००

Thursday, 8 February 2018

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author:
Shantiman Shrestha:
रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम्पुर्ण मानव समुदाय प्रती अतुलनिय योगदान दिए र सो को पुरस्कार स्वरुप आजीवन कारवास को सजाय पाए रुसी कम्युनिष्ट शासक स्टालिन द्वारा; तिनै चिजेवस्की को बारे छोटो चर्चा गरौं ।
     स्टालिन ले उनलाई आजीवन जेल मा सडाउनु को कारण थियो कि ~ उनले लामो खोज पछी एउटा नविनतम तथ्य प्रकाश मा ल्याएका थिए र उनले उजागर गरेको अद्भुत तथ्य थियो - संसार मा जती पनि क्रान्ति; आन्दोलन्; बिद्रोह र युद्ध को घटना भए ; ति सबै को प्रत्यक्ष सम्बन्ध सूर्य सँग छ अर्थात सूर्य को विषेश प्रभाव को कारण विश्व मा क्रान्ति; आन्दोलन्; बिद्रोह लगायत को घटना हुन्छ्न । स्टालिन ले उनलाई यही घोषणा को कारण जेल मा सडाए किनकी कम्युनिष्ट दर्शन ले भन्छ संसार मा बर्गिय असमानता को कारण २ वटा बर्ग को निर्माण हुन्छ - पूँजिपती बर्ग र सर्वहारा बर्ग ; पुँजिपती बर्ग को सर्वहारा बर्ग माथी हुने शोषण र दमन को कारण संसार मा क्रान्ति, आन्दोलन र विद्रोह को घटना हरु हुन्छन । यदी चिजेवस्की को घोषणा सही हो भने मार्क्सवादी दर्शन र सम्पुर्ण कम्युनिष्ट आन्दोलन निरर्थक हुनु स्वभाविक हो र कम्युनिष्ट आन्दोलन को लागी गरिएका वा गरिने सबै प्रयास हरु अर्थहिन हुन । स्टालिन ले यस घोषणा लाई पचाउन सकेनन तथा यसको उचित तार्किक खन्डन गर्ने साहस पनि गरेनन फलत उनले चिजेवस्की को लामो खोज को निष्पत्ती लाई दवाइ मार्क्सवादी कम्युनिष्ट दर्शन लाई सही ठहर्याउन उनलाई आजीवन कारावास को कठोर दन्ड दिए ।
     अर्थशास्त्र को एउटा नियम छ ; खोटो सिक्का ले असलि सिक्का लाई बजार बाट बिस्थापन गर्छ । यहाँ यो नियम ठ्याक्कै लागू हुन्छ र खोटो बिचार ले यथार्थ परक गहन बिचार लाई पराजित गरेको छ । चिजेवस्की को खोज को तथ्य लाई बुझ्न अलि गहिराइ मा पुग्नु पर्ने हुन्छ । उनि खोज गर्दै जाँदा पूर्बिय दर्शन र वैदिक ज्योतिष को आधारभुत मान्यता को नजिक आइपुगेका छन ।
     उनको खोज को अनुसार यस पृथ्वी मा एउटा कुनै पनि यस्तो घटना घट्न सक्दैन जुन सुर्य मा घटना नभै घटित होस । जब सुर्य ग्रहण लाग्छ्; सुर्य ग्रहण शुरु हुनु भन्दा २४ घन्टा अगाडी नै पृथ्वी मा सारा पंछी हरु गित गाउन बन्द गर्छन्; बाँदर हरु भयभित हुँदै रुख बाट तल ओर्लन्छन ; सबै बाँदर हरु एउटै झुन्ड बनाएर बस्छ्न र आश्चर्य को कुरा हर समय शोरगुल र चक चक गर्ने बाँदर हरु सुर्य ग्रहण को अबधि मा एकदम शान्त भएर बस्छन जती कि साधु सन्त हरु पनि हुँदैनन ।
     १९२० मा रुस का वैज्ञानिक चिजेवस्की ले यस कुरा को खोज गरेर पत्ता लगाए कि हरेक ११-१२ वर्ष मा सुर्य मा जव निकै ठुलो विस्फोट हुन्छ तब पृथ्वी मा ठुलो क्रान्ती , आन्दोलन ; युद्ध वा महामारी हुन्छ । उनले पृथ्वी र सुर्य को ७०० वर्ष को लामो इतिहास खोतल्दै यती गहन वैज्ञानिक विश्लेषण गरेर यस्तो तथ्य प्रमाणित गरे कि जब जब सुर्य मा कुनै दुर्घटना हुन्छ - पृथ्वी मा पनि दुर्घटना हुन्छ ।
     उनलाई १९२० मा स्टालिन ले साइबेरिया को जेल मा पठाए । स्टालिन को मृत्यु पश्चात निकिता खुस्च्रेव सत्ता मा आए पछी मात्र उनि जेलमुक्त भए । यस धर्ती कै अदभुत प्रतिभा का धनी चिजेवस्की को वहुमुल्य ५० वर्ष को अवधी साइवेरिया को जेल मा सड्यो र यो मानव जगत कै लागी अपुरणिय क्षती थियो । जेल मुक्त भए पस्चात उनि जम्मा ६ महिना जिवित रहे तर यस ६ महिना को छोटो अवधी मा पनि उनले पृथ्वी मा सुर्य को विकिरण को प्रभाव को वारे अमुल्य खोज गरे । उनको अनुसार प्रत्यक १० वा ११ वर्ष मा सुर्य मा उर्जाको बिष्फोट हुन्छ र यो बिष्फोट बाट पैदा हुने तरंग को प्रभाव मा यो पृथ्वी को सम्पुर्ण प्राणी, रुख बिरुवा र तत्वहरु पर्दछन ।उनले यो पृथ्वी मा ७०० वर्ष को अबधी मा घटेका ठुला घटना संग सुर्य को गतिविधि को तुलना गर्दै यो तथ्य पनि सार्वजनिक गरे कि पृथ्वी मा हुने विभिन्न प्राकृतिक विपत्ती जस्तै भुकम्प , समुन्द्री आँधी , बाढी पहिरो को सिधा सम्बन्ध सुर्य मा हुने परिवर्तन सँग प्रत्यक्ष सम्बन्धित छ ।
     प्रत्यक १० वा ११ वर्ष मा विश्व मा भुकम्प जाने गर्छ , समुन्द्र मा आँधी तुफान आउँछ , हिंसा र आन्दोलन को घटना हुन्छ , महामारी फैलन्छ । नेपाल कै सन्दर्भ मा ९७ साल , ०७ साल , १७ साल , २७ साल , ३७ साल , ४७ साल ,५७ साल र ६७ साल मा १०-१० वर्ष को अन्तर मा भएका घटनाहरुले यस कुराको संकेत गर्छ । बुढापाका को एउटा थेगो छ १२ वर्ष मा खोला फर्कन्छ , आधुनिक ठान्नेहरु ले यो थेगो लाइ रुढीबादी सोंच ठान्न सक्छन तर यो पुस्ता दरपुस्ता देखि को अनुभव को निष्पत्ती हो , ९० वर्ष बाँचेको एक बुढा ले आफ्नो जिवनकाल मा ९ ओटा दशक आफ्नो वरिपरी को खोला-नदि को अवस्था व्यहोरेका हुन्छन यहि अनुभव को परिणाम हो "१२ वर्ष मा खोला फर्कन्छ।" भन्ने थेगो।
     चिजेवस्की को खोज अनुसार प्रत्यक १०-११ वर्ष को एउटा पिरियोडिक साईकल छ , अर्को साइकल प्रत्यक ९० वर्ष को छ , यसको प्रभाव अझ ठुलो हुन्छ जस्तो प्रत्यक १० वर्ष मा आउने भुकम्प को शक्ती भन्दा प्रत्यक ९० वर्ष मा आउने भुकम्प को शक्ती ठुलो हुन्छ र दश-दश वर्ष को अन्तराल मा आउने बाढी भन्दा नेब्बे-नब्बे वर्षको अनतराल मा आउने बाढी ठुलो हुन्छ । अर्को साइकल प्रत्यक २६० वर्षको अन्तराल मा छ भने अर्को साइकल प्रत्यक ५०० वर्ष को अन्तराल मा छ , प्रत्यक ५०० वर्ष मा सुर्य मा भयंकर बिष्फोट हुन्छ र त्यो सँग सँगै धर्ती मा भयंकर ठुलो भुकम्प , ज्वालामुखी , सुनामी , बाढी , महामारी रोग , ठुलो आन्दोलन , क्रान्ती , हिंसा को घटना हुन्छ। यि पिरियोडिक साईकल को स्वभाव यस्तो छ जस्तो :विहान सवेरै झिसमिसे उज्यालो हुन्छ र बिस्तारै उज्यालो को मात्रा बढ्दै गएर मध्यदिन मा चरम मा पुग्छ र बिस्तारै उज्यालो को मात्रा घट्दै जान्छ ,मध्यरात मा यो चरम मा पुग्छ र घनघोर अन्धकार छाउँछ र फेरि उज्यालो को मात्रा बढ्दै जान्छ । यो विशेषता धर्ती को सबै चिज मा लागु हुन्छ । हिन्दु दर्शन , संस्कृती , परम्परा , चाडबाड र चालचलन लाइ ठिक ढंग ले बुझ्न यो तथ्यलाइ मनन गर्नुपर्ने हुन्छ।
     प्रत्यक १० वर्ष मा धर्ती मा गर्मी अधिक चढ्छ , यो होइन कि अकस्मात गर्मी हुन्छ यसको क्रमागत प्रक्रिया छ जस्तो: एउटा बच्चा जन्मन्छ , बचपन , युवावस्था , प्रौढ हुँदै बृद्धअबस्था को चरम मा पुग्छ ,बच्चा युवावस्था पार नगरी अकस्मात बृद्ध हुँदैन । प्रत्यक वर्ष गर्मी बढ्दै जान्छ यो चरम मा पुग्छ र घट्दै जान्छ र चरम मा पुग्छ अनि फेरि बढ्दै जान्छ । जाडो को पनि यहि हो ।
फेरोद, सुर्य र नाइल नदि:

     ३ हजार वर्ष अघि ईजिप्ट मा एक सम्राट थिए ,"फेरोद" - फेरोद को अर्थ हुन्छ "सुर्य" ,उनमा सुर्य प्रती अति लगाव थियो यसर्थ आफ्नो नाम राखे "फेरोद" , उनले आफ्नो कार्यकाल मा एउटा अदभुत र अनौठो पद्धती को शुरुवात गरेका थिए जुन पद्धाती हाल सम्म जारी छ। उनले नाइल नदि को बहाब गति र गहिराइ को दैनिक नाप गर्ने पद्धती बसाले र साथै सुर्य को दैनिक गतिविधी र ताप को तथ्य अभिलेख पद्धती पनि बसाले। पुरै दुनिया मा नाइल मात्र एक्लो यस्तो नदि हो जसको बहाब गति र गहिराइ को दैनिक रेकर्ड ३ हजार बर्ष देखिको उपलब्ध छ र अहिले पनि यो रेकर्ड दैनिक राखिन्छ।
     नाइल नदि को यो रेकर्ड ले जिवन र अस्तित्व को धेरै रहस्य को उदघाटन गर्छ । चिजेवस्की ले खोज गरेको तथ्य यहाँ जोडिन्छ , अभिलेख को रेकर्ड अनुसार प्रत्यक १० वर्ष मा नाइल नदि मा ठुलो बाढी आउछ , यसको गहिराइ अधिक हुन्छ , प्रत्यक ९० वर्ष मा अझै ठुलो बाढी आउँछ , प्रत्यक लगभग २५०-६० वर्ष मा अझ ठुलो बाढी आउँछ र प्रत्यक ५०० वर्षमा अझ ठुलो बाढी आउँछ र विस्तारै पानी को सतह र बहाब घट्दै जान्छ । यसको साथसाथै अन्य घटना हरु घटछन जस्तो महामारी , विद्रोह ,आन्दोलन , हिंसा ईत्यादी ।
Tree ring research center को खोज :

     एउटा अमेरिकी बैज्ञानिक संस्था छ "Tree ring research center" , यो संस्था ले ६० वर्ष देखि रुख को रिंग को अध्यन गरेको छ । यो संस्था को अध्यन को निष्पत्ती पनि अदभुत छ । हामी ले रुख काटदा रुख मा चक्रहरु हुन्छन, यि चक्र को संख्या बाट यो रुख को आयु थाहा लाग्छ किनकी रुखले प्रत्यक वर्ष एउटा चक्र सिर्जना गर्छ । ५०० चक्र को अर्थ ५०० वर्षको रुख। रुख को चक्र को अध्ययन को निष्कर्ष पनि चिजेवश्की को खोज र नाइल नदि को अध्ययन संग ठ्याक्कै मिल्छ । अध्यन अनुसार एउटा रुख १ हजार वर्षको छ भने पुरै १ हजार वर्ष को हावापानी पत्ता लाग्छ किनकी रुख ले जति गर्मी भयो त्यती बाक्लो बोक्रा सिर्जना गर्छ आफुलाइ बचाउन र बोक्रा को बाक्लोपन अनुसार नै चक्र को बाक्लो पनि हुन्छ। प्रत्यक ११ औं चक्र बाक्लो हुन्छ , पहिलो भन्दा दोस्रो बाक्लो , दोस्रो भन्दा तेस्रो ....यसरी नै ११ औं चक्र पछि बाक्लोपन घट्दै जान्छ र अन्तिम बिन्दु मा पुगेपछि फेरि बढ्छ। प्रत्यक ९० औँ चक्र ११ औं भन्दा अधिक बाक्लो हुन्छ ....यसरी नै नाइल नदिको बहाब र गहिराइ को अनुपात मा रुख का यि चक्र को बाक्लोपन बढ्दै जान्छ फेरि घट्दै जान्छ।
टोमाटा को रगत संबंधी अध्यन

     जापान का एक बैज्ञानिक थिए टोमाटा जसले ३० वर्ष सम्म मानिस को रगत को अध्यन गरेका थिए। उनको यो अध्यन को निष्कर्ष पनि गजब को छ। उनको खोज अनुसार सामान्यत मनुष्य को रगत बाक्लो हुन्छ तर दुइ अवस्था मा स्त्री जाती को रगत पातलो हुन्छ १. गर्भावस्था को समय मा २. मासिक धर्म को समय मा , यो अवस्था मा रगत पातलो हुनुको कारण ले मस्तिष्क मा आवश्यक भन्दा बढी रगत को संचार हुन्छ फलस्वरूप स्त्री जातीहरु लाइ यो समय मा इरिटेड हुने , आलश्य हुने ,तनाब हुने , सानो कुरा मा पनि रिस उठने हुन्छ । महिनावारी को अवधी मा महिलाहरु को विकार बाहिर निस्कने प्रकृया हुन्छ , हिन्दु संस्कृती मा महिनावारी वार्ने प्रचलन खास मा यहि कारण हो।
     तर प्रत्यक ११ वर्ष मा यो जगत का सम्पुर्ण मनुष्यजाती को रगत पातलो हुन्छ , यसले धर्ती का सम्पुर्ण मनुष्य जगत प्रभावित हुन्छ शारिरिक र मानसिक रुपले , सम्पुर्ण मनुष्य जाती मा एक किसिम ले वेचैनी , उत्तेजना, मानसिक परिवर्तन , आवेग , तनाव को ज्वार उठ्छ फलस्वरुप बिद्रोह , क्रान्ती , आन्दोलन , हिंसा को रुप लिन्छ , चिजेवस्की को खोज को मान्यता पनि यहि हो।
चन्द्रमा को प्रभाव:

     प्रत्यक ग्रहहरु को आफ्नै गुरुत्वाकर्षण शक्ती छ , हामी पृथ्वी मा भएको ले पृथ्वी को गुरुत्वाकर्षण को प्रभाव बढी हुन्छ तर अन्य ग्रह , उपग्रह तथा ताराहरु को गुरुत्वाकर्षण को प्रभाव बाट पनि हामी बँच्न सक्दैनौ। पृथ्वी बाट चन्द्रमा सबैभन्दा नजिक भएकोले चन्द्रमा को गुरुत्वाकर्षण को प्रभाव अधिक हुन्छ। सबैलाई थाहा छ, चन्द्रमा को गुरुत्वाकर्षण को प्रभाव को कारण समुन्द्र मा ज्वार भाटा आउँछ किनकी चन्द्रमा को गुरुत्वाकर्षण शक्ती ले समुन्द्र को पानी लाइ आफु तिर खिच्छ फलस्वरुप समुन्द्र मा ज्वार उठ्छ , चन्द्रमा ले समुन्द्र को पानी आफुतिर आकर्षित गर्छ भने मानव शरिर मा कम्तीमा ८२ प्रतिशत पानी हुन्छ त्यो पानी लाइ चन्द्रमा ले आफु तिर तान्छ कि तान्दैन ???
     प्रत्यक औंशी मा चन्द्रमा पृथ्वी को समिप आउँछ फलस्वरुप पृथ्वी मा चन्द्रमा को प्रभाव अधिक हुन्छ अनि मस्तिष्क मा आवश्यक भन्दा बढी रगत को संचार हुन्छ जसले तनाब बढाउने , आलस्य बढाउने , उत्तेजना बढाउने ई प्रभाव पार्छ । हिन्दु संस्कृती मा औंशिको दिन मारकाट गर्न र मांसाहार लगायत को अन्य तामसिक भोजन गर्न बन्देज छ खास कारण यहि हो , उत्तेजना बढने दिन मा उत्तेजना र आवेग बढाउने भोजन उचित हुँदैन । अर्को कुरा: बुढापाका हरु कोहि पागल भयो भने औंशी लाग्यो भन्छन वा कोहि पागल छन छिमेक मा भने अब औंशी लाग्न थाल्यो उसलाइ चाप्छ , बैज्ञानिक तथ्य थाहा नभए पनी बुढापाका को यो पुस्तौंदेखी को अनुभव हो । तथ्य के हो भने औंशी को अबधी मा सामान्य मानसिक स्थिती भएको मानिस केहि पागल हुन्छ , जुन सुक्ष्म हुन्छ , भेउ पाउन कठिन हुन्छ , पागलहरु झन बढी पागल हुन्छन र उ नियन्त्रण भन्दा बाहिर हुन्छ। प्रत्यक ११ औं वर्ष को औंशी अझ बढी प्रभाबशाली हुन्छ र ९० औं वर्ष को औंशी त्यो भन्दा प्रभावशाली र त्यसपछि को अन्य चक्र को औंशी अझ बलशाली हुँदै जान्छ र एउटा चरम बिन्दु मा पुगेर ओरालो लाग्छ। टोमाटा ले मनुष्य रक्तको सिधा सम्बन्ध चन्द्रमा सँग छ भन्ने तथ्य पत्ता लगाएका थिए ।
औंसी को दिन र ताल को माछा:

     एक अध्यन अनुसार औंसी को दिन ताल वा समुन्द्र का माछा हरु किनारा मा आउँछन , बैज्ञानिक हरुले जान्न चाहे कि माछाहरु चन्द्रमा को आकार वा प्रकृती देखेर औंशी को अबधी चाल पाउँछन र किनारा मा आउँछन कि माछा को चन्द्रमा सँग अदृश्य सम्बन्ध को कारण ??? बैज्ञानिक हरुले यो तथ्य पत्ता लगाउन एउटा विशाल कृत्रिम ताल बनाए ठुलो भवन भित्र , शक्तीशाली बिधुतिय उर्जा द्दारा सुर्य र चन्द्रमा ले जस्तै प्रकाश दिने व्यवस्था गरियो।दिन र रात को अनुभुती दिन स्वचालित यन्त्र तयार गरियो र आवश्यक तापक्रम को पनि व्यवस्था गरियो । त्यो कृत्रिम ताल मा माछाहरु राखियो , अब माछाले वास्तविक चन्द्रमा देख्ने स्थिती थिएन । बैज्ञानिक हरु तब चकित परे जब औँशी को रात माछाहरु ताल को किनारा मा जम्मा भए । बैज्ञानिकहरु ले निष्कर्ष निकाले माछा र चन्द्रमा बिच सिधा रुपले अदृश्य सम्बन्ध छ।
     माछा मात्र होइन अन्य सबै प्राणी को अस्तित्व संग सिधा सम्बन्ध छ, भुकम्प को पुर्वानुमान मनुष्य जाती लाइ छोडेर पुरै प्राणिलाइ हुन्छ , भुकम्प अघि नै सर्प आफ्नो वासस्थान बाट निस्किएर एकठाउँमा डल्ला पर्छन , कमिला दुलो बाट ताँती लगाएर निस्कन्छ , चराहरु रुखहरु छोडेर निस्कन्छन , कुकुरहरु भुक्छन , हात्ती भयभित भै दौडन थाल्छ । जापान मा एकजाती को चरा छ, त्यो चरा ले गाउँ खाली गरेपछि गाउँको वासिन्दा ले चाल पाउँछन अबको ठिक छ महिना पछि भुकम्प आउँछ , अर्थात छ महिना अघि नै ति चराले भुकम्प को पुर्वानुमान लगाउँछन। अति चेतनशिल मानिएको मनुष्य ले भुकम्प को पुर्वानुमान लगाउन बनाएको सिस्मोग्राफ ले १० सेकेन्ड अघि पनि पत्ता लगाउन सक्दैन। यसको खास कारण हो , अन्य प्राणीहरु अस्तित्व प्रती एकात्मक छन , प्रकृती सँग को सामिप्यता छ तर मनुष्य जाती ले समय को कालखण्ड सँगै प्रकृती सँग को तालमेल र एकात्मकता गुमायो ।
     हिंसा बाघ ले पनि गर्छ मन्छे ले पनि गर्छ तर बाघ ले गर्ने हिंसा प्रकृती अनुकुल छ , मन्छेले गर्ने हिंसा प्रकृती विपरित छ । बाघ ले रमाइलो को लागी , मनोरंजन को लागी वा बदला को भाव ले हिंसा गर्दैन आफ्नो जिवन वचाउन को लागी गर्छ , बाघ ले मासु खानु प्रकृती को अनुकुल र नियम अनुसार हो किनकी घाँस खाएर बाघ बाँच्न सक्दैन , बाघ को आन्द्रा एकदम छोटो हुन्छ , त्यसैले छाती भन्दा पेट सानो हुन्छ, त्यती सानो आन्द्रा मा घाँस भरेर बाघलाइ चाहिने क्यालोरी , भिटामिन , प्रोटिन ई. पुग्दैन , मासुमा घाँस मा भन्दा कैयौं गुणा प्रोटिन हरु हुन्छ र थोरै खाए पनि उसको आवश्यकता पुर्ती हुन्छ । बाघ ले मन्छेले जस्तै प्राणी मारेर छोड्दैन , या त मारेर खान्छ या त हिंसा नै गर्दैन ।
     हिटलर ले ८० लाख युहुदी को हत्या गरे , स्टालिन ले करोडौं को हत्या गरे , माओ ले पनि करोडौं को हत्या गरे , त्यस्तै पोलपोट , तैमुर लंग ले गरे हामी कुनै पनि प्राणी चाहे जतिसुकै हिंस्रक होस, बाट यस्तो कल्पना गर्न सक्दैनौ।
मनुष्य र मांसाहार:

     मन्छे ले मासु खानु प्रकृती को पुर्णतया विपरित हो किनकी प्रकृती ले मान्छेलाइ शाकाहारी बनाएको छ । मांसाहारी प्राणी र शाकाहारी प्राणी बिचको केहि उल्लेखनिय भेदहरु छन । जस्तै:- १. मांसाहारी प्राणी को पेट सानो र छाती पेट भन्दा ठुलो हुन्छ जस्तै : बाघ , सिंह , कुकुर , बिरालो , श्याल , हुँडार ; किनकी मांसाहारी प्राणी को आन्द्रा निकै छोटो हुन्छ तर शाकाहारी प्राणी को पेट छाती भन्दा ठुलो हुन्छ किनकी आन्द्रा धेरै लामो हुन्छ , आफुलाइ आवश्यक भोजन को लागी अधिक स्पेस चाहिन्छ जस्तै: भैंसी , गाइ , गोरु , बाख्रा , घोंडा , खरायो , हात्ति ई. २. मांसाहारी प्राणी को नङ र दाँत तिखो हुन्छ आफुलाइ आवश्यक आहारा को लागी अन्य प्राणी को शिकार गर्न को लागी । जस्तै बाघ, भालु , सिंह , कुकुर , बिरालो ; तर शाकाहारी प्राणीको नङ र दाँत बोदो तथा नरम हुन्छ जस्तै गाइ , भैंसी , बाख्रा इत्यादी । पेट को आकार र दाँत तथा नङ को प्रकृती अनुसार मन्छे शुद्ध शाकाहारी प्राणी हो , मन्छे को आन्द्रा लामो हुन्छ , भिजिटेबल खाएर नै मन्छे बाँच्न सक्छ तर बाघ तथा सिंह लाइ कठिनाइ हुन्छ।
     यो जगत को सम्पुर्ण चिज हरु चक्रिय छ , समय बक्रिय रेखामा दौडन्छ यो नै सनातन हिन्दु दर्शन को मुल सार हो जसलाइ नबुझी हिन्दु दर्शन , हिन्दु संस्कृती , परम्परा र रितिरिवाज लाइ बुझ्न कठिन हुन्छ , यहि तथ्य नबुझ्ने कथित आधुनिक हरु , प्रगतिशील हरु तथा बिधर्मी उल्लूहरु हिन्दु परम्परा का कतिपय आयामहरु को खिल्लि उडाउँछन । जगत को सबै चिज गोल छ , डिक्सनरी पल्टाएर शब्दहरु हेरौँ , मनुष्य को अर्थ डिक्सनरी मा हेरौं - मानव, अनि मानव को अर्थ हेरौं: मनुष्य । मानव को अर्थ मनुष्य ; मनुष्य को अर्थ मानव। आधुनिक ज्यामितिय शास्त्र ले पनि मान्छ यो धर्ती मा सिधा रेखा भन्ने नै हुँदैन , सिधा रेखा केवल कल्पना हो , केवल मान्यता हो किनकी यो पृथ्वी नै गोलो छ भने यो पृथ्वी मा खिचिएको रेखा कसरि सिधा हुन्छ ??? मानिलिउँ हामिले जमिन मा एउटा सिधा रेखा खिच्यौं , अब यो रेखा सिधा हो कि गोलो हो ??? पृथ्वी त गोलो छ !!! प्रख्यात ज्यामितिज्ञ युक्लिड भन्छन , हरेक सिधा रेखा एउटा ठुलो गोलो रेखा को एउटा अंश हो , त्यस्तै पृथ्वी माथी कोरिएको सिधा रेखा पनि पृथ्वी को व्यास को गोलो रेखा को एउटा अंश हो ।
     यस सन्दर्भ मा हाम्रा प्राचिन ॠषि महर्षी हरु को खोज निकै गहन छन, माथि उल्लेखित बैज्ञानिक अनुसन्धान को निष्पत्ती केवल हाम्रो ॠषि मुनि हरुको रहश्यमय खोज र चिन्तन लाइ प्रष्ट्याउने सहायक तत्व हुन । पृथ्वी , सुर्य , चन्द्रमा , ताराहरु मात्र गोलो र तिनका गति बकृय छैन , प्रत्यक एटम को एलेक्ट्रोन को गति पनि बक्रिय छ । हाम्रो मन पनि बक्रिय , जिवन पनि बक्रिय छ । अहिले मनोबैज्ञानिक हरु भन्छन यदि कसैले दैनिक रुपले मन मा उब्जेका बिचार हरु डायरी मा नोट गरेर राख्यो २० वर्ष र यि नोट को गहन अध्यन गर्यो भने अचम्म को परिणाम निस्कन्छ । एउटा निश्चित समय मा तनाब को अनुभुती हुन्छ , अर्को निश्चित समय मा सुख को अनुभुती हुन्छ । रुख को चक्र को जस्तो चक्रिय स्वभाव ठ्याक्कै मन को पनि हुन्छ । यो रहश्य प्रती जागरुक भएमा व्यक्ती यकिन हुन सक्छ कि अब फलाना दिन मलाइ क्रोध को आवेग चढ्छ , फलाना दिन तनाब को स्थिती पैदा हुन्छ , फलाना दिन खुशी को महशुस हुन्छ । हाम्रो बुढापाका हरु मा अझै पनि साइत हेरेर हिंडने वा कुनै शुभ कार्यको थालनी गर्ने प्रचलन छ , बास्तवमा यो पनि मन को चक्रिय स्वभाव मा आधारित छ भलै हामी यसको बैज्ञानिक पक्ष लाइ बुझ्दैनौ। रहश्यदर्शी हरु भन्छन , अस्तित्व र मन को यो स्वभाव को बारे जागरुक भएमा ब्यक्ति ठुला दुर्घटना बाट बच्न सक्छन । पुर्व का धर्म हरु जगतको सम्पुर्ण चिज हरु चक्रिय छ भन्ने रहश्यमय तथ्य प्रती जागरुक भएकै ले पुर्वका धर्म हरु पुनर्जन्म को सिद्धान्त मान्दछन भने पश्चिम का धर्म हरु ईसाइ , ईस्लाम र यहुदी यो तथ्य प्रती जागरुक नभएकै ले उनिहरु केवल एक जन्म को सिद्धान्त मान्दछन , एकजन्म को सिद्धान्त मान्ने भएकैले पश्चिम का धर्म हरुले आफ्नो लाश लाइ गाडछन भने पुर्वका धर्म हरु ले पुनर्जन्म को सिद्धान्त मान्ने भएकैले आफ्नो लाशलाइ जलाउछन र मृत्यु पश्चात पनि अनेक बिधी बिधान र संस्कार पुरा गर्छन ताकी मृतक को चेतना र शरिर बिच को सम्बन्ध पुर्णतया टुटोस र चेतना वा आत्मा ले अर्को उचित शरिर पाओस र आत्मा उचित शरिर को खोजी को लागी नभटकियोस ।

सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

विचार जगत

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts