००
Tuesday, 6 February 2018
धर्म अफिम होइन अफिम को नशा बाट उतार्ने प्रभावकारी विज्ञान हो
एकजना बामपंथी मित्र को दलिल थियो - " धर्म विश्वास हो " ~ तर वास्तविकता यसको ठिक विपरित हो ।धर्म विश्वास हो भन्ने भ्रमपुर्ण मान्यता पालेकै कारण ले कार्ल मार्क्स ले भनेका छ्न - "धर्म अफिम हो ।" अफिम शब्द ल्याटिन भाषा बाट आएको हो जसको अर्थ हुन्छ "आस्" अथवा "Hope " यसरि मार्क्स ले धर्म लाई आस को खेती को रुप मा चित्रण गरेका छन तर यहाँँ नेर उनि नराम्ररी चिप्लिएका
कार्ल मार्क्स ले धर्म लाई अफिम मान्नु को एउटै कारण थियो त्यो हो पश्चिम मा पैदा भएको सबै धर्म ईसाइ; ईस्लाम र यहुदी आशा र विस्वास को जग मा खडा हुनु ।
मार्क्स लाई धर्म को नाम मा केबल पश्चिम का तीन प्रमुख धर्म हरु को मात्र जानकारी थियो जसको धरातल आस र विस्वास मा अडेको थियो, र बिस्तार र प्रभाव तरबार र हिंसा को बल मा भएको थियो । उनलाई पूर्व का कुनै पनि धर्म वा दर्शन जस्तै : हिन्दू; बौद्ध; जैन ; ताओ वा झेन को बारे रत्तिभर जानकारी थिएन ।
यदी उनलाई यि धर्म वा दर्शन को बारे जानकारी हुन्थ्यो भने उनले धर्म लाई अफिम भन्ने साहस गर्दैन थे किनकी पूर्व का कुनै पनि प्रमुख धर्म मा आस वा विस्वास को स्थान छैन बरु यसको ठिक बिपरित यि धर्म हरु ले आत्म रुपान्तरण को लागी सिकाएका सम्पुर्ण बिधी हरु अफिम को नसा बाट उतार्ने प्रभाबकारी बिधी हरु हुन र बौद्ध धर्म यसको उच्चतम उदाहरण हो ।
बौद्ध धर्म लाई अनिश्वरवादी दर्शन को रुपमा हेरिन्छ अर्थात यसले ईश्वर को अस्तित्व स्विकार गर्दैन । यथार्थ मा बौद्ध दर्शन ले कुनै पनि कुरा मा विश्वास र आस गर्दैन किनकी यो दर्शन तथ्य मा आधारित छ विश्वास मा हैन । यस दर्शन ले ईस्वर वा स्वर्ग छ कि छैन ? यस्को जवाफ दिंदैन ;
बौद्ध दर्शन को अनुसार ईश्वर ; स्वर्ग छ वा छैन भन्नु केबल विस्वास हो तथ्य होईन । हिन्दू धर्म अन्तर्गत को तन्त्र दर्शन र योग दर्शन जस्तै बौद्ध दर्शन बिधी र तथ्य मा आधरित छ त्यसैले यि दर्शन हरु विशुद्द विज्ञान हो । तन्त्र ; योग र बौद्ध - तीन ओटै दर्शन ले भन्छ यदी कुनै ब्यक्ती ले यो सोध्छ कि प्रकाश के हो; कस्तो छ ? यो यसको लक्षण हो कि उक्त व्यक्ती अन्धा हो - र अन्धा लाई प्रकाश यो र यस्तो हो भनेर लाख पटक सम्झाए पनि कुनै अर्थ रहँदैन केबल समय को बर्बादी हुन्छ बरु उसको आँखा को शल्यकृया को जरुरत हुन्छ यसर्थ यि तीन ओटै दर्शन ले प्रकाश के हो भनेर सोध्ने ब्यक्ती लाई कुनै दार्शनिक उत्तर दिंदैन बरु आँखा को शल्यकृया शुरु गर्दछन । पूर्व का यि दर्शन हरुले भन्छ्; विस्वास केबल झुट मा हुन्छ सत्य मा होईन ; सत्य प्रती अनुभब हुन्छ विस्वास होईन आँखा देख्ने ब्यक्ती ले सूर्य मा विस्वास गर्न सक्दैन केबल अन्धा ले मात्र सूर्य मा बिस्वास गर्न सक्छ ।
भगवान बुद्ध ले ईस्वर्, स्वर्ग; नर्क को बारे कहिलेइ चर्चा गरेनन यहाँ सम्म कि उनले आफ्ना भिक्षु हरु लाई यि लगायत १० विषय मा चर्चा र प्रश्न गर्न प्रतिबन्ध लगाए ; किनकी इश्वर्; स्वर्ग लगायत का बिषय हरु मनुष्य का विस्वास र आसा का विषय थिए अनुभब को होइन तर उनले दु: ख के हो; कसरी पैदा हुन्छ र यसको निदान को उपाय बारे बिस्तृत मा चर्चा गरे किनकी यि विषय प्रत्यक मनुस्य को अनुभव र भोगाइ को विषय थियो । तदनुरुप उनले ४ आर्य सत्य को घोषणा गरे जुन बौद्ध दर्शन को जग हो ।
बुद्ध ले मानिस हरुको विस्वास माथी कडा प्रहार गरी यसलाई आम मानिस हरुको मन मष्तिस्क बाट ध्वस्त बनाउन सबै उपाय र बिधी हरु अपनाए । यथार्थ मा उनका सम्पुर्ण शिक्षा हरु आम मानिस हरुको मनस्थिती मा रहेको यही विस्वास र आसा लाई ध्वस्त गर्न मा केन्द्रीत छ । उनका अनुसार विस्वास र सत्य एक अर्का का विरोधी हुन तथा विस्वास समाप्त नभइ सत्य प्राप्त हुँदैन र सत्य प्राप्त नभइ मुक्ती सम्भब हुँदैन ।
एकदिन बुद्ध आफ्ना शिष्य हरु लाई उपदेश दिइरहेका थिए अचानक कुनै एक बुज्रुक आएर बुद्ध लाई सोध्यो ; ईस्वर छ ? बुद्ध ले जवाफ दिए," छैन" । उक्त बुज्रुक त्यहाँ बाट हिंड्यो । केहि मिनेट पछी कुनै एक युवक आयो र बुद्ध लाई सोध्यो; " ईस्वर छ ? बुद्ध ले जवाफ दिए; " छ" । बुद्ध का सब भन्दा नजिक का शिष्य आनन्द बुद्ध को समिप मा थिए ; उनि केहि मिनेट को अन्तर मा सोधिएको २ समान प्रश्न को बुद्ध का २ बिपरित उत्तर बाट चकित थिए । रात को भोजन गर्नु अगाडी आनन्द ले बुद्ध लाइ यस बारेमा सोधे । बुद्ध ले जवाफ दिए , पहिलो ब्यक्ती जो बुज्रुक थिए - स्वभाव ले आस्तिक थिए - ईस्वर मा प्रबल आस्था राख्थे । उ प्रश्न को साथ्-साथ उत्तर पनि साथै लिएर आएका थिए कि इस्वर छ ; उ केबल मेरो गवाहि चाहन्थे । उ मन मनै चाहन्थ्यो कि म भनुँ "इस्वर छ" ता कि उसको इस्वर प्रतिको विस्वास अरु मजबुत होस ।उस्लाई कता कता ईस्वर प्रती शंका पनि थियो किनकी यो केबल उनको बिस्वास थियो अनुभब होईन; उनि म द्वारा शंका निबारण गर्न चाहन्थे त्यसैले उसको विश्वास ध्वस्त गर्न मैले भनें इस्वर छैन ।दोस्रो ब्यक्ती जो युबक थियो, स्वभाव ले नास्तिक थियो- उ पनि आफै उत्तर लिएर आएका थिए र म द्वारा प्रमाणित गर्न चाहन्थे । उ मन मनै चाहन्थे कि म भनुँ "इस्वर्" छैन । उसको नास्तिकता पनि केबल बिश्वास थियो त्यसैले उसको ईस्वर छैन भन्ने विस्वास तोड्न मैले भनें "ईस्वर छ । "
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment