००
Tuesday, 6 February 2018
भगवान महाविर को गहन विज्ञान
एक जना मानिस ले भागवान शिव को आराधना गरेछ ।स्वभाव ले उ घटिया प्रबृती को मानिस थियो र दोस्रो ब्यक्ती को बारे निच सोंच राख्दथ्यो । शिव ले यो कुरा थाहा पाएछ्न र यो पनि थाहा पाएछ्न कि उसको छिमेक मा एकजना दुश्मन छ ; सोही दुश्मन को शेखी झार्न र उसलाई सबै दृष्टिकोणले आफु भन्दा तल पार्ने उद्देश्यले उनले आफ्नो आराधना गरेका हुन त्यसैले भ गवान शिव ले कुनै पनि हालतमा उ सामु प्रकट नहुने प्रतिज्ञा गरेछन ।
उसको आराधना १२ वर्ष पुगेछ र शिव प्रकट नभए सम्म तपश्या जारी राख्ने अड्डी कसेछ्न । शिव उसको सामुन्ने प्रकट हुन बाध्य हुने स्थिती सिर्जना भए पछी शिव ले एउटा जुक्ती निकालेछ्न ~ उसलाई अप्ठ्यारो शर्त सहित वरदान माग्न लगाउने ।
अन्तत एकदिन शिव उसको समुन्ने प्रकट भएछ्न र भनेछ्न- हेर वावु !!!! तिमीले यती लामो समय सम्म मेरो आराधना गरेउ ; तिमीले २ ओटा वरदान माग त्यो पुरा हुन्छ तर ख्याल गर तिमीले जे माग्छौ त्यो त तिमीलाई प्राप्त हुन्छ नै ; तिम्रो त्यो जुन छिमेकी दुश्मन छ उसलाई पनि त्यही चिज दोब्बर प्राप्त हुन्छ ।
भागवान शिव को यस्तो अप्ठ्यारो शर्त ले उ वेचैन भएछ । के माग्ने ? १ किलो सुन माग्यो भने दुश्मन लाई २ किलो सुन प्राप्त हुन्छ ; एउटा हिरा को डल्ला माग्यो भने दुश्मन लाई २ ओटा हिरा प्राप्त हुन्छ । उसले केहिबेर घोरिएर भगवान शिव समक्ष १ हप्ता को समय मागेछ्न । उ निकै चिन्तित हुँदै धेरै सोचविचार गर्नु का साथसाथै जानेमानेका धुर्त वकिल हरु संग राय लिएछ्न ।
अचानक एकदिन उनको दिमाग मा एउटा जुक्ती फुरेछ र उसको अनुहार मा एक किसिमको चमक पैदा भएछ । एक हप्ता पछी भगवान शिव प्रकट भएपछी उसले २ ओटा वरदान मागेछ ~ मेरो एउटा आँखा फोडिदिनु र मेरो घर को आँगन मा एउटा कुवा खनिदिनु ।
वरदान अनुसार उसको एउटा आँखा फुटेछ र उसको दुश्मन को दुवै आँखा फुटेछ अनि उसको घरको आँगन मा एउटा कुवा बनेछ र दुश्मन को घरको आँगनमा २ ओटा कुवा बनेछ ; केहि दिन पछी उसको दुश्मन आफ्नो घर अगाडिको कुवा मा खसेर मरेछ ।
अव यस कथा को भूमिका र सन्देश तर्फ प्रवेस गरौं । यो कथा २६ सय वर्ष अगाडी जैन धर्म परम्परा का २४ औं तिर्थकंर भगवान महाविर ले आफ्ना शिष्य हरु लाई केहि विषय हरु सम्झाउने क्रममा दिएका उपदेश को एउटा अंश हो । जैन धर्म परम्परा मा तिर्थकंर को स्थान हिन्दू परम्परा मा अवतार जस्तै हो र जुन सन्दर्भ मा महाविर ले यो कथा भने त्यो सन्दर्भ निकै गहन र रहश्यपुर्ण छ अब यसलाई बुझ्ने चेस्टा गरौं ।
सर आइज्याक न्युटन भन्दा अगाडी आम मानिस हरु मा सुर्य बाट निस्कने प्रकाश को रंग सेतो हुन्छ भन्ने धारणा थियो । न्युटन ले एउटा प्रिज्म मार्फत सुर्य को प्रकाश छिराएर परिक्षण गर्दा यो पत्ता लगाए कि सुर्य को प्रकाश तीन ओटा रंग मिलेर बनेको हुन्छ -रातो;हरियो र निलो जसलाइ अङ्रेजी को छोटकरिमा RGB Color को रुपले चिनिन्छ। RGB लाई Primary Color भनिन्छ ।
न्युटन पछी का वैज्ञानिक हरु अझ अगाडी बढ्दै पत्ता लगाए कि सुर्य को प्रकाश मा सात ओटा रंग को मिसाओट हुन्छ र सात ओटा रंग को उपस्थिती ले गर्दा सुर्य को प्रकाश सेतो देखिएको हो । वैज्ञानिक जगत मा यि सात ओटा रंग लाई Secondary Color को रुपले चिनिन्छ ।
यो निकै दूर्भाज्ञपुर्ण तथ्य हो कि महाबिर का सन्तती हामी हरु समेत सात ओटा रंग पत्ता लगाउने पश्चिमा वैज्ञानीक हरु हुन भन्ने शिक्षा- दिक्षा बाट हुर्केका छौं र यही धरणा राख्छौं र पश्चिमा शिक्षा बाट हुर्के का नेपाल -भारत का शिक्षाविद हरु मा आफ्नै पूर्वज हरुको महान खोज हरु को बारे रत्तिभर जानकारी छैन ।यथार्थ मा रंग हरु सात प्रकार का हुन्छ्न र सुर्य को प्रकाश मा सात किसिमको रंग हुन्छ भनेर पत्ता लगाउने यस धर्ती का पहिलो महापुरुष भ गवान माहाविर हुन ।
विभिन्न रंग हरु को रहश्य; यसको मनोवैज्ञानीक प्रभाव र रंग हरु को मानव चेतना सँग को सम्वन्धमा महाविर ले २६ सय वर्ष अगाडी उजागर गरेको तथ्य आधुनिक विज्ञान ले आज सम्म पत्ता लगाएको तथ्य भन्दा धेरै गुणा अगाडी छ र सम्भवत विज्ञान महाविर को गहिराइ सम्म पुग्न असम्भव छ ।
महाविर ले सम्पुर्ण मानव जाती लाई चेतना र स्वभाव को दृष्टिकोण ले सात भाग मा वर्गिकरण गरेका छ्न र वर्गिकृत प्रत्यक मानव समुदाय लाई निश्चित रंग द्वारा संकेत गरेका छन ।
जस्तै : चेतना र स्वभाव को दृष्टिकोण ले मानव जाती कै सबैभन्दा निच्; घटिया र तल्लो स्तर को मनुष्य लाई कालो रंग ले संकेत गरेका छ्न । यस वर्ग का मानिस हरु यती घटिया चिन्तन का हुन्छन कि उ अर्का को हानी पुर्याउन आफ्नो हानी समेत गर्न तयार हुन्छ । उ आफै मरेर भए पनि अरु लाई मार्न तयार हुन्छ । महाविर का अनुसार यस वर्ग का मानिस को मष्तिस्क को आभा मन्डल को रंग कालो हुन्छ ।
माथी प्रस्तुत कथा यस वर्ग का मानिस हरु को प्रती निधी कथा हो जसलाई महाविर ले कालो रंग ले संकेत गरेका छन ।
यसरि नै सात वर्ग का मानिस हरु र सात रंग को मनोवैज्ञानीक स्वभाब दर्शाउन महाविर ले सात ओटा कथा उल्लेख गरेका छन ।
अब महाविर ले दोस्रो वर्ग का मानिस हरु को चेतना र स्वभाव दर्शाउन उल्लेख गरेको कथा जसलाई उनले खैरो रंग ले संकेत गरेका छ्न्; तर्फ प्रवेश गरौं । महाविर का अनुसार यस वर्ग का मानिस हरु पनि घटिया चिन्तन कै हुन्छ्न तर कालो वर्ग को भन्दा कम घटिया हुन्छन र यिनी हरु को मष्तिस्क को आभा मन्डल को रंग खैरो हुन्छ ।यस वर्ग का मानिस हरु आफ्नो हानी हुने अवस्था मा अरु को हानी गर्न तयार हुन्छ्न अर्थात यस्ता प्रबृत्ती का मानिस हरु अरु हरु को हानी गर्न त्यती बेला मात्र तैयार हुन्छ्न जब आफ्नो हानी नभै छोड्दैन ।
जस्तो:-
एउटा बुढो मानिस आफ्नो मृत्यु को अन्तिम क्षण मा थियो । उसको २ छोरा हरु थिए; जेठो निकै चलाख र टाठो थियो कान्छो सोझो र सरल । उसले आफ्ना दुबै छोरा हरु लाई अन्तिम पल्ट भेट्ने तथा आफ्नो केहि इछ्छा हरु छोरा हरु मार्फत पुरा गर्ने इछ्छा दर्साउदै बोलाउन पठाए । जेठो चलाख थियो, उसले बुझी हाल्यो बुवा ले अन्तिम इछ्छा को नाममा केहि उट्पट्याङ इछ्छा जाहेर गरेर अप्ठेरो पारी जिन्दगी भर को लागी फसाउँछ । त्यसैले जेठो छोरो बुवा लाई भेट्न गएन । कान्छो सोझो थियो त्यसैले गयो र बुवा को समिप मा गएर बस्यो । बुवा ले खुशी हुँदै भन्यो : मेरो वास्तविक छोरा तँ मात्र रहेछस । मेरो एउटै इछ्छा छ जुन तँ मार्फत पुरा भए म मरे पनि मेरो अत्मा ले शान्ती पाउँथ्यो । तँ मेरो बास्तवमै छोरा होस भने तँ बाट यो इछ्छा पुरा हुने बचन चाहन्छु ।
सोझो छोरा ले भन्यो: आफ्नो बाबु को अन्तिम इछ्छा पुरा गर्न पाए म आफुलाई धन्यभागी ठान्दछु; भन्नुस बुवा म तपाइको जस्तो इछ्छा पनि पुरा गरिदिन्छु ।
बुवा ले खुशी हुँदै भन्यो: त्यो फलानो घर को मालिक मेरो लामो समय सम्म को दुश्मन हो, म मरे पनि त्यसले कुकुर ले नपाउने दु:ख पायो भने मेरो आत्मा ले शान्ति पाउँछ त्यसैले छोरा ! म मरे पछी मेरो शरिर लाई टुक्रा-टुक्रा पारेर काट र त्यसको घर मा लेगेर फालिदे । मेरो हत्या को आरोप मा पुलिस ले त्यसलाई पक्रन्छ र जेल मा सडाउँछ अनि मेरो आत्मा ले शान्ती पाउँछ ।
यसै गरी महाविर ले सात ओटा कथा मार्फत सात किसिम का मानिस हरु को सात ओटा रंग द्वार संकेत गरेका छन । जसमा सातौं अर्थात सबै भन्दा उच्च कोटिको चेतना भएको मनुष्य लाई सेतो तथा छैटौंलाई पहेंलो रंग ले संकेत गरेका छ्न । पुर्व का तीन प्रमुख धर्मिक परम्परा हरु हिन्दू; बौद्ध ; र जैन हरु को शुभ कार्य हरु तथा सन्यास आश्रम हरु मा पहेंलो वा सेतो रंग को बस्त्र प्रयोग हुनु को मूल कारण यही हो
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment