००
Tuesday, 6 February 2018
जनमानस को गलत सोंच र नकारात्मक परिणाम
आमजनमानस को केहि गलत सोंच र मनोवृत्ती को कारण यो धर्ती विकृत हुँदै गइरहेको छ , हामी कसैलाइ पनि सम्मान नि:शर्त र निस्पक्ष रुपले गर्दो रहेन्छौ - हामिले कसैलाइ गर्ने सम्मान कठोर शर्त अनुसार हुँदो रहेछ , सम्मान पाउने ले ठुलो मुल्य चुकाउनु पर्दो रहेछ अनि अनन्त इच्छा, विचार र भावना को दमन गरेर राख्नुपर्दो रहेछ सम्मान प्राप्ती को खातिर । मनोबैज्ञानिक रुपले हामी त्यस्तो व्यक्ती लाइ मात्र सम्मान गर्छौ जसले त्यस्तो काम काम गर्न सक्छ वा त्याग गर्न सक्छ जुन हामी गर्न सक्दैनौ । उदाहरण : पुरै विश्व यौनवृत्ती मा जकडिएको छ - हामिले ढाँटौ , ढोंग वा पाखन्ड गरौं , चरित्रवान को स्वाँग गरौं - यसले कुनै अर्थ राख्दैन , पुरै विश्व को साहित्य, कविता , कथा, नाटक , निबन्ध , गित , गजल ,चलचित्र , युद्धको इतिहास र विविध घटना हरु पुरै यौन को वरिपरि घुमेको छ , संसार जित्ने योद्दा हरु पनि यौन सँग हारेको यथार्थ हामी सँग छ , हामिलाइ थाहा छ यौन लाइ हामी जित्न सक्दैनौ , हाम्रो सम्पुर्ण जिवनवृत्ती यौन कै वरिपरि घुमेको छ तर हामी त्यस्तो साधु वा सन्त लाइ मात्र सम्मान गर्छौं जो यौनवृत्ती बाट टाढा छ , कुनै सन्त लाइ हामिले गर्ने सम्मान को घुमाउरो अर्थ वा कठोर शर्त हो -"स्त्री जाती वा यौन बाट टाढ हुनुपर्छ है ! नत्र खैरिएत छैन।" - - - "म पनि यौन लम्पट अनि तपाई सन्त पनि यौन लम्पट हुने हो भने किन सम्मान गर्ने फजुल मा ?? " यस्तो कठोर शर्त मा हामिले सम्मान गरेको सन्त वा साधु को वारे यौन को वारे सानो मात्र चर्चा वाहिर आयो भने हामी ढुंगा फ्याँक्न वा निन्दा गर्न तयार हुन्छौं र भन्छौं थुइक्क........मानौं कि हामी व्रम्हाचार्य को उपलब्ध मनुवा हौं!!! योग , तप र साधना द्धारा कुन्डलिनी जागरण युक्त साधक को यौन क्षमता र उर्जा आम मानिस को भन्दा हजारौं गुणा प्रबल हुन्छ भन्ने तथ्य यो मुर्ख जगत लाइ कसले बुझाइदिने ??? काम उर्जा को रुपान्तरण हुन सक्छ तर मृत्यु हुन सक्दैन यो कसले बुझाइदिने ? तितो तथ्य के हो भने हामिले यस्तो शर्त मा सम्मान गरेका सम्पुर्ण साधु- सन्त को जिवन लाइ नर्क मा सडाएका छौं , साधु - सन्त लाइ थाहा छ यौन माथी विजय प्राप्त गर्न सम्भव छैन तर ढुंगा-मुढा र निन्दा को भय छ ...अनि ढोंग र पाखन्ड मा जिवन वर्वाद गर्न बाध्य छन । आज भारत मा सम्पुर्ण साधुहरु लाइ यौन कान्ड मा मुछेर किन बर्बाद बनाइदै छ ? तिनलाइ यौन आरोप लगाउनेहरु र निन्दा गर्नेहरु यौन बाट कति टाढा छन ? संसार मा यौन मा लिप्तहरु ति साधु मात्र हुन ? आशाराम बापु ले भारत मा ४ ओटा अभियान छेडेका थिए १. छुवाछुत बिरुद्द २. गौहत्या बिरुद्ध ३. हिन्दु छाडेर ईसाइ मा लागेका हरु लाइ घरफिर्ती अभियान जस अन्तर्गत उनले ५० लाख लाइ पुन हिन्दु धर्म मा दिक्षित गरेका थिए ४. स्वदेशी उत्पादन को उपभोग र बहुराष्ट्रिय उत्पादन को बिरोध । विचारक डा.राजिव दिक्षित ले पनि यिनै मुद्धा उठाएका थिए र हत्या भयो , आशाराम लाइ पनि सिध्याउनु थियो - र सजिलो थियो यौन को मुद्धा , हिन्दु धर्म बाट छुवाछूत अलग हुने बित्तिकै हिन्दु धर्म विश्वव्यापी हुन्छ , आलोचना को कुनै ठाउँ बाँकी रहन्न , हिन्दु दर्शन को मुकाविला मा कुनै दर्शन छैन , मिशनरी को खेल समाप्त हुन्छ , प.नारायण पोख्रेल को हत्या को प्रमुख कारण पनि उनको छुवाछूत विरोधी अभियान थियो।केहि आध्यात्म र दर्शन सम्बन्धि आलेख पछि कम्युनिस्ट दर्शन सम्बन्धि एउटा पोस्ट गरेको थिएँ , प्रशस्त इमेल आयो: राजनीति को वारे लेखेको सुहाएन , निष्पक्ष लेखक भनेको त खुंखार काँग्रेस को मतियार पो पर्नुभएछ .. ई. - एक किसिम ले म पनि ढोंगी साधु ले झैं पाखन्ड गर्दै राजनीति को सन्दर्भ मा चुप वसियो - दक्षिण एशिया को राजनीति को वारे राम्रै जानकार छु भन्ने मलाइ लाग्छ र पनि चुप वस्नु पर्दा अप्ठेरो र पिडा हुँदो रहेछ ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment