००
Tuesday, 6 February 2018
प्रकाश दाहाल को मृत्यु को सन्दर्भ मा
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक यस्तो भएछ :- कुनै एउटा गाउँ रहेछ , जहाँ कुनै व्यक्ती को मृत्यु भएमा मृतक को अन्त्यष्टी को शुरुवात मा मलामीहरु मध्य को सबैभन्दा जेठोबाठो र बुज्रुक को मुखारबिन्द बाट मृतक को सकारात्मक काम को वर्णन र योगदान को बारे चर्चा गर्ने र त्यसपछि मात्र अन्त्यष्टी गर्ने प्रचलन रहेछ । त्यसै गाउँ मा एकजना महा - दुष्ट बस्दो रहेछ । उनले दुख नदिएको र नसताएको गाउँमा कोहि रहेनछ, सबै गाउँलेलाइ थाहा थियो उनि एक नम्बर को दुष्ट र पापी हुन ! एकदिन अचानक उक्त दुष्ट को मृत्यु भएछ , सबै गाउँले मिलेर उसलाइ घाट लगेछन , अन्त्यष्टी को शुरुवात मा मृतक को योगदान र महानता को वारे चर्चा गर्ने समय आयो , मलामी मध्यको सबैभन्दा बुज्रुक र जेठो एकजना पुराना शास्त्रीय बिद्धान परेछन , उनले जिवन मा कहिल्यै झुट नबोल्ने , सत्कर्म गर्ने प्रतिज्ञा अनुरुप नै जिवन व्यतित गरेका रहेछन । अब दुष्ट मृतक को महानता को बखान गर्ने जिम्मेवारी उनको थाप्लो मा आइपर्यो , उनको पसिना छुटन थाल्यो , सबैलाइ थाहा थियो मृतक ले नसताएको र दुख नदिएको गाउँमा कोहि छैन , उनको जिवन को एउटै पनि यस्तो कुरा थिएन जुन प्रशंसायोग्य होस , सबै अन्य मलामी हरु चकित परेर बुज्रुक लाइ हेरेर दंग पर्दै थिए अब कसरी मृतक को प्रशंसा को बखान गर्ने हुन बुढाले !!! बुज्रुक लाइ पर्नु आपत पर्यो - ढाँटने उनको आदर्श र जिवनशैली को खिलाफ हुन्छ , नढाँटु दुष्ट मृतक को प्रशंसा गर्न लायक को एउटै कुरा छैन ! उनि निकै अप्ठ्यारो मा परेर घोरिन थाले मुख अँध्यारो पार्दै - उनको यो कठिनाइ लाइ अर्को एक बुज्रुक ले बुझी हाले जो एक जमाना का नामुद वकिल थिए , यि पुराना वकिल बुज्रुक को नजिक गएर कान म फुसफुसाउन थाले - अचानक बुज्रुक को मुहार तेज भयो - तब उनले बोल्न थाले -" स्वर्गिय .....एक महान र असल हुनुहुन्थ्यो ...." सबै मलामीहरु ले अचम्म मान्दै एक अर्कालाइ पर्ल्याक-पुर्लुक हेर्न थाले ....र फेरि कान ठाडो पारेर बुज्रुक तिर घोरिन थाले .....!! बुज्रुक फेरि बोल्न थाले - " स्वर्गिय........ का तिन दाजुभाइहरु मध्य उहाँ सबैभन्दा महान,असल र सहयोगी हुनुहुन्थ्यो .........!!! "
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment