००
Tuesday, 6 February 2018
भरतपुर निर्वाचन प्रकरण
भरतपुर निर्वाचन प्रकरण मा एमाले जन को रोदन र अक्रोस अझै साम्य भैसकेको छैन ~ समाजिक संजाल मा एमाले नेता र कार्यकर्ता को आक्रोसपुर्ण अभिव्यक्ती यत्रतत्र देख्न पाइन्छ । आफुले राप्रपा सँग गरेको तालमेल लाई चटक्कै विर्सेर काँग्रेस प्रती कटाक्ष गर्दै लेख्दै छन "काँग्रेस र माओवादी एकिकरण गरे हुन्छ" यो निसन्देह हो - भरतपुर मा माओवादी सँग तालमेल गर्ने देउवा को निर्णय काँग्रेस कार्यकर्ता र समर्थक को भावना विपरित थियो र यसको सजाय पनि पाएको छ काँग्रेस ले । ~ तर यो निर्वाचन ले के पनि प्रमाणित गरेको छ भने गठवन्धन धर्म अनुसार को जुन राजनितिक इमान्दारिता काँग्रेस मा छ त्यो एमाले मा छैन । उदाहरण को लागी भरतपुर र काठमान्डौ को निर्वाचन परिणाम लाई लिन सकिन्छ । भरतपुर मा निकै कमजोर रहेको माओवादी उम्मेदवार लाई कार्यकर्ता र समर्थक हरुको तिव्र असन्तुष्टी को वावजुद काँग्रेस ले जितायो ~ तर काठमान्डौ मा एमाले ले मेएर जितेर पनि गठवन्धन सहयोगी राप्रपा का उपमेएर उमेदवार लाई जिताउन सकेन - एक अर्थ मा धोका दियो ।राजनितीमा अहंकार सर्वनाश को कारण बनिदिन्छ ; दोस्रो चरण को निर्वाचन को परिणाम लगभग आइसक्दा के. पि. कमरेड ले उदघोष गरेका थिए ; " अव काठमान्डौ मा खाल्डा-खुल्डी र नेपाल मा काङ्रेस - माओवादी देखिनेछैनन " ~ दोस्रो सम्विधानसभा को निर्वाचन को शिलशिलामा क. प्रचन्ड ले पनि यस्तै अहंकारपुर्ण अभिव्यक्ती दिदै भनेका थिए ," यस निर्वाचन ले काँग्रेस - एमाले को अस्तित्व समाप्त गर्ने छ " ~ आखिर उक्त निर्वाचन परिणाम ले देखाइदियो अस्तित्व को संकट कुन पार्टी लाई आई पर्यो । भरतपुर १९ न. वडा को स्थगित मतदान को सन्दर्भमा मेरो अनुमान थियो ~ मतदाता हरुले मतपत्र च्यात्ने माओवादी लाई सजाए दिनेछन र दिनु पनि पर्छ भन्ने धारणा थियो किनकी यसले देशको स्वभाविक प्रजतान्त्रीक प्रकृयामा एउटा घिनलाग्दो संस्कार बसाल्दै थियो ~ तर जनताले एमाले उम्मेदवार लाई सहानुभुती देखाउने अनुमान विपरित एमाले लाई सजाए दिए ~ यसको सिधा अर्थ हो ~ भरतपुर १९ का मतदाता को नजर मा माओवादी को मतपत्र च्यात्ने कुकर्म भन्दा ठुलो कुकर्म एमाले प्रमुख ओलि को अनावस्यक अहंकार हो । नेपाल को समकालिन राजनिती को जानकार सवैलाई थाहा छ ; जारी निर्वाचन प्रक्रुया मा एमाले हाल को मिती सम्म पहिलो पार्टी हुनु मा एमाले का नेता हरुको क्षमता, विस्वसनियता , यसको संगठन भन्दा बढी जिम्मेदार काँग्रेस प्रमुख देउवा हुन। देउवा ले काँग्रेस कार्यकर्ता हरु को भावना विपरित कतिपय निर्णय हरु गर्दा यो परिणाम आएको छ ~ तर यसैलाई विश्व विजय को रुपमा लिदैं के.पि. कमरेड ले जुन घमन्डपुर्ण अभिव्यक्ती दिए त्यसलाई आमजनताले पचाउन नसकेको स्पष्ट हुन्छ । देशभर कार्यकर्ता र समर्थक को बलियो उपस्थिती छ ; भोट हालिहाल्छ्न भन्ने अहंकारपुर्ण सोंच लिएर काँग्रेस शिर्ष नेतृत्व मनोमानी ढंग ले हिड्दा काँग्रेस ले सजाय पाएको थियो जसको फाइदा स्वभाविक रुपले एमाले लाई भयो ~ तर जारी निर्वाचन प्रकृया मा एमाले को झिनो जित प्रती एमाले नेतृत्व गण मा ठुलो भ्रान्ती रहेको देखिन्छ। निर्वाचन को ४ महिना अगाडी सम्म आफ्नै वलवुता ले काँग्रेस लाई हराएर पहिलो पार्टी बन्न सक्ने दम एमाले सँग थिएन ~ देउवाले सवै वतावरण मिलाईदिए प्रधान मन्त्री हुने हतारो मा । यस निर्वाचन मा दोस्रो पार्टी हुनु पर्ने कारण केलाउदै काँग्रेस नेतृत्व र भरतपुर निर्वाचन को हार को कारण केलाउदै एमाले नेतृत्व ले गतिलो पाठ सिकुन ..... भारत मा ६० वर्ष एकलौटी राज गर्ने काँग्रेस आइ को आज के हालत छ मनन गरुन ; अहंकारपुर्ण सोंच लाई जनताले झाडु चलाउछन , सबै लाई चेतना भया ........!!!!
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
प्रवीण अधिकारी :- जय शम्भो ||| अर्धनरनारीश्वर ========== भनिन्छ सृष्टि निर्माण चरणमा यस ब्रह्माण्डमा रहेको शिवतत्वले आफ्नो शक्ति स्वयंबाट अ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
प्रचन्ड ले छोरा को क्रिया गरेनन उता एमाले नेता सुरेन्द्र पान्डे का अनुसार पिन्ड लडाउनु कम्युनिस्ट सिद्धान्त विपरित हो गरे ....!!! एकजना कम्य...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
कार्ल मार्क्स ले धर्म अफिम हो भन्दै गर्दा उनि कहिल्यै पनि यहुदी धर्म को स्वार्थ विपरित गएनन ,कारण उनि यहुदी थिए , यहुदी धर्म लाइ सदा माया गर...
-
भनिन्छ ; ईश्वर ले सृष्टी को रचना गरिसके पछी जिव र प्राणी हरुको पनि रचना गर्नु भो । ईस्वर यती ले मात्र सन्तुष्ट हुनुभएन र विश्व कै सवै भन्दा ...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
प्रवीण अधिकारी : सच्चा नेपाली हौ भने यी मुखौटोहरु चिनौं | नेपालको सिमाना वेच्ने प्रधानमन्त्रीहरु को को हुन ? हेर्नोस र सत्य तथ्य आफै अनुमा...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
No comments:
Post a Comment