुटीहरु फल्दैन , अत्याधिक चिसो छ त्यसैले उनिहरुको भिन्न किसिमको खानपान , जिवनशैली , लवाइ खवाइ र चिकित्सा पद्दती छ त्यसैलाइ हामिले अन्धाधुन्ध पछाउनु मुर्खताको हद हो ।
लवाइकै कुरा गरौँ , जस्तो टाइ : पश्चिम मा दुइ कारणले टाइ लगाउने प्रचलनको शुरुवात भयो , १. पश्चिमा संस्कृती अनुसार समारोहहरु मा पुरुष ले रुद्रघन्टी देखाउनु र स्त्रीजाती ले दुइ स्तनको विच को माथिल्लो भागको फेंद नदेखाउनु अशोभनीय मानिन्थ्यो यसैले पुरुष को सन्दर्भमा टाइ लगाउनु आवश्यक हुन्थ्यो रुद्रघन्टी छोप्न २. पश्चिम मा अत्याधिक ठन्डा हुन्छ त्यसैले समारोह हरुमा जाडो बाट बच्न पनि टाइ लगाउनु बैज्ञानिक दृष्टिकोण ले पनि उचित मानिन्छ तर यहाँ गर्मी मौसम मा बिरगंज र नेपालगंज जस्तो अत्याधिक गर्मी हुने स्थान मा समेत टाइ लगाउनु मानसिक गुलामी को हद हो ; मेरो दृष्टी मा यो त पागलपन नै हो , पागल ले अर्को पागल लाइ पागल देख्दैन रे गुलाम ले अर्को गुलाम लाइ गुलाम देख्दैन । ( आखिर हावापानी , मौसम, संस्कृति र परम्परा अनुसार को मौलिक राष्टृय पोशाक को अपमान गरि जति सुकै गर्मी मा पनि टाइ-सुट लगाएर प्रगतिशिल , क्रान्तिकारी , अग्रगमन को मसिहा र मुक्तिदाता भै टोपलिएको महाउल्लु कथित शिर्ष नेता भै रजाइ गरेको र यस्तै पटमुर्ख लाइ आदर्श मानेर आफुलाइ आधुनिक र देशभक्त ठान्ने सुतुरमुर्ग को जमात भएको देश न पर्यो .............!!!!! )
प्लास्टिक सर्जरी लाइ आधुनिक मेडिकल साइन्स मा अति आधुनिकतम प्रविधी मानिन्छ जसमा शरिर को एक भागको अंग काटेर अर्को भाग मा जोडिन्छ , आयुर्वेद मा प्लास्टिक सर्जरी को प्रयोग हजरौं वर्ष देखी भैरहेको छ। धारिलो हतियार को प्रहार ले अलग भएको हात , खुट्टा , नाक , कान जोड्ने विद्या आयुर्वेद मा नौलो होइन तर २०० वर्ष अघि सम्म पस्चिम मा यसको कल्पना पनि थिएन वास्तवमा प्लास्टिक सर्जरी को कला पश्चिम ले अंग्रेज को समयमा भारतिय वैद्यहरु मार्फत सिकेका हुन।
यहाँ उठान गर्न खोजेको विषय के हो भने , एलोपेथिक चिकित्सा पद्धती पश्चिमाहरु को लागी आवश्यकता र बाध्यता भएता पनि हाम्रो लागी होइन , हाम्रो लागी केहि उपयोगिता हुन सक्छ तर पुर्ण रुपले बाध्यता होइन । हाम्रो एक किसिम को हावापानी, एक किसिम को शारीरिक विषेषता , एक किसिम को जैविक स्थिती छ जवकी पस्चिम को पुर्णत अलग छ , पश्चिम ले चाहेर पनि आयुर्वेद को विकास गर्न सक्दैन किनकी त्यहाँ को हावापानी मा आयुर्वेद को लागी चाहिने जडिबुटी तथा विरुवा हरु पैदा हुँदैन, उनिहरुको एकमात्र विकल्प विभिन्न रसायन को उपयोग हो त्यसैले पश्चिम ले एलोपेथिक पद्धती को विकास गर्यो। अब उनिहरुले आफ्नो आवश्यकता , परिस्थिती , हावापानी अनुसार बाध्यतावश उपभोग गर्ने भोजन , चिकित्सा प्रणाली वा भेषभुषा लाइ भिन्न हावापानी मा जन्मेहुर्केका हामिले अन्ध नक्कल गर्नु मुर्खताको पराकाष्ठ हो।
सनातन नेपाल जागरण ®
No comments:
Post a Comment