००

Tuesday, 13 February 2018

नग्गा परम्पराको उच्चतम आध्यात्मिक चिन्तन र आम मानिस को यौन कुन्ठाले ग्रसित मनस्थिति

Author:
Shantiman Shrestha
गत वर्ष तत्कालिन पर्यटन मन्त्री आनन्द पोख्रेल ले नग्गा बाबा हरुलाइ पशुपतिनाथ परिसर मा निषेध गर्नुपर्छ भन्ने मुर्खतापुर्ण टिप्पणी गरेका थिए , म अवाक रहेको थिएँ उनको बेतुक को टिप्पणी बाट । हिजो एकजना भाइको पोस्ट देखें नग्गा बाबा को बारे , पोस्ट यस्तो थियो :-
"ज्योति  मगरलाई नाङ्गै देख्ने मान्छेले यता पनि ध्यान जाओस,!यो धर्मको नाममा लिङ्ग देखाउने हिड्ने अधिकार कसैलाई छैन.....!सजाए होस।" पोस्ट मा उनले तस्विर पनि संग्लग्न गरेका थिए नग्गा बाबा हरुको । पोस्ट मा व्यक्त अभिव्यक्ति भन्दा कमेन्टहरु अभद्र र मुर्खतापुर्ण थियो । पैसा र चर्चा को लागी नांगिने ज्योती मगर लाइ नग्गा साधुहरु जस्तो उच्च त्याग र संकल्प साधक सँग तुलना गर्ने मुढ सोंच मलाइ पाच्य भएन , र कमेन्ट गरें :-
प्रथमतः तपाइ जन्मदा नाङ्गै जन्मनुभाथ्यो , मर्दा नाङ्ग्गै जलाउछन भन्ने बुझ्नुस  , मन्छे बाहेक का कुनै पनि प्राणी ले वस्त्र धारण गर्दैनन , अनि मन्छे बाहेक का कुनै पनि प्राणी मा बलात्कार को घटना हुँदैन।नंगा बाबा को फोटो संकलन गरेर मानसिक दरिद्रता को परिचय नदिनुस , बरु नंगा बाबा ले अंगालेको अद्धैतबाद को उच्चतम दर्शन पट्टी नजर लगाउनुस , मनन गर्नुस , चिन्तन गर्नुस जिवन धन्यभागी हुनेछ । भगवान महाविर भगवान बुद्ध को समकालीन बुद्धपुरुष हुन , दुइ पटक महाविर र बुद्ध को भेट भएको छ मौन स्थिती मा , भगवान महाविर नग्न स्थिती मा थिए बुद्ध लाइ भेट्दा , बुद्ध लाइ पाच्य भयो, पाच्य नहुने त बुद्दु हरुलाइ हो , जैन दर्शन हिन्दु र बौद्ध जत्तिकै आध्यात्मिक गहिराइ बोकेको दर्शन हो , ६० हजार वर्ष को लामो परम्परा बोकेको छ जैन धर्म ले , हिन्दु र बौद्ध मा अवतार भने जस्तै जैन परम्परा मा तिर्थकंर को अवधारणा छ , २४ तिर्थकंर भए , प्रथम ऋषभ र अन्तिम महाविर , बौद्ध धर्म को तिन परम्पराहरु हिनयान , महायान र बज्रायान भए जस्तै जैन परम्परा मा दुइ प्रमुख धार छन , दिगम्बर र स्वेताम्वर , स्वेताम्वर हरु सेतो वस्त्र लगाउछन भने दिगम्बर हरु नग्न बस्छन , हजारौं वर्ष को परम्परा छ यसमा। एउटा अदभुत आध्यात्मिक उचाइ छ नंगा परम्परा मा जसलाइ बुझ्न दृष्टि र समझ चाहिन्छ । पुर्विय दर्शन अन्तर्गतको अद्धैतवाद लाइ  नबुझी नंगा हरुको जिवनदर्शन लाइ बुझ्न असम्भव छ यसर्थ नंगाको बारे ठिक ढंगले बुझ्नु छ भने अद्धैतवाद लाइ बुझ्नुस होइन भने नंगा बाबा को फोटो हरु खोज्दै , संकलन गर्दै फेसबुक मा पोस्ट गरेर समय डुवाउनुस । केहि जिज्ञासा छ भने मेरो inbox मा आउनोस।
     पोस्ट गर्ने भाइ ले जवाफ त दिएननन अर्को एकजना भाइले प्रश्न तेर्साए :-
"तेसो हो भने शान्तिराम जि तपाईं को पनि बिचारमा यो नग्गा बाबा भनौदा ठिक हो हैन त?तपाईं चाहिं किन अरुको बिरोध गर्नु हुन्छ ? सबै यो समाजको बिकृती हो अरुले लगाउदा नाङ्गो देख्ने आफू नाङ्गो हुदा नदेख्ने सङ्ग कुरा गर्न बेकार छ ।"  मैले प्रत्युत्तर दिएँ :-
तपाई अद्धैतवादि दर्शन को वारे कत्तीको जानकार हुनुहुन्छ ?? तपाईं हालको मितिमा कुन धर्म वा दर्शन प्रती झुकाव राख्नुहुन्छ ? प्रथमतः यो प्रष्ट पार्नुस अनि यसैको सेरोफेरोमा म जवाफ दिन्छु । मैले कसको बिरोध गरे भन्न खोज्नु भएको हो ? यो पनि प्रष्ट पार्नुस , यदि ज्योती मगर को बिरोध गरेको भन्न खोज्नुभएको हो भने मेरो दृस्टी मा ज्योती को बिरोध गर्ने हरु पनि उल्लू हुन,  ति यौन कुन्ठाले ग्रसित प्राणी हुन । तपाईंले आफ्नो धारणा निरपेक्ष सत्य हो भन्न खोज्नु भएको हो ? नग्गा बाबा ठिक होइन भन्ने तपाइको धारणा निर्विकल्प सत्य को रुपमा उठान गर्न खोज्नु भएको हो ? कुनै पनि कुरा बिकृती हो भन्ने कुरा निरपेक्ष सत्य हो कि सापेक्षिक सत्य हो ? अरबी देश मा महिला ले चेहरा देखाउनु बिकृती मानिन्छ शरिर का अन्य अंग त परको कुरा , अब अरबी समाज को यो धारणा निरपेक्ष सत्य हो कि सापेक्षिक सत्य हो??? युरोपियन समाज मा महिला ले दुइ स्तनको बिचको माथिल्लो भाग लाइ पुर्णत ढाक्नु अशोभनिय मानिन्छ , यस्ता महिला लाइ गँवार वा पाखे को रुपमा हेरिन्छ के यो धारणा पनि निरपेक्ष वा अन्तिम सत्य हो ??? पश्चिमी समाज मै पुरुषहरु ले विशेष जमघट तथा समारोह मा रुद्रघन्टी देखाउनु अशुभ तथा कुसंस्कार मानिन्छ, यहि धारणा को कारण पश्चिम बाट टाइ लगाउने प्रचलन शुरु भएको थियो, के यो धारणा पनि अन्तिम सत्य हो ??? युरोप मा कतिपय समुन्दी किनारा का पार्क हरु छन जहाँ वस्त्र लागाएर जान निषेध छ , मुश्लिम समुदाय मा दुध को साइनो लाग्छ रगत को साइनो लाग्दैन  यसर्थ यदि एउटि महिला ले जुम्ल्याहा बच्चा पाइन छोरा र छोरी , यदि छोरा ले दाहिने पट्टिको दुध र छोरि ले देब्रे पट्टी को दुध खाएर हुर्कियो भने पछि वयस्क अवस्था मा ति दुवैको विवाह हुन सक्छ , अब यहि धारणा र मान्यता तपाईंको समुदाय मा पनि लागु हुन्छ ?? गुरुङ समुदाय मा मामा वा फुपु को छोरि विहे गर्नु जायज हुन्छ त्यही कुरा हाम्रो नेवार समुदाय मा नाजायज हुन्छ - अब मलाइ बताउनुस नेवार गलत कि गुरुङ गलत ??? आइन्सटाइन को सत्य सापेक्षिक हुन्छ भन्ने विश्वविख्यात सिद्धान्त बाट के सिक्नु भो ??? पृथ्वी छ भन्ने तथ्य हिजो असत्य थियो , किनकी कुनै दिन थिएन , आज सत्य हो , किनकी छ , भोली फेरि असत्य हुन्छ किनकी एकदिन रहने छैन , हामिले टेकेको यो धर्ती कै अस्तित्व को सत्यता निरपेक्ष नरहेको अवस्था मा यो धर्ति को एउटा सानो कण को रुपमा तपाइ हामी हो , अनि यो धर्ती को सानो अंश को रुपमा तपाईंको धारणा निरपेक्ष सत्य हो भन्ने तपाई ठान्नु हुन्छ भने यसको ओखती म सँग छैन र विश्वको कुनै पनि बैज्ञानिक वा मनोबैज्ञानिक सँग पनि छैन।
     एउटा विज्ञान छ " गेस्टाल्ट साइन्स" , रहश्यवादको दुनिया मा यो निकै चर्चित छ , यो विज्ञान ले के भन्छ ? मानौं मध्य रात छ , आकाश मा कहिं एउटा बादल को झुन्ड छ , केहि मानिस हरु बादल को त्यो झुन्डलाइ हेरिरहेका छन , अब ति मानिस हरुले उक्त बादल को झुन्डलाइ कस्तो स्वरुप देख्छन त ??? गेस्टाल्ट ले भन्छ : एउटा डरपोक - कायर ले भुत को  स्वरुप देख्छ , एउटा फिल्म डाइरेक्टर ले सुन्दर हिरोइन को स्वरुप देख्छ , एउटा कामुक व्यक्ति ले नग्न स्त्री को स्वरुप देख्छ । कुनै पनि चिज वा दृश्य लाइ तपाईंले देख्ने बिकृती तपाईंको मन , मनस्थिति र चिन्तन को प्रतिविम्व हो , त्यहि दृश्य लाइ अर्को व्यक्ती ले आफ्नै मनस्थिति र चिन्तन अनुसार अर्कै देख्न सक्छ अनि तपाईंको  मनस्थिति र चिन्तन नै एकमात्र निर्विकल्प सत्य हुन सक्छ ???? कटु सत्य के हो भने बिकृत ति नग्गा बाबा होइनन हाम्रो यौन कुन्ठाले ग्रसित चिन्तन र मनस्थिती हो , यहि विषय लाइ उप्काएर कुनै दक्ष मनोविष्लेसक कहाँ जानु त तपाईंको बारे के भन्छ उसले !!! नग्गा बाबा तपाइलाइ आफ्नो शरीर देखाउन नांगो भएका होइनन , न त अरु कसैलाई प्रदर्शन गर्न को लागी हो, न त धन प्राप्ती को लागी नै हो । उ हामिलाइ देखाउन को लागी नाङ्गो भएकै होइन भने उसलाइ घोरिएर हेर्ने हाम्रो दोष कि उसको ??? चट्टान मा टाउको ठोके पछि दोष चट्टान को हुन्छ कि  टाउको को ??? तपाईंको  टिप्पणीले नग्गा बाबा को उच्चतम परम्परा , पुर्विय दर्शन , आध्यात्मिक समझ र अद्धैतवादी दर्शन को वारे तपाइ नितान्त सतही र मुर्ख हुनुहुन्छ भन्ने खबर दिन्छ । नग्गा हरु ले आफु अस्तित्व को सानो अंश भएको , नांगै यो धर्ती मा आएको र नांगै जाने सत्य बोध गर्दै आफुलाइ पुर्णत अस्तित्व मा समर्पित गर्ने उच्चतम मार्ग अवलम्बन गर्दछन , बरु पाखन्डी र अबुझ त हामी पो हौं त ....यस विषय मा अझै लामो हुन्छ चर्चा , पहिले मेरो दुइ जिज्ञासा को जवाफ दिनुस अनि अघि बढौंला।
     नग्गा बाबा सार्बजनिक हुने निश्चित दिन हुन्छ  , एउटा दिन शिवरात्री हो , सबैभन्दा महत्वपूर्ण दिन प्रत्येक १२ वर्ष मा १ पटक आउने मकर संक्रान्ती हो , यो दिन सुर्य, पृथ्वी , चन्द्रमा र अन्य ग्रह को विशेष संयोग हुन्छ। (यस बारेमा google मा सर्च गर्नु ) त्यस पछि उनिहरु कता जान्छन कसैलाइ पत्तो हुँदैन र निश्चित दिन मा कहाँ बाट आउछन त्यो पनि पत्तोहुँदैन , रातभर हिड्छन दिनभर बस्छन वा सुत्छन । गंगास्नान गर्ने ठिक दिन र ठिक समय हुन्छ र ठिक स्थान मा हुन्छ । नग्गा सम्प्रदाय को परम्परा मा प्रत्यक नग्गा बाबा ले जिवन मा कम्तिमा एकपटक पशुपतिनाथ को दर्शन गर्नु पर्ने हुन्छ जुन शताब्दिऔं अघिदेखी चलीआएको छ ,त्यतिवेला पशुपतिनाथ वरिपरि वस्ति तथा घरहरु बनेकै थिएन त्यसैले बुझ्नुपर्ने कुरा के हो भने पशुपतिनाथ को मन्दिर पहिले बनेको हो कि पशुपतिनाथ वरिपरिका वस्तिहरु? अर्को कुरा पशुपतिनाथ आध्यात्मिक साधकहरुको लागी हो सांसारिक जिवन मा लम्पट हरुको लागी होइन , साँसारिकहरुको लागी त यत्रा डान्स बार , नाइट क्लब , क्यासिनो , पब , फिल्म हल , अबैध वेश्यालय हरु खुलेका छन । आध्यात्मिक साधकहरुको स्थल मा घर - वस्ती वसाल्ने , सरोकार नै नरहेको स्थल मा बिना काम र प्रयोजन डुल्न जाने अनि वर्ष को सिर्फ  एकदिन पनि नग्गाहरु पशुपतिनाथ आउन पाउनुहुन्न त्यो पनि केबल पशुपतिनाथ मन्दिर परिसर भित्र !!!! भन्नु मुर्खतापुर्ण हो कि बुद्दिमानी हो ??? के नागा बाबा हरु रत्नपार्क , शहिद गेट , न्युरोड , असन लगायतका सार्वजनिक स्थल वा सांसारिक मन्छेहरुको अड्डाहरु डान्स बार , नाइट क्लब , क्यासिनो , पब , फिल्म हल , अबैध वेश्यालय आएका छन ??? उनिहरु पशुपति आएका हुन कि पशुपति वरिपरिका वस्ती हेर्न आएका हुन ??? साँसारिक मानिस हरु पशुपति किन जानु पर्याछ ???
     साँसारिकहरु वा भनौ आध्यात्मिक चिन्तन सँग सरोकार नभएका हरु पशुपतिनाथ जानु भनेको नग्गा साधुहरु डिस्को वा नाइट क्लब आउनु हो , नग्गाहरु ले डिस्को , नाइटक्लब , बेश्यालय , क्यासिनो धाउने हरु लाइ कुनै अबरोध त गरेका छैनन , सांसारिक जिवन व्यतित गर्नेहरु को दिनचर्या प्रती कुनै टिप्पणी वा हस्तक्षेप गरेका छैनन , के संख्या नै सत्य हो ?? ख्याल गरौं यो दुनिया मा हमेशा मुर्खहरु को बाहुल्यता हुन्छ ? नग्गा बाबा को बारे यो कमेन्ट शेषन बाट पनि यो स्पष्ट हुन्छ । कमेन्ट मा मैले देखिरहेको छु नग्गा हरुलाइ काट्नु पर्छ , लखेट्नु पर्छ , लिङ्ग काट्नु पर्छ , छि छि ..., मानौं कि यो देशको सम्पुर्ण बर्बादी नग्गा हरुले गरेका हुन .... !!! कुनै नग्गा कसैको घर मा घुसेर मेरो नग्न शरिर हेर भन्न आएको छ?? १ लाख ४७ हजार १ सय ८१ बर्ग मीटर को यो देशको सानो ५० बर्ग मिटर को भुभाग मा वर्ष को एक दिन पनि टेक्न दिन हुन्न भन्ने छुद्र मनस्थिति भएकाहरु साँच्चै मनुष्य हुन कि अर्थोक हुन ??? कोहि स्नान गरिरहेको बाथरुममा जबर्जस्ति घुस्ने अनि किन नग्न शरिर देखाइस भन्ने उल्लू हरु लाइ के भन्ने??? मेरो स्पष्ट मत छ : शिवरात्री मा नग्गा हरुलाइ लखेट्ने होइन : शिव यो धर्ती कै महान बैज्ञानिक हुन , अल्बर्ट आइन्सटाइन पनि शिव को छेउछाउ मा आउँदैनन , शिव ले प्रतिपादन गरेको तन्त्र बिज्ञान को एउटा अंग हो नग्गा परम्परा , बरु आध्यात्मिक चिन्तन सँग सरोकार नराख्ने साँसारिक सुखभोग मा लम्पटहरु , भिडभाड को मौका छोपी स्त्री हरु सँग ठोक्किने , स्तन समाउने , पकेट मार्ने, अन्य चर्तीकला हेर्न जाने रमिते हरु अनि जुत्ता - चप्पल साट्न जाने हरुलाइ पो लखेट्नु पर्छ । बास्तवमा नांगो नग्गा बाबा होइन यौन कुन्ठाले ग्रसित हामी र हाम्रो बिकृत मनस्थिति र चिन्तन हो , नग्गा परम्परा को चिन्तन अनुसार यो समस्त अस्तित्व नै नग्गाहरु को वस्त्र हो - जुन आफैमा एउटा विराट चिन्तन को दशा हो। स्वयं लाइ विराट अस्तित्व मा समर्पित गरिसके पछि वस्त्र धारण गर्नु र नगर्नु को कुनै अर्थ छैन , अर्थ त केबल हामी जस्ता पाखन्डी हरुलाइ छ । धेरै पहिले विश्वका चर्चित विश्वविद्यालय का मनोवैज्ञानिक तथा बैज्ञानिक हरुले मनुष्यजाती को गहन मनोबैज्ञानिक पक्षको अनुसन्धान गरेको थियो , लामो खोज र अनुसन्धान पछि जे तथ्य को उजागर भयो त्यो निकै भयानक र डरलाग्दो थियो यसर्थ खोज को प्रतिवेदन लाइ गोप्य नै राखियो , जसलाई यहाँ भन्नु पनि उचित हुँदैन , यहि डरलाग्दो मनस्थिति को परिणाम हो नंगा बाबा को बारे अभद्र र मुर्खतापुर्ण टिप्पणी ।

सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

विचार जगत

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts