००
Sunday, 11 February 2018
स्कन्ध पुराण र अश्व्स्थामा
लेखक :- देवि प्रतिभा जि
प्रथम स्कन्ध-सातौं अध्याय
अश्वत्थामाबाट द्रौपदीका छोरा मारिनु र अर्जुनबाट अश्वत्थामाको घमण्ड चुर गर्नु -
हे सूतजी, नारदजी गएपछि श्रीव्यासले के गर्नु भयो भनेर शौनकजीले सोधे पछि सूतजी भन्नुहुन्छ -ब्रह्मानदी सरस्वतीको किनारमा श्यामाप्रास नाम भएको आश्रममा ऋषिहरु यज्ञ गर्दछन।त्यही व्यासजीको आश्रम छ।त्यहाँ बसेर मन एकाग्र गर्दा मानिसहरू मायाले मोहित भएर अनेक अनर्थ भोग्दै गरेको देख्नुभयो। यस मायाबन्धनबाट उनीहरुलाई छुटाएर श्रीकृष्ण भक्ति जगाउन परमहंसको संहिता श्रीमद्भागवत रचना गर्नु भयो र आफ्ना छोरा श्रीशुकदेवजीलाई पढाउनु भयो ।
निवृती-मार्गमा लागेका शुकदेवले किन भागवत पढ्नु भयो भन्ने शौनकजीले प्रश्न गर्दा सूतजी भन्नुहुन्छ -अविद्याले रहित भएर सधै आत्मामा विचरण गर्ने ज्ञानीहरु पनि भगवानको निष्काम भक्तिमा आकर्षित हुन्छन् ।भक्तहरुका प्यारा शुकदेवमा जन्मदेखि नै भक्तिले वासगरेको थियो यसैकारण यस पुराणको अध्ययन गर्नुभयो ।
हे शौनकजी, अब म अर्को प्रश्नको उत्तरमा श्रीकृष्णका कथामा सम्बन्ध राख्ने राजर्षि परीक्षितको जन्म, कर्म र मोक्ष साथै पाण्डवहरु स्वर्गारोहण भएको कथा सुनाउछु ,सुन्नुहोस । महाभारतको युद्धमा धेरै वीरहरु मरे। भीमसेनले दुर्योधनको तिघ्रा बांचेपछि दुर्योधनको नुनको सोझो अश्वत्थामाले सुतेका द्रौपदीका पाचै छोराको टाउको काटिदिए ।द्रौपदीको विलाप सुनेर अर्जुनले पनि आततायी तथा अधम ब्राह्मण अश्वत्थामाको टाउको काटेर ल्याउने प्रतिज्ञा गरे । श्रीकृष्णलाई सारथि बनाएर खोद्दै जादा आफ्नो प्राण जोगाउन अश्वत्थामाले ब्रह्मास्त्र छोडे । भयभित भएका अर्जुन केहि नलागेर श्रीकृष्णलाई प्राथनागर्दै भन्दछ्न - स्वंय प्रकाशस्वरुप हे कृष्ण , यो के हो ? अनि कहाँबाट यस्तो तेज आयो ?
भगवान भन्नुहुन्छ -हे अर्जुन , यो अश्वत्थामाको ब्रह्मास्त्र हो, उनी यो फर्काउन जान्दैनन् । तिनीले पनि ब्रह्मास्त्र छोडेर यसको प्रचण्ड आगो निभाउनु पर्छ । सूतजी भन्नुहुन्छ -हे शौनक, आगो र घाम जस्ता दुवैको ब्रह्मास्त्रको युद्धमा प्राणीहरु नष्ट हुने देखेर श्रीकृष्णको आज्ञाले अर्जुनले दुवै अस्त्र फर्काए र अश्वस्थामालाई बाधेर ल्याए । कृष्णका आज्ञानुसार आगो लगाउने, बीस खुवाउने, कुविचारले शस्त्र चलाउने , धन लुटने खेत,स्त्री खोस्ने आततायीलाई मार्नु उचित थियो तापनि अर्जुनले गुरुपुत्रलाई मारेनन । पशुलाई झै बांधेर , घोप्टे मुन्टो लगाएका अश्वत्थामालाई देखेर दयालु पतिव्रता द्रौपदीले छोडिदिनोस भनी अर्जुनसित बिन्ती गरिन ।
सूतजी भन्नुहुन्छ - युधिष्ठिर आदि उपस्थित सबैले द्रौपदीको कुरा स्वीकार गरे । श्रीकृष्ण हांसेर अर्जुनलाई भन्नुहुन्छ -हे अर्जुन ,पतित भए ब्राह्मण मार्नुहुदैन तर आततायीलाई मार्नैपर्छ
अब तिमीले द्रपदीसित गरेको प्रतिज्ञा भीमसेन र मेरो इच्छा पनि कसरी हुन्छ पूरा गर । सबैको इच्छा पूरागर्न अर्जुनले पनि बालहत्या गर्ने अश्वत्थामाका शिरको मणि निकालेर टाउको मुडिदिए र ब्रह्मातेजहीन गराइदिए ।
इति प्रथम स्कन्धको सातौ अध्याय सकियो ।
श्रीमद्भागवत महापुराणको जय हो ।
श्री राधेश्याम भगवानको जय हो ।
श्रीबाकेबिहारीलालको जय हो ।
श्री वृन्दावन बिहारीलालको जय हो ।
श्री मुक्तिनाथ भजवानको जय हो ।
समस्त भक्तजनको जय हो ।
जय जय श्री राधे राधे
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment