००
Tuesday, 6 February 2018
कमजोर हुनु नै सबैभन्दा ठुलो अपराध
कमजोर हुनु नै सबै भन्दा ठुलो अपराध रहेछ । फर्सी चक्कु माथी खसोस वा चक्कु फर्सी माथी, चोट पर्ने त आखिर फर्सी लाई न हो ...!! गाइ-गोरु आपस मा प्रेमपुर्वक लडिवुडी खेलोस कि आपस मा जुधोस आखिर नासिने त घाँस न हो ...!!! दुइ ठुला मुलुक आपस मा जुध्दा होस वा आपसमा मिल्दा ; आखिर चेपुवामा पर्ने त बिचमा रहेका साना मुलुक नै रहेछ । चिन र भारत डोकलाम मा जुध्दा अहिले भुटान चेपुवा मा परेछ ; चिन र भारत लिपु लेक मा मिल्दा नेपाल चेपुवा मा परेको थियो । दुइ ठुला देश हरु मिल्दा पनि वा जुध्दा पनि चेपुवा मा पर्नु पर्ने नियती को सामना गर्न हाम्रो जस्तो सानो मुलुक ले प्रभावकारी परराष्ट्र र आर्थीक निती लिनु आवश्यक छ ; जसको लागी हालका ६० काटेका वुढा नेता हरुको इच्छा शक्ती ले सो चुनौती को सामना गर्न सक्दैन । बुढा हरु लाई साँचै देश को माया छ भने मुलुक को नेतृत्व युवा पुस्ता लाई सुम्पनु पर्छ । कर्मचारी , सेना , पुलिस को सेवा मा उमेर को हदवन्दी हुने राजनिति मा नहुने ? हाम्रा नेता हरुलाई आर्यघाट नपुग्दा सम्म प्राधानमन्त्री को पद चाहिने ? ? ? मनोविज्ञान को सर्वमान्य सिद्धान्त छ , मान्छे जती बुढो हुँदै जान्छ त्यती नै उसको इच्छाशक्तीमा ह्रास हुँदै जान्छ र इच्छाशक्ती को ह्रास सँगै उ लोभी हुँदै जान्छ ।नजिकिदै गएको मृत्यु लाई उ देख्न थाल्छ र मृत्यु को भय ले उसलाई सताउदै जान्छ , मृत्यु को भय लाई ढाकछोप गर्न उ अनेक वहाना गर्न थाल्छ । मनोविज्ञान ले भन्छ मान्छे जती वढी मृत्यु बाट भयभित हुन्छ त्यत्ती नै उ शक्ती ; पैसा र भौतिक बस्तु प्रती लालायित हुन्छ । यि सबै चिज प्राप्त गरेर उ मृत्यु को भय लाई ढाकछोप गर्न चाहन्छ ; फलत उ लोभी हुन्छ । लोभ मुक्त युवा हामी देख्न सक्छौं किनकी मृत्यु अझै टाढा छ तर लोभ मुक्त बुढा देख्न कठिन छ । गगन थापा ; रविन्द्र अधिकारी ; गोकर्ण विष्ट ; धनराज गुरुङ , विश्व प्रकाश शर्मा लागायत का युवा हरु मा अहिले जुन जोश ; जाँगर ; तिव्र इच्छा शक्ती र केहि गरौं र गर्न सकिन्छ भन्ने भावना छ ; त्यो स्वंय उनिहरु ६० काटे पछी हुने छैन । मलाई लाग्छ यदी बुढा हरु ले नेतृत्व हस्तान्तरणा गर्न तयार हुँदैनन भने युवा पुस्ता नेतृत्व खोस्न तयार हुनु पर्दछ ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
Author: Shantiman Shrestha: एक जना उल्लु को सारदार ले यस्तो post गरेछ फेसवुक मा , शायद नग्गा बाबा लाई इंगित गर्न खोजेको होला, यस्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
Author: Shantiman Shrestha: हामी जातिय विभाजनको पक्षधर होइनौं तर उप्रेती , बस्नेत , बाँस्कोटा , अर्याल , शर्मा थर झुन्डाएर नेवा समु...
-
लेखक: प्रवीण अधिकारी: हाम्रो विद्वत समाजमा गोतम – गौतम , कश्यप -काश्यप , भरद्वाज -भारद्वाज , अत्रि -आत्रेय , शण्डिल -शाण्डिल्य , भृग...
-
एकजना मनोबैज्ञानिक पागल हरु को अनुसन्धान गर्न पागलखाना गएछ । सोधपुछ गर्दै जाने क्रम मा एकजना अधवैंसे पागल ले भनेछ : हेर्नुस सर ! बास्तवमा म ...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
हर्के ले स्टेसन मा बसेर मस्त ले चुरोट तानिरहेको थियो एकै छिन मा धुम्रपान बिरोधी टिसर्ट लगाएकी एक युवती हर्के को नजिक आइन र भनिन : Execuse ...
-
मृतक व्यक्ती को बारे नकारात्मक कुरा कोट्याउनु हुँदैन र सकारात्मक कुरा लाइ चाहिं बढाइ- चढाइ प्रशंसा को ओइरो लगाउनुपर्छ भन्ने आमधारणा छ ।एकपटक...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
पश्चिमिहरुको अन्ध नक्कल गरेर आधुनिक भै टोपलिने मुर्खतापुर्ण प्रवृती को अर्को उदाहरण हो विवाह को समारोह मा जन्तिको अगाडी बजाइने ब्यान्डबाजा ।...
No comments:
Post a Comment