००
Tuesday, 6 February 2018
एलोपैथी चिकित्सा को वास्तविकता
अधिकांस लाइ थाहा नहुन सक्छ जुन तथ्य थाहा भएमा शुद्ध शाकाहारीहरु ले शायद जिब्रो टोक्नेछन , ९०% प्रतिशत भन्दा बढी एलोपेथिक औषधी माँसाहार हो अर्थात अत्याधिक एलोपेथिक औषधी मा मासु वा हड्ढी कुनै न कुनै रुपमा प्रयोग भएको हुन्छ। एलोपैथी चिकित्सा प्रणाली मा प्रचलित एक प्रकार को औषधी हो , "capsules", यसमा प्लास्टिक जस्तो खोल हुन्छ जस भित्र दबाइ राखिएको हुन्छ ,यो हेर्दा ठ्याक्क प्लाष्टिक जस्तो देखिन्छ तर यो प्लाष्टिक होइन , प्लास्टिक गल्न ४०० वर्ष लाग्छ , तर यो क्यापसुल खाएको केहि मिनेट मै पुर्णत गल्छ। क्यापसुल को यो खोल Gelatin ( जिलेटिन ) बाट बनाइन्छ अनि Gelatin के बाट बनाइन्छ त ?? शुद्ध शाकाहारी र गाइ लाइ लक्ष्मी मानेर पुज्ने ब्रम्हाण वा अन्य सनातनिहरुले ध्यानपुर्बक पढ्नुस , Gelatin गाइ - गोरु को ठुलो आन्द्रा बाट बनाइन्छ। क्यापसुल बाहेक एलोपेथी मा अर्को प्रकार को औषधी छ ,Tablets ; यो दुइ प्रकार को हुन्छ, एउटा खस्रो हुन्छ अर्को अलि चिल्लो हुन्छ । खस्रो Tablets हत्केला मा रगटदा सेतो पाउडर जस्तो निस्कन्छ , चिल्लो खाले Tablets को निस्कँदैन । यो चिल्लो खाले Tablets लाइ चिल्लो बनाउन पनि Gelatin कै कोटिङ गरिएको हुन्छ। त्यसोभए के जिलेटिन को कोट नगरिएको खस्रो खाले Tablets राम्रो हो त ??? ओह !!!! यो त झन खतरनाक !!! अनुसन्धान अनुसार जिलेटिन को पोलिस नगरिएको यस्ता Tablets हरु स्वास्थ्य को लागी अति हानिकारक छ। जस्तो : एउटा यस्तो औषधी छ Paracetamol जसको अत्याधिक प्रयोग ले ब्रेन ह्यामरेज गर्ने तथा किडनी खराब गर्ने गर्छ। यस्तै कैयौं औषधीहरु छन जसको अत्याधिक प्रयोग ले क्यान्सर , सुगर , किडनी फैलर , उच्च रक्तचाप लगायत १०० भन्दा बढी रोग साइड इफेक्टको रुपमा पैदा गराउँछ।
अब समस्या आउँछ , जिलेटिन को पोलिस गरिएको औषधी मांसाहार हो त्यहिंमाथी गाइ गोरु को , जिलेटिन को पोलिस नगरिएको औषधी अत्याधिक खतरनाक !!!!! तब के गर्ने त ? अझ विषेशत सनातनिहरुले ? एउटै उपाय छ : आफ्नै प्राचिन पुर्खाहरुले आयुर्वेदिक चिकित्सा पद्दती को रुपमा शुत्रबद्द गरेका स्वास्थ्य रहश्य को मनन गरेर जिवन मा उतार्ने। यस्तैमा आयुर्वेद का ज्ञाता वागभट्ट ले आजभन्दा ३६ सय वर्ष अघि रचना गरेको स्वास्थ्य रहश्य सम्बन्धी ग्रन्थ छ "हृदय शुत्रम" , यस ग्रन्थको प्रमुख १० शुत्रहरु को पालन मात्र गर्दा पनि लगभग ९५% रोगहरु को सम्भावना नै रहँदैन । शुत्रहरु सरल छन , हाम्रो दैनिक जिवनयापन सँग गाँसिएको छ बाधक छ त केबल हाम्रो कथित आधुनिक जिवनशैली र खानपान । वागभट्ट को अनुसार सवैभन्दा ठुलो चिकित्सालय हाम्रो घरको भान्साघर हो । अघिल्लो एउटा पोस्ट मा वागभट्ट को दुइ ओटा शुत्र उल्लेख गरिएको थियो जस्तो : १. आमाशय अत्याधिक सकृय हुने समय मा भोजन गर्ने अर्थात आमाशय जति मात्रामा सकृय अवस्था मा हुन्छ त्यती मात्रा मा भोजन गर्ने । यस अनुसार आमाशय अत्याधिक सकृय हुने समय बिहान सुर्योदय भएको साढे दुइ घन्टा भित्र टन्न भोजन गर्ने , दिउसो अलि कम सकृय हुन्छ यसर्थ विहान को भन्दा कम भोजन गर्ने । सुर्यास्त को समय आसपास अझै कम सकृय हुन्छ यसर्थ भोजन अझ कम गर्ने, सुर्यस्त पछि आमाशय निश्कृय हुँदै जान्छ त्यसैले बेलुकी अबेर भोजन नगर्ने। २. खाना अघि , खाना संग र खाना लगत्तै पानी नखाने । आज अर्को शुत्र जोडौं : चिसो पानी वा भोजन नगर्ने , यो शुत्र अनुसार चिसो भन्नाले त्यो हो जुन हाम्रो शरिर को तापक्रम भन्दा कम तापक्रम छ । हाम्रो शरिर को तापक्रम भन्दा कम तापक्रम को पानी वा अन्य भोजन ले आमाशय ले पैदा गर्ने अग्नि लाइ निभाउँछ यसर्थ भोजन पच्न पाउँदैन र सड्छ। अन्य शुत्रहरु क्रमश :
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment