००
Tuesday, 6 February 2018
हर्के ,चुरोट र रातो कार
हर्के ले स्टेसन मा बसेर मस्त ले चुरोट तानिरहेको थियो एकै छिन मा धुम्रपान बिरोधी टिसर्ट लगाएकी एक युवती हर्के को नजिक आइन र भनिन : Execuse me !!! म तपाइ लाई केहि कुरा सोध्न सक्छु ?
हर्के : हुन्छ सोध्नु न ।
युवती : तपाइ ले चुरोट तान्न थालेको कती भयो ?
हर्के : त्यस्तै २० वर्ष जती भयो कि!!!
युवती : तपाइ ले २० वर्ष चुरोट नखाइ त्यो पैसा बचत गरेको भए उ त्यो कार (हात को इशारा ले अगाडी रोकिएको रातो कार लाई देखाउँदै ) तपाइको हुन्थ्यो ।
हर्के : तपाइले चुरोट खानु हुन्छ बहिनी ?
युवती : अहँ खान्न !!! अहिले सम्म छोएको नि छैन ।
हर्के : अनि तपाइ सँग कार छ त ?
युवती : अहँ छैन ।
हर्के : हो ! त्यसो भएर धेरै जान्ने भएर अरुलाई उपदेश दिने होइन ; खास मा त्यो रातो कार मेरै हो ।
(युवती लाज ले भुतुक्क हुँदै त्यहाँ बाट बाँकी केहि नभनि हिंडी हर्के पनि एउटा टेम्पो समाएर आफ्नो बाटो ततायो)
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
No comments:
Post a Comment