००

Thursday, 15 March 2018

चार पुरुषार्थ, वर्णाश्रम र आचार

By :
Dilliram Gautam :
हामी कहाँ धर्म, अर्थ काम मोक्ष जस्ता चार पुरुषार्थ र चारवर्णसँगै चार आश्रमको व्यवस्था छ । हाम्रो आचारपद्धति यिनै व्यवस्थासँग गाँसिएर आएका छन् त्यसैले पश्चिमी भौतिक सभ्यतासँग हाम्रो आचारपद्धति मिल्दैन ।
     आचार जीवन पद्धति हो त्यसैले हाम्रो आध्यात्मिक दृष्टिबाट समाजको व्यवस्थापन निम्ति रचना गरिएको वर्णाश्रम पद्धति अनुरूपको जीवन शैली र व्यवहार अपनाएमा मात्र आचारवान् हुन सकिन्छ । वैदिक अध्यात्म दर्शनले भौतिक र आध्यात्मिक दुवै पक्षलाई परम सत्यसँग साक्षात्कार गराउने र संस्कारयुक्त सज्जन मानव निर्माणको ध्येय राखेको छ । हामीहरूको यही कर्तव्य हो कि हाम्रा पूर्वजले अनन्तकाल लगाएर निर्माण गरेको सदाचार र आचारलाई जीवन्त र व्यावहारिक बनाउन तयार रहनुपर्छ ।
     सदाचारका नियमहरूमा मानिसले बिहान उठ्ने समयदेखि सुत्न विस्तरामा पुगेपछि सम्मका आचारहरू समेटिएका छन् । हरेक समाजका सामाजिक अङ्ग र सम्बन्धित अङ्गमा रहेर गर्ने कामका आचरणसँगै हरेक दर्जामा रहेका व्यक्तिहरूसँग गरिने व्यवहारका आचरण पनि समेटिएका छन् । वैदिक सभ्यताको धारबाट हाम्रो विकास भएकाले तदनुरूपको आचार अपनाउनु हाम्रो कर्तव्य हो ।
     हामीकहाँ धेरै प्रकारका राज्यहरूको अभ्यास भइसकेको छ । आज विश्वमा जति परिवर्तनहरू देखिरहेका छौँ कतै नकतै वेद र स्मृतिमा पाउन सकिन्छ । गणतन्त्रसम्मका कुराहरूको अभ्यास हामीले मानेको आधुनिक इतिहासभन्दा पहिले नै भइसकेको कुरा श्रुतिस्मृतिहरूमा पाउन सक्छौँ ।
     अविश्रामो लोकतन्त्राधिकारः नित्य निरन्तर नथाकि जनहितमा काम गर्नु लोकतन्त्राधिकार हो ।
     लोकतन्त्रविधानामेष पञ्चविधो विधिः ।।
     हे यधिष्ठिर ! लोकतन्त्र चलाउन धैर्य, दक्षता, देश, काल, पराक्रम यी पाँच कुरा उपाय हुन् ।
    आजको भन्दा पनि उच्च चिन्तनमा लोकतन्त्रको अभ्यास भएको थियो । लोकतन्त्रानुसारकै न्यायिक पद्धति पनि विकसित भएको देखिन्छ । यी हाम्रा भूगोल र परम्परासँग भिजेर आएका अभ्यासहरूलाई हामीले अध्ययन र अनुसन्धान गर्न सकेनौँ त्यसैले सही गन्तव्य प्राप्त हुन सकेको छैन ।
     आफ्नो परम्परालाई हेरेर गन्तव्य तयार गर्नुपर्ने कर्तव्य विर्सनु हुँदैन थियो । राजा र राज्य नभएकै अवस्थाबाट अभ्यस्त हुँदै वर्णाश्रम व्यवस्था गरी राज्य र राजसंस्था हुँदै लोकतन्त्रसम्मको अभ्यास पूर्वमा भइसकेको देखिन्छ ।
     यी सबै खाले राज्यव्यवस्थामा वर्णाश्रमपद्धति अनुरूपका नियम व्यवस्थापन हुँदै आएका थिए । यी सबै खाले राज्यव्यवस्थामा आचार प्रधान भएर आएको देखिन्छ । जो जहाँ जुन क्षेत्रमा रहे पनि सदाचारको कर्तव्य पूर्णरूपले निर्बाह गर्नैपर्ने परिवेश तयार थियो ।
   सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

विचार जगत

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts