००

Monday, 12 March 2018

सनातन हिंदू धर्ममा गाईको महत्वको रहष्य़


लेखक:
प्रवीण अधिकारी:
हिन्दू धर्मको वृहद अवधारणा भित्र कुनैपनि व्यक्तिको निजि जीवनमा ४ वटी आमाहरुको अस्तित्व स्वीकारिएको हुन्छ -
१. जन्मदिने माता,
२. गौ माता,
३. भू माता , र
४. जगतमाता - परमेश्वरी ।
    यी वसुन्धरा ( पृथ्वी ) सम्पूर्ण मानव इतिहासकि जननि हुन् । मानवताकि जननि हुन् ।यीनै बसुन्धरालाइ धारण गर्ने ,पोषण गर्ने भएकिले गाई नदीमा भागिरथी गंगा सरह , देवमा भगवान विष्णु सरह , देवीहरुमा भगवती सरह , नक्षत्रहरुमा बृहस्पति , ऋषिहरुमा अगस्त्य-ऋषि मानिएकोले हिन्दू धर्म भित्रको पशु परम्परामा गाईको स्थान उच्च रहन पुगेको हो । गाई पशुको जडताबाट मातृत्वको उच्चतम बिन्दूमा पुग्नु पर्ने कारणमा उनले संरक्षण गरेको गुणहरुको कारणले गर्दा इनले मानव मात्रलाई दिएको ५ पदार्थहरु दूध, दही, घ्यू ,गउत र गोबर पवित्र, गुणकारी एवं अमृत समान मानिएको छ ।
     नेपाली समाजले गाई दूध , ईन्धन र कम्पोष्ट मलकालागि पाल्ने गर्छ । यसका वहरहरु खेति किसानीमा प्रयोग हुन्छ । गाईलाई नेपालको राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने कारणको पछाडि , यो हाम्रालागि लक्ष्मीको स्वरुपमा , आयुर्वेद्का लागि औषधि स्वरुपमा , धार्मिकताको लागि गाईको गोमूत्र ,गोबर ,दूध ,दही र घ्यूले अपवित्रता नास हुन्छ भन्ने तर्क महत्वपूर्ण रहन पुगेको छ ।
आजको विज्ञानले गऊँत सेवनले मानिसका विभिन्न रोगहरू निको हुन्छ भनि त्यसलाई औषधिको श्रेणीमा राखेको छ ।भारतको गुजरातको जूनागढ कृषि विश्वविद्यालयका प्राध्यापक डाक्टर बि ए गोलकियाले गौमूत्रमा सुन भेटिएको कुरो बताएका छन । उनले आफ्नो ४ वर्षे शोधमा ३ सय भन्दा बढि गाईको मूत्र परीक्षण गरेर १ लिटर गऊँतमा ३ देखि १० मिलिग्रामसम्म सुन निकाल्न सकिने बताएका छन ।टाइम्स अफ इण्डियामा छापिएको खबर अनुसार शोधकर्ताहरुले क्रोम्याटोग्राफी मास स्पेक्ट्रोमी विधिको प्रयोगगरि गौमुत्रको परीक्षण गरेको बताईएको छ ।यसवाहेक गौमूत्रमा ३ सय ८८ प्रकारका औषधीतत्वहरु फेला परेको बताइएको छ । ती तत्वहरु मानिसको शरीरमा लाग्ने विभिन्न खाले रोग निकोपार्न मद्दतिलो छ भंनेकुरो बताईएको छ ।

     हाम्रा कुनैपनि धार्मीक कार्यक्रम पंचगव्य नछर्कि पवित्र भएको मानिन्न । आजको विज्ञानले गऊँत सेवनले मानिसका विभिन्न रोगहरू निको हुन्छ भनि त्यसलाई औषधिको श्रेणीमा राखेको छ । भारतको गुजरातको जूनागढ कृषि विश्वविद्यालयका प्राध्यापक डाक्टर बि ए गोलकियाले गौमूत्रमा सुन भेटिएको कुरो बताएका छन । उनले आफ्नो ४ वर्षे शोधमा ३ सय भन्दा बढि गाईको मूत्र परीक्षण गरेर १ लिटर गऊँतमा ३ देखि १० मिलिग्रामसम्म सुन निकाल्न सकिने बताएका छन । टाइम्स अफ इण्डियामा छापिएको खबर अनुसार शोधकर्ताहरुले क्रोम्याटोग्राफी मास स्पेक्ट्रोमी विधिको प्रयोगगरि गौमुत्रको परीक्षण गरेको बताईएको छ । यसवाहेक गौमूत्रमा ३ सय ८८ प्रकारका औषधीतत्वहरु फेला परेको बताइएको छ । ती तत्वहरु मानिसको शरीरमा लाग्ने विभिन्न खाले रोग निकोपार्न मद्दतिलो छ भंनेकुरो बताईएको छ ।
गाईको शास्त्रीय व्यख्या :

     ऋग्वेदको प्रथम मण्डलमा उल्लेख गरीए अनुसार अग्नि ऋषिको अन्तः ष्करणमा परमेश्वर गौमाता भएर उदाउन पुग्दा यस्तो मन्त्र लेखिएको देखिन्छ: -
माता रूद्राणाम् दुहिता वसुनाम
स्वसादित्यानाम मृतस्य नाभिः |
प्रनुवोचं चिकितुषे जनायः मा
गामनागामदितिम् वधिष्ट ||

     गाई रूद्रहरुकी आमा , वसुदेव अर्थात अष्ट वसुहरुकी छोरी ,१२ आदित्यहरुकी वहिनी ,तथा घ्यू रुपी अमृत कि केन्द्र हुन् । ११ रूद्र, ८ वसु ,१२ आदित्य, विभिन्न यज्ञरूपी प्रजापति ,मेघरूपी ईन्द्र सहित सबै ३३ किसिमका देवी देउताहरु गाईकै शरीरमा बसेका हुन्छन ।
    गाईको गोवर मै लक्ष्मीको वास भएको जनाइएको छ । गाई हाम्रो संस्कृतिकी प्राण रहेकी हुँदा गंगा, गायत्री, गीता, गोवर्धन र गोविन्द सरह पूज्य हुन पुगेकी हुन । महाभारत अनुशासनपर्व-०८६ अध्यायले गाईको महिमा बताउंदै भनेको छ - " तेजसा वपुषा चैव गावो वह्निसमा भुवि। गावो हि सुमहत्तेजः प्राणिनां च सुखप्रदाः।।निविष्टं गोकुलं यत्र श्वासं मुञ्चति निर्भयम्। विराजयति तं देशं पापं चास्यापकर्षति।। गावः स्वर्गस्य सोपानं गावः स्वर्गेऽपि पूजिताः। गावः कामदुहोदेव्यो नान्यत्किञ्चित्परं स्मृतम्।। "
त्यसैले भनिएको छ - " मातरःसर्वभूतानां गावः " अर्थात समस्त प्राणिहरुकालागि ती आमा समान छिन । भविष्य पुराण, स्कंद पुराण, ब्रह्माण्ड पुराण , महाभारत सबै ग्रन्थले “सर्वे देवाः स्थिता देहेसर्वदेवमयीहि गौः”, अर्थात
गाईको शरीरमा सवै देवी देउताको वास रहेको छ भनेर उल्लेख गरिदिएको छ । अझ पद्यपुराणल त गाईको मुखमा ४ वेदनै रहेको छ भनेको देखिन्छ ।
    पौराणिक कालमा देव र दानव मिलि समुद्र मंथन गरिंदा भेटिएका १४ बटा रत्नहरुमध्ये एउटा रत्न नै कामधेनु गाई रहेकी थिइन् ।
     अथर्ववेद अनुसार - ‘धेनु सदानाम रईनाम’ अर्थात् गाई समृद्धि की मूल श्रोत हुन ।
     गाई हाम्री आस्थाको प्रतिक मात्र होइनन वैज्ञानिक अनुसन्धानकि अक्सिजन लिएर अक्सिजन फ्याल्ने प्रथम प्राणि पनि हुन , त्यसैले त तिनको मल-मूत्रमा समेत औषधीय गुणहरुमात्र रहेका छन ।
दान :

     सुपात्र व्यक्तिलाई दिने प्रक्रियालाई दान भन्ने गरिएको छ । जसलाई चाहिएको छ त्यस्तालाई सहायता गर्नु पनि दान नै हो । आफ्नो अधिकार भएको वस्तुमा अर्काको अधिकार स्थापित गरिदिनु पनि दान हो । यसमा वस्तु विनिमय हुँदैन । दान ३ किसिमको हुन्छ - सात्विक, राजसी र तामसी ।
पवित्र ठाउँमा , उत्तम समयमा उपयुक्त व्यक्तिलाई दिइएको हुन्छ त्यो दान हो तर त्यो व्यक्तिले दातालाई कुनै किसिमको कहिल्यै उपकार गरेको हुनु हुँदैन ,त्यसलाई सात्विक दान भनिन्छ ।
आफुलाई गरिएको उपकारको साटो दिएको दानलाई राजसी दान भनिन्छ ।
अनि अपवित्र ठाउँ ,अनुचित समय र सत्कार विना , अज्ञानता पूर्वक अयोग्य व्यक्तिलाई दिइने दान तामस दान हो ।
     त्यस्तै कायिक, वाचिक र मानसिक भेदलेपनि दानको किसिम छुट्टिन्छ ।
     संकल्पपूर्वक गरिने सूवर्ण, रजत आदि दान - कायिक - दान हो ।
आफ्ना आश्रयमा आइपुगेको भयभित व्यक्तिलाई दिने दान अभय दान - वाचिक - दान हो ।
जप र ध्यान गरेर ईश्वरलाई गरिने अर्पण - मानसिक - दान हो ।
     विद्या दान , भूमि दान , अन्न दान ,कन्या दान ,गौ दान आदि नेपालमा चलेका दानका स्वरुप हुन ।
गौदान :

     गौदान महर्षि याज्ञवल्क्यको विषय वस्तु हो । याज्ञवल्क्य यज्ञ विधाका आविष्कारक हुन ,जो विदेह जनकको दरवारका व्रह्म ज्ञानी ऋषि मानिन्थे । पंच गव्यले संस्कार गरी गाई कै दूध ,दहि,घ्यूद्वारा अर्थात चरुविहिन यज्ञ गरिने त्यस जमानामा त्यै यज्ञविधाको महत्व बुझ्दै नेपालमा गाई दान गर्नु पर्ने चलन बस्न पुगेको हो ( हेर्नोस - ९८ अध्याय , गरुड पुराण ) ।
     त्यसवाहेक महाभारतको अनुसाशन पर्वमा भीष्म पितामहले " नि‍विष्टं गोकुलं यत्र श्वासं मुञ्चति निर्भयम्।
विराजयति तं देशं पापं चास्यापकर्षति।।"

     भनेर गाईको महत्व उजिल्याए । हाम्रो कर्मकांडी पद्धतिमा गाई आमा भनेर दान दिएको होइन गाईले जुन घरमा बसेर सांस फेर्छिंन त्यस ठाउँ वरिपरिका सम्पूर्ण पाप ,अलच्छिनता आफुले तानेर लान्छिंन भनेर हो । शिवपुराण एवं स्कंदपुराण वर्णन हेर्दा गोदान गरिनेका घरमा पुनः यम फर्केर न आउने हुँदा भयमूक्त रहन गाई दान गर्नु पर्नेकुरो उल्लेख गरिएको छ भने जन्म दिने आमा मरेर टुहुरो हुनपुगेको बच्चोले गाईको दूध पायो भने त्यो आमाविनापनि वाच्न सक्छ भनेर गाईलाई आमा भनिएको हो ।
    हाम्रा ग्रन्थहरु अनुसार गाईको जिउमा थुप्रै देवीदेउताको वास हुने भएको र मृतकको दशाह कर्ममा त्यै गाईको दूधमा १२ दिन पिण्ड पकाई प्रेत शरीर निर्माण गरी सपिण्डिकरण कार्य गरिने भएको हुँदा र ती मृत आत्मालाई सम्झिँदै उनलाई दूधको खाँचो नहोओस भन्ने भावना वोकेर गाईदान गरिएको हुन्छ ।
    गाईको शरीरमा भएका देवी देउताहरुको सामिप्यता र सायुज्जता शरीर देहान्त भएर आत्मा भडकिदा पनि त्यो आत्माले ती गाईका शरीरमा भएका देविदेउताहरुको सामिप्यता पाइरहोस भनेरपनि गौ दान गरिएको हो -
" धेनुके त्वं प्रतीक्षास्व यमद्वार महापथे। उतितीर्षुरहं भद्रे वैतरणयै नमोऽस्तुते।। "
सु-पात्रता :

     दान दिईने व्यक्ति सुपात्र हुनु पर्दछ । तपस्वी, वेद र शास्त्रको ज्ञाता , शास्त्राचारी दानदिने उत्तम पात्रहरु हुन । यस्तामा पनि गुरु पहिला मानिन्छन , कारण विद्या, गुण एवं वयकोकारण पात्रता छुट्टिएको हुन्छ । त्यस अर्थमा गुरु पहिलो प्राथमिकतामा पर्दछन र सुपात्र एवं ग्राह्य मानिन्छन ।
    यस बाहेक घरका ज्वाईं (छोरी वा बहिनी ) दानदिने उत्तम पात्र हुन । ब्राह्मणलाई दिने दान षड्गुणित, क्षत्रिय लाई दीने दान त्रिगुणित, वैश्यलाई दिइने दान द्विगुणित एवं शूद्रलाई दिनेदान सामान्य फल दिने मानिएको छ ।
    अन्न बस्त्र दानदिने बुभुक्षित र निर्वस्त्र बस्ने असल पात्रता हो । दान महादान, लघुदान र समान्यदान हुन्छन । दियो ,कलश गणेश पूजा गरी मातृकापूजा , वसोर्धारापूजा , नांदीश्राद्ध र पुण्याहवाचन गर्न भूमि , मंडप, कुंड र वेदीहरु संस्कारदै विधिपूर्वक गरिएको दान उत्तमदान हो ।
गौदान कसलाई ?

ददामीत्येव ब्रूयादनु चैनामभुत्सत। वशां ब्रह्मभ्यो याचद्भ्यस्तत्प्रजावदपत्यवत्‌ ||
अथर्ववेद १२ .४ . १
     गाईदान दिंदा ब्राह्मण वृत्तिद्वारा चल्ने पशु पालकलाई दानदिनु उत्तम हो ।

 सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

विचार जगत

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts