००

Monday, 19 February 2018

हिन्दूधर्म सम्बन्धी केही बिद्वानहरुको भनाई


लेखक:
सुरेन्द्र गौतम:-
विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थालेको थियो । हाम्रो वेद, उपनिषत र गीता जस्तो ग्रन्थहरु लाई विश्वको बिभिन्न भाषा छपाएर वितरण मात्र के गर्न थालेको थियो, त्यसलाई अध्ययन गर्ने अनेक दार्शनिक, बैज्ञानिकहरु त्यसको माधुर्यता, गम्भिरता, रहस्यता बाट अति नै प्रभावित भएर आफ्नो-आफ्नो धारणाहरु भटाभट प्रकाशित गर्न थाले ।
     विश्वमा हिन्दूधर्म बाहेक अन्य कुनै यस्तो धर्म छैन जसलाई विदेशी दार्शनिक तथा वैज्ञानिकहरुले मुक्तकण्ठले प्रसंशा गरेका हुन । त्यो केबल हाम्रो वैदिक सनातन हिन्दू धर्म मात्र हो । किनकी जुन गहन ज्ञान, बिज्ञान र दर्शन हाम्रो वेदादी शास्त्रहरुमा छ त्यो त बिश्वको कुनैपनि धर्मको ग्रन्थमा छैन । ईसाइको बाइबल त कुनै बच्चाको लागी पढ्न तयार गरेको जस्तो देखिन्छ । तर हाम्रो ग्रन्थ त दर्शनको आधार हो, बिज्ञानको जननी हो, ज्ञानको महासमुद्र हो । मलाई थाह भएसम्म हिन्दूधर्मको संस्कृति, ज्ञान, दर्शनको तारिफ गर्ने नोबेल पुरस्कार विजेता पश्चिमेली बिद्धानको संख्या नै १० जना छन । जसको बाणी र परिचय तल उल्लेख गरिन्छ । आउनुहोस हेरौ, हाम्रो भव्य ज्ञान र दर्शनलाई बिद्धानहरुले कसरी बिबेचना गरेका छन ।
     1. पौल डुसन (१८४५-१९१९):- प्रसिद्ध दार्शनिक, जर्मनेली बिद्द्वान, प्राच्यविद्, आर्थर सोपेन्हौरको आफ्नो शिष्य एवं "सोपेन्हावर सोसाइटि" को संस्थापक । उहाँ भन्नुहुन्छ, "बैज्ञानिक मस्तिष्कको आविष्कार जे सुकै होस, तर उपनिषदले प्रतिपादन गरेको अनन्त सत्यमाथी कसैले विवाद गर्न सक्दैन । ज्ञानरुपी बृक्षमा उपनिषद भन्दा सुन्दर पुष्प कही फुलेको छैन, अनी वेदान्त दर्शन भन्दा सुन्दर फल कही फलेको छैन ।"
     2. इमर्सन र उनको "ब्रह्म" नामक कविता:- एक महान अमेरिकि लेखक, निवन्धकार, प्राध्यापक र युनिटेरियन मिनिस्टर र अन्तर्ज्ञानवादि (ट्रान्सेडेन्टलिस्ट) आन्दोलनका अगुवामा गनिएका छन । उहाँ भन्नुहुन्छ, " विपरितताको नियम अनुसार म वेलायतमा प्राच्यविध्याप्रती अप्रतिरोध्य चाख राख्दछु । एउटा तुच्छताले निर्मित समष्टिवादी सभ्यतामा उम्लिरहेको, बिचारलाई घृणा गर्ने अभिमानी र फेसनप्रिय जीवनको निमित्त "पुर्विय भाषा" जस्तो अरु कुनै औषधी छैन । त्यसले अङ्रेजी मर्यादालाई चकित र ब्यर्थ बनाउछ । एकपल्टलाई यसमा कहिल्यै नसुनेको गर्जन छ, कहिल्यै नदेखेको बिजुली छ अनि दिक्काल लाइ पनि तुच्छ पार्ने शक्ती छ । "वारेन हेस्टिङ्ग्स्" ( बृटिस इण्डियाको प्रथम गभर्नर ) जस्ता अङ्रेजलाई भेट्ता मलाई आश्चर्य छैन , जो भारतिय लेखनको भव्य शैली र सोचले प्रभावित थिय, जसले आफ्ना देशवासिको पुर्वाग्रहलाई तुच्छ संझदै तीनिहरुलाई नै गीताको अनुवाद उपहार दिय । "
     "वेदहरुले मलाई पछ्यायिरहन्छन । तीनमा मैले अनन्त अनुकम्पा, अगम्य शक्ती र अविच्छिन्न शान्ती प्राप्त गरेको छु ।” मेरो विशिस्ट दिनहरुको लागी म "भगवदगीता" प्रती ऋणी छु ; मलाई यस्तो लाग्छ त्यहाँ एक साम्राज्यले हामिसित बोल्दै छ -- त्यहाँ कुनै कुरा तुच्छ छैन, अयोग्य छैन; सबै बिशाल, पवित्र र सुसँगतिपुर्ण छ । प्राचिन बौद्धिकताको त्यो बाणी जुन अर्को युगमा र अर्कै परीस्थितिमा चिन्तन गरियको थियो । अनि तीनै प्रश्नहरुको समाधान गरियको थियो जसले आज पनि हामिलाई पच्छ्यायीरहेका छन । "सबै विज्ञान अनुभवावित छ, नत्रभने त्यो समाप्त हुन्छ । आज वनस्पतिविज्ञानले उपयुक्त सिद्धान्त लियको छ; ब्रह्मका अवतारहरु यथाशिघ्र प्राकृतिक इतिहासका पाठ्यक्रम हुनेछन ।"
     "प्रकृतिले मलाई तत्कालाई ब्राह्मण बनाउछिन । आत्माको देहावतरण अर्थत पुनर्जन्म कुनै दन्त्यकथा हैन ।"
     यो माथीको सबै उहाले नै भनेको भनाई हो । त्यस्तै उहाले लेखेको ब्रह्म नामको कविता यसप्रकार छ, (केबल एक अंश मात्रै)
     If the red slayer thinks he slays, Or if the slain think he is slain, They know not well the subtle ways I keep, and pass, and turn again. "यदी रक्तिम हत्याराले मार्छु भनिठान्छ वा हत्या गरिनेले मर्छु भनिठान्छ तीनिहरुलाई सुक्ष्म कुरा राम्ररी थाहा छैन । म हुन्छु, जान्छु र फेरी फर्कन्छु ।" उनको यो कविता गीता र कठोपनिषद बाट प्रेरित छ "न जायते मृयते वा कदाचिन नायं भुत्वा भविता वा न भुय: । अजो नित्य: शाश्वतोयं पुराणि न हन्यते हन्यमाने शरिरे । ।" गीता २ ।२०, कठोपनिषद १ ।२ ।१८ अर्थात, "यो आत्माको न कहिल्यै जन्म हुन्छ न कहिल्यै मृत्यु नै हुन्छ । आत्मा न कहिल्यै जन्मेको थियो, न अहिले जन्मन्छ न भविष्यमा जन्म लेला । यो त अजन्मा, नित्य, शाश्वत र पुरातन छ, शरिर मरे पनि यो मर्दैन ।" र, " यदी मार्नेवालाले आत्मालाई मार्ने बिचार गर्छ र मर्नेवालाले यो आत्मा मर्छ भनेर बुझ्छ, ति दुबैले यो आत्मालाई जान्नै सकेनन, किनकी यो आत्मा न कसैद्धारा मारिन्छ न यसले कसैलाई मार्छ नै ।" कठोपनिषत १ ।२ ।१९ आफै सोच्नुस त साथीहरु, एक जन्मजात ईसाइ जसले हिन्दू धर्मको ग्रन्थ पढेर त्यसबाट प्रभावित भएर एक कविता नै बनाउँछ भने, हाम्रो धर्म कती महान रहेछ त ?
     3. पुर्विय दर्शन र आर्थर सोपेन्हावर (१७८८-१८६०) परिचय :- एक महान जर्मन दार्शनिक एवम स्रष्टा । उनका कृतिले फ्रेडरिक नित्से, रिचार्ड वाग्नर, लुडविग विटगेन्स्टिन, आर्विन श्रोडिङ्गर, अल्बर्ट आइन्स्टाइन, सिग्मण्ड फ्राइड, ओटो र्यान्क, कार्ल युङ, मिहाइल एमेनिस्क्यु जस्ता महान स्रष्टा पनि अत्यन्तै प्रभावित छन । उहाँ भन्नुहुन्छ,
     "सम्पुर्ण बिश्वमा उपनिषद बराबरको कल्याणकारी अनि यती उत्थापक कुनै अध्ययन वा ज्ञान कही कतै छैन । यो मेरो जीवनको सान्त्वना हो र यो मेरो मृत्युको पनि सान्त्वना हुनेछ । उपनिषदहरु उच्च ज्ञानका निष्पदन हुन ।”
     “सम्पुर्ण रुपले वेदको पवित्र आत्माभरी उपनिषदको श्वाश्प्रश्वास चलेको थाहा पायिन्छ । गम्भिरतापुर्वक फारसी ल्याटिन अध्ययन गर्नसक्ने प्रतेक ब्यक्ती त्यस अतुलनिय कृतिमा ब्यापक रुपले डुबेपछी उ त्यही उत्साहले अनुप्राणित भयर कृतिको आत्माको गहिराइ सङ्गँ स्पन्दित हुन्छ ।"
     हरेक रात आफ्नो ओछ्यानमा सुत्न जानुभन्दा अगाडी उहाँ उपनिषत माथी भक्तीभाव जनाउँदै भन्नुहुन्थ्यो “It has been the solace of my life -- it will be the solace of my death." अर्थात, यो उपनिषत मेरो जीवनको सान्त्वना हो र यो मेरो मृत्युको पनि सान्त्वना हुनेछ । (Source: Outlines of Hinduism - By T. M. P.Mahadevan - p.30). उहाँ अझै भन्नुहुन्थ्यो कि “ ईसाइको नशामा हिन्दूहरुको रगत बगेको छ ” ईसाइले जुन कुरा गर्छ त्यो त एसियाले (हिन्दूले) हजारौ बर्ष पहिलेनै झन उच्चरुपले गरिसकेको थियो । (Source: Oriental Enlightenment: The encounter between Asian and Western thought - By J. J. Clarke p.68-69 ).
     He also remarked: "How every line is of such strong, determined, and consistent meaning! And on every page we encounter deep, original, lofty thoughts, while the whole world is suffused with a high and holy seriousness." (Source: cited in German in Upanishaden: Altindische Weisheit (Upanishads: Ancient Indian Wisdom) - By Alfred Hillebrandt (Dussseldorf-Koln, Germany; Diederichs Verlag, 1964 p. 8). "There is no religion or philosophy so sublime and elevating as Vedanta." (वेदान्त जत्तिको परिपूर्ण र उन्नतिको मार्गमा लैजाने दर्शन अन्य कुनै छैन।) (Source: Kumbha Mela - By Jack Hebner and David Osborn p. preface - By Thomas Beaudry).
     4. अल्बर्ट आइन्स्टाइन (बिज्ञानका पिता):- जर्मन-स्विस उत्पतिका एक महान बैज्ञानिक, दार्शनिक एवम चिन्तक । उनको थ्योरी अफ रेलेटिभिटी (सापेक्षताको सिद्धान्त) आधुनिक युगको सर्वाधिक महत्वको उपलब्धी हो । यसैका लागी उनलाई सन १९२१ को भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरियो । उहाँ भन्नुहुन्छ,
     " हामी पुर्वियप्रति (हिन्दू) चिर ऋणी छौ किनकी उनिहरुले हामिलाई गणित सिकाय, त्यसका अभावमा कुनैपनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार गर्न सकिने थियन । "
     5. थोरो (१८१७-१८६२) -- महान अमेरिकि दार्शनिक, लेखक, समाजशास्त्री एवं आध्यात्मिक चिन्तक । उनको ' नागरिक अवज्ञा ' को दर्शनले पछिल्ला समयका राजनितिक विचार एवं कर्मलाई गहिरोगरी प्रभावित गर्योअ । लियो टाल्स्टाय, महात्मा गान्धी र मार्टिन लुथर किङ्ग उनिबाट प्रभावित थिय । उहाँ भन्नुहुन्छ,
     “ भारतका (हिन्दूका) प्राचिन ग्रन्थहरुमा ‘ मानव ’ को अवधारणा सीमाहिन एवम लोकोत्तर छ । त्यो अन्त्यमा पुगेर आफै ‘ परमसत्ताको अस्तित्व ’ मा विलिन हुन्छ ।” "प्रतेक बिहान म आफ्नो विचारशक्तिले भगवदगीताको भव्य र विश्वत्पतिविषयक ब्रह्माण्ड दर्शनमा स्नान गर्दछु । त्यतिखेर यसका तुलनामा आधुनिक जगत र यसको साहित्य अत्यन्तै निरिह र तुच्छ लाग्दछ । वेदको एउटा ऋचा पनि ' म्यासाचुसेट्स् ' राज्यभन्दा अनेकौ गुणा ठुलो हुन्छ ।"
     “ वेदको कुनै अंश पाठ गर्दा मलाई कुनै अपार्थिव र अज्ञात प्रकाशले प्रदिप्त पार्दछ । वेदको महान शिक्षामा कतै पनि साम्प्रदायिकताको कुनै संकेत छैन । यो सबै युग र कालको जलबायु एवम राष्ट्रीयतामा मिल्दछ । यो सर्वोच्च ज्ञान प्राप्तिका निमित्त एउटा राजमार्ग हो । जब म वेदसँग हुन्छु, मलाई बर्खायामको कुनै रातमा असंख्य ताराहरु चम्चमाइरहेको मुन्तिर बसिरहेको अनुभव हुन्छ ।” ................

सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

विचार जगत

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts