००
Tuesday, 6 February 2018
नेपालका कम्युनिस्टहरु निद्रा मै छन
लाग्छ ; नेपालका कम्युनिस्टहरु निद्रा मै छन , मार्क्सवादी दर्शन पुर्णतः भौतिकवादी दर्शन हो र भौतिकवाद ले भन्छ - पदार्थ नै एकमात्र सत्य हो , तर आधुनिक भौतिक विज्ञानले भन्छ यो जगतमा पदार्थ , ठोस र स्थिर भन्ने चिजको अस्तित्व नै छैन , भौतिकवादी चिन्तन मरेको ३० वर्ष भन्दा बढी भयो - नेपालका कम्युनिस्टहरुले कहिले चाल पाउने हुन ??? हुन त नेपाल का दिग्गज कम्युनिस्ट नेताहरुले नै कहाँ चाल पाएका छन र यिनका अनुयायीहरुले चाल पाउन !!! पुनश्च : काँग्रेस बेठिक को अर्थ कम्युनिस्ट ठिक कदापी हुन सक्दैन तर दुर्भाग्य : भएको यहि छ , एउटा ठाडो टिकावाल काँग्रेस संग चिढिन्छ र कम्युनिस्ट पार्टी अंगाल्छ , अब यिनलाइ कसले बुझाइदिने कि टिका-तिलक Physical (भौतिक) अस्तित्व भए पनि टिका लगाउने पद्धति र रहश्य Non-Physical (अभौतिक) तथ्य मा आधारित छ , टिका मुलत दुइ आँखी भौं बिचको एउटा यस्तो स्थानमा लगाइन्छ जहाँ स्पर्ष गर्दा एउटा खाल्डोको अनुभुती हुन्छ जुन तेस्रो नेत्रको स्थान हो , हाम्रा दुइ नेत्र Physical(भौतिक) हुन यसर्थ यि भौतिक नेत्रले भौतिक कुरा मात्र देख्छ , भौतिक नेत्रले अभौतिक अस्तित्व देख्न सक्दैन तर यो जगतमा भौतिक चिज मात्र छैनन अभौतिक पनि छ्न , सात रंग त हामी देख्न सक्छौं तर Infrared र Altra violet त देख्न सक्दैनौ , नदेख्नुको अर्थ नहुनु त होइन ! हुन त हामी हावा पनि त देख्दैनौ !!! तेस्रो नेत्र Non-Physical eye हो , Non-Physical अस्तित्व देख्न Non-Physical eye नै खुल्न पर्छ भन्ने पुर्विय विज्ञान को खोज हो। टिका पद्दती प्रथमत: हाम्रो दुइ भौतिक नेत्र मात्र होइन अभौतिक वा शुषुप्त रुपमा रहेको तेस्रो नेत्र पनि छ है भन्ने बोध गराउनको लागी हो , दुइ भौतिक नेत्र प्रकृतीले नै जन्मजात खुलाइदिन्छ तर तेस्रो नेत्र खुलाउने वा नखुलाउने विषय व्यक्तीको छनौटको कुरा हो । तेस्रो नेत्र को अभ्यास वा साधना गर्दा तेस्रो नेत्र को स्थानमा चन्दनको टिका लगाएर उक्त स्थान मा सम्पुर्ण उर्जालाइ केन्द्रित गरि अभ्यास गर्ने प्रचलन थियो तर अहिले टिका लगाउनु फेशनको अंग मात्र भएको छ । कम्युनिस्ट दर्शनले चेतना वा आत्माको अस्तित्व लाइ स्विकार गर्दैन न त अभौतिक अस्तित्वलाइ नै , अब केहि ढोंगी ठाडो टिकावालहरु आफुलाइ खारिएको कम्युनिस्ट योद्दा को रुपमा आफुलाइ सगौरव प्रस्तुत गरेको देख्दा मलाइ अलि हजम हुँदैन , यि बिचराहरु न त पक्का कम्युनिस्ट हुन सक्छन न त पक्का धार्मिक ; हिजडाको भुमिकामा जिवन गुमाउछन , म त भन्छु - कि त पक्का कम्युनिस्ट होउ र पुर्णत भौतिकवादी चिन्तन मा आफुलाइ केन्द्रित गर , कि त पक्का आध्यात्मिक होउ र आफुलाइ पुर्णत चेतना को अस्तित्वमा केन्द्रित गर , दुइ ओटा डुङ्गामा पाइला राखेर यात्रा गरेपछी प्राप्त हुने फल चाहिं दुर्घटना नै हो । कसलाइ छलेको ? कसलाइ धोका दिएको ? पाखंड र ढोंग कसको लागी ? ख्याल गर्नुपर्ने अकाट्य तथ्य यो हो कि हामी संसार लाइ ढाँटन वा छल्न सक्छौं तर आफैलाइ कदापी सक्दैनौ र पाखंडको जिवन सवैभन्दा नरकिय जिवन हो ।
अस्तु :
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment