००

Wednesday, 14 February 2018

संस्कृत भाषा को अदभुत विशेषता , आयुर्वेद र एलोपैथी चिकित्सा:-

Author:
Shantiman Shrestha:
एक आलेखमा मैल्रे संस्कृत भाषाको विशेषताको बारे सानो चर्चा गर्दै लेखेको थिएँ ; "संस्कृत भाषा साँच्चैनै बडो अदभुत छ, संस्कृत भाषाका प्रत्यक शब्दहरु पत्र-दर पत्र - बिभिन्न दिशामा बग्दछ । शब्दहरुको बिभिन्न तलहरुको भिन्न - भिन्न अर्थ लाग्दछ" ; अझ भन्ने हो भने संस्कृतका प्रत्यक शब्दले दिने विभिन्न अर्थहरु बिच फेरि आपसमा सम्बन्धित हुन्छन र त्यसले फेरि अर्को गहन अर्थ दिन्छ। यो अदभुत विशेषता दुनियाको अरु कुनै भाषामा छैन ।
वेदको २ अर्थ :

     जस्तै : उदाहरणको लागि "वेद" लाई लिउँ : वेदको मुलत : दुईओटा अर्थ हुन्छन। वेदको एउटा अर्थ हुन्छ ज्ञान । भारतमा एउटा थर छ "वेदि" जस्तै प्रख्यात फिल्मी कलाकार कविर वेदि । यो वेदि थर सम्मानजनक रुपले पछि जोडिएको हो। कसैले चार वटा वेदहरु मध्य एउटा वेद कन्ठस्थ गर्यो वा त्यो वेदको सन्दर्भमा पुर्ण ज्ञान हासिल गर्न सक्यो भने उसलाइ सम्मानपुर्वक "वेदि" उपनाम दिइन्थ्यो र तदनुरुप उसको साखा सन्तान पनि वेदि उपनाम राख्न हकदार हुन्थ्यो । यसर्थ भारतमा यदि कसैको उपनाम वेदि छ भने यसको सिधा अर्थ हो उसको कुनै एक पुस्ताले एउटा वेद माथी पुर्णज्ञान हासिल गरेको थियो ।
     भारतमा प्रचलित अर्को उपनाम छ "द्दिवेदी"; कसैले २ वटा वेदमाथी पुर्णज्ञान हासिल गर्योभने उसलाइ द्दिवेदिको उपनामले सम्मानित गरिन्थ्यो। जस्तै : विख्यात साहित्यकार अजय प्रसाद द्दिवेदी ।
     त्यस्तै अर्को उपनाम छ त्रिवेदी ; तीनवटा वेदमा पुर्णज्ञान हासिल गर्न सक्नेलाई त्रिवेदी उपनामले सम्मानित गरिन्थ्यो ।
     फेरि अर्को उपनाम छ चतुर्वेदी ; चारओटै वेदमा पुर्ण ज्ञान हासिल गर्ने लाई चतुर्वेदी उपनामले सम्मानित गरिन्थ्यो र उ पछिका उसका सम्पुर्ण सन्ततिहरुले चतुर्वेदी उपनाम राख्दथे। जस्तै विख्यात लेखक रामानन्द प्रसाद चतुर्वेदी । आजपनि भारतमा चतुर्वेदीहरुको ठूलो मान- सम्मान र इज्जत गरिन्छ। 
          त, वेद को एउटा अर्थ भयो ज्ञान । वेदको अर्को अर्थ हुन्छ "पीडा" वा "दु:ख" ; हामी मध्य सबैले अत्याधिक प्रयोग गर्ने एउटा शब्द छ "वेदना" ; साहित्यको जगतमा त झन यो शब्द अझ बढि प्रयोग भएको पाइन्छ भाषा शैलीलाई मिठास बनाउन; तर शायदै हामी मध्य कसैले वेद र वेदना बीचको आपसी सम्बन्ध बारे हेक्का राखेको होला । तथ्य के हो भने ; वेद र वेदना शब्दको मुल धातु एउटै हो।वेदना शब्द वेद बाट नै निर्मित भएको हो। वेदनाको अर्थ हुन्छ "पीडा" ; यसर्थ वेदको अर्को गहिरो अर्थ हुन्छ "पीडा"
          अब वेदको भिन्दा - भिन्दै दुई अर्थहरु "ज्ञान" र "पीडा" लाई गहन रुपले विश्लेषण गरौं ; यी दुई शब्द बीचको अन्तर्सम्बन्ध केलाउने चेष्टा गरौं ; अब फेरि अर्को झन गहन अर्थ निस्कन्छ ; त्यो के हो भने ; कुनै पनि मानव जति ज्ञानी हुन्छ उ त्यत्ती नै पीडामा हुन्छ। जस्तो : वर्तमान दुनियाँमा जत्ती पनि बेथिती; अधर्म ; मारकाट ; हिंसा ; डकैती र युद्ध को भयाभह र दुर्भाग्यपूर्ण तितो यथार्थ छ ; यस प्रति ज्ञानी हरु जत्ती पीडामा हुन्छन मूर्ख हरु त्यत्तिकै कम पीडामा हुन्छन ; खाँटी मूर्ख त हुँदै हुँदैनन् । ज्ञानको मात्रा सङ्गसङ्गै पीडाको मात्रा बढ्दै जान्छ ; मुर्खताको मात्रा सङ्गसङ्गै पीडाको मात्रा घटदै जान्छ। 
          हामी सबैले चिनी निकै स्वाद मान्दै उपभोग गर्छौं किनकि हामी मध्य प्रायलाई चिनी बनाइने प्रकृयाको बारे ज्ञान छैन तर चिनी बनाइने प्रक्रिया र यसले गर्ने हानीको बारे पुर्ण ज्ञान भएको व्यक्तिले त्यसरी आनन्दपुर्वक चिनी उपभोग गर्न सक्दैन ; चिनी खानु पर्दा पीडाको अनुभव गर्नेछ, किनकी , बम ; गोला ; बारुद बनाउन नभै नहुने एउटा तत्व हो "सल्फर" ; र चिनी बनाउन पनि "सल्फर" नभै हुँदैन ; सल्फर भन्ने तत्वको एउटा खतरनाक विशेषता छ ; यसलाई मानव शरीरको पाचन प्रणालिले पचाउन सक्दैन ;  अर्थात यो शरीरमा छिरे पछि निस्कन जान्दैन।
     लगभग ४० किसिमका रोगको मुल कारण मानिन्छ चिनी। अर्थात चिनीको उपभोग गर्नु भनेको चालिस प्रकारका रोगलाई आमन्त्रण गर्नु हो। चिनी बनाउन प्रयोग हुने अर्को तत्व हो फस्फोरस जुन राँगा ; भैंसी ; बाख्रा लगायतका पशुका हड्डीहरु बाट प्राप्त गरिन्छ यसर्थ कसाई खानामा जम्मा हुने हड्डि हरु चिनी कारखाना पुग्छन । अब शुद्ध शाकाहारी हरु त मजाले चिनी खाइरहेका छन व्रत-उपवास सहित....कारण ???? उनिहरुलाइ जानकारी छैन चिनि बनाउने प्रकृयाको बारे ।
दक्षिण एशियामा चिनीको प्रचलन :

     दक्षिण एशियामा चिनीको प्रचलन आएको भारतमा अङ्ग्रेज छिरे सङ्गै हो त्यो भन्दा अगाडि कुनैपनि गुलियो पदार्थ वा खाद्य बनाउन सख्खर ; गुँड ; भेली ई. को प्रयोग हुन्थ्यो । अङ्ग्रेज हरुले पहिलो चिनी कारखाना महाराष्ट्रमा खोलेका थिए , यो कारखाना खुल्नुभन्दा अगाडी चिनी बेलायतबाटै आयात गरिन्थ्यो, र भनिन्छ कि चिनीको उपभोग गर्ने कोहि नभए पछि छट्टु अङ्ग्रेज हरुले 5 वर्ष भन्दा बढी समय सम्म सित्तैमा चिनी बाँडेका थिए ।
     हामी सबैलाइ थाहा छ ; कुनै पनि नशालु पदार्थ जस्तै चुरोट ; सुर्ती ; गाँजा रक्सी ; चरेस ई. सेवन गर्न सिक्नेले शुरुमा सित्तैमा सेवन गरेर सिक्छ ; कसैलेपनि पैसा खर्च गरेर सिक्दैन तर जब बानी र लत लाग्न थाल्छ तब उ पैसाले किनेर सेबन गर्न तयार हुन्छ । चिनीको हकमा पनि यहि भयो ;  अङ्ग्रेज हरुले सित्तैमा चिनी बाँडेर लत बसाल्दिए जब उनिहरुले चाल पाए कि आम मानिसलाइ चिनिको लत लाग्यो तब उनिहरुले चिनीको पैसा लिन शुरु गरे। चिनीको बारे यति कुरा थाहा भै सकेपछि चिनी खाँदा पहिला जस्तो आनन्द अलि नाआउला कि.....???
          अर्को कुरा पस्चिमा देशका नागरिकहरुलाइ पुर्विय आध्यात्मको गहन पक्ष बुझ्न अलिक कठिनाइ हुने गर्दछ ; यसको एउटा मुल कारण संस्कृत भाषाको अदभुत विशेषता पनि हो ; यस्ता कयौं संस्कृत शब्दहरु छन जसलाइ ठ्याक्कै अन्य भाषा; अझै पश्चिमका भाषाहरुमा उल्था गर्न सकिंदैन ; ठ्याक्कै अर्थ दिने उल्था गर्ने कुनै उपाए नै छैन ।
     जस्तै : संस्कृतको एउटा बहु प्रचलित शब्द "दर्शन" लाई लिउँ ; यसलाई अङ्ग्रेजीमा उल्था गर्नु पर्दा "Philosophy" हुन आउछ ; त के अङ्ग्रेजी शब्द "Philosophy" ले ठ्याक्कै "दर्शन" को अर्थ दिन्छ त ? अगाडी भने झैं संस्कृत भाषाका सबै जसो शब्दहरु को २ वा २ भन्दा बढी अर्थहरु बिच बेजोड र अर्थपूर्ण सम्बन्ध गाँसिएको हुन्छन। "दर्शन" को एउटा मुलभुतं अर्थ हुन्छ "साक्षात्कार " ; जस्तै " मन्दिर को दर्शन गर्न जाउँ ।"  "दर्शन" को अर्को अर्थ हुन्छ "तत्व ज्ञान" , अब दुइ शब्दहरु "साक्षात्कार" "तत्व ज्ञान" लाइ जोडौं , "दर्शन" को अर्थ "तत्व ज्ञान को साक्षात्कार" हुन आउँछ , अनि साक्षात्कार के को ? चेतन अस्तित्व को , यसर्थ "दर्शन" को अर्थ "स्वयं मा निहित चेतन अस्तित्व को साक्षात्कार" हुन आउंछ।  के "Philosophy" ले यो अर्थ दिन सक्छ ? "Let us philosophy church" भन्न सक्छौं हामी? जुन आध्यात्मिक उचाइ र गहिराइ "दर्शन" शब्दमा निहित छ यसलाई "Philosophy" शब्दले सम्बोधन गर्न सक्दैन ।
     English dictionary मा "Philosophy" को समानार्थी शब्द  thinking,beliefs,doctrine हुन आउंछ।
जस्तो: "Philosophy" को ब्याख्या यस्तो छ :
     "The study of the fundamental nature of knowledge, reality, and existence, especially when considered as an academic discipline."
     जुन कि  "दर्शन" शब्द ले दिने गहन अर्थ भन्दा नितान्त भिन्न छ।
          त्यस्तै अर्को शब्द छ "ध्यान" ; "ध्यान" लाई अङ्ग्रेजीमा भन्नू पर्दा "Meditation" हुन आउछ ; अब "Meditation" "ध्यान" को ठिक अर्थलाई बुझ्ने प्रयास गरौं । Meditation को अर्थ हुन्छ मनलाई केन्द्रीकृत  गर्नु अर्थात मनलाई कुनै एक विन्दुमा फोकस गर्नु ; तर ध्यानको अर्थ हुन्छ "मन को पारमा जानू " ; अझ जानू शब्द राख्दै पनि ठिक अर्थ चिप्लिन खोज्छ ; त्यसैले यसो भन्नू उचित हुन्छ ; ध्यानको अर्थ - "मन को पार" । पश्चिमा हरु Meditation लाई doing अर्थात  कृत्यको रुपमा लिन्छ्न ; त्यही भएर अक्सर यस्तो वाक्य प्रयोग हुन्छ - " I had gone to meditate." वा " Are you interested to meditate? " मानौँ कि कुनै काम गर्दैछौं ; तर  ध्यानको अर्थ र तात्पर्य बिलकुल अलग छ ; कुनैपनि प्रकारको कृत्य ध्यान हुँदैन ; गरेपछि ध्यान हुँदैन वा भनौं "ध्यान गर्नुनै पनि अ-ध्यान हो।" मनलाई केन्द्रीकृत गरौं वा विकेन्द्रीकृत गरौं  यसले कुनै अर्थ राख्दैन ; मनको उपस्थिती नै अ-ध्यान हो। 
          फेरि अर्को शब्द छ "स्वस्थ" ; "स्वस्थ" लाई अङ्ग्रेजीमा भन्नु पर्दा "Healthy" ; हुन आउँछ । तर यी दुई शब्द हरु ले दिने अर्थ हरु बिचको भिन्नता जमिन - आसमान को छ। Healthy को अर्थ सिर्फ यत्ती हुन्छ "रोग नहुनु" ; एलोपैथीका डाक्टर लाई Healthy भनेको के हो ? कस्तो व्यक्ती Healthy हुन्छ ? भनेर सोध्ने हो भने जवाफ आउँछ :- "शरीरमा कुनै प्रकारको रोग नभएको मान्छे नै Healthy हो ।" , अंग्रेजी शब्दकोष मा Health को परिभाषा यस्तो छ :
"The state of being free from illness or injury. 
     एलोपैथी चिकित्सा पद्दतीको पुरै सम्बन्ध रोग सँग छ । एलोपैथी चिन्तन मा पहिला "रोग" आउँछ त्यसपछी मात्र "health" आउँछ ।
     तर पुर्वको चिकित्सा पद्दती आयुर्वेद बिलकुल अलग छ। "आयुर्वेद" शब्दले नै धेरै कुरा जनाउँछ । पुर्वको स्वास्थ्य विज्ञान "आयुर्वेद" हो , पश्चिम को स्वास्थ्य विज्ञान "एलोपैथी" हो। Allopathy को परिभाषा यस्तो छ :
     "The treatment of disease by conventional means, i.e., with drugs having opposite effects to the symptoms."
     आयुर्वेदको अर्थ निकै गहन छ,  आयुको अर्थ हुन्छ जीवन ;  वेदको अर्थ हुन्छ विज्ञान ; अर्थात आयुर्वेदको अर्थ हुन्छ जीवनको विज्ञान  , जुन अर्थ प्रथमत:एलोपैथीले दिंदैन । अब "स्वस्थ" शब्दलाई बुझौं ; यो शब्द दुईवटा धातु मिलेर बनेको छ : १.स्व २.स्थ  ; "स्व" को अर्थ हुन्छ ownself अर्थात "स्वयं" ; आफू ; "स्थ"को  अर्थ हुन्छ Remain अर्थात "रहनु" । त्यसैले "स्वस्थ" को अर्थ हुन्छ - To remain with ownself (स्वयं मा रहनु) 
     एलोपैथी वा पश्चिमा चिन्तनले स्वयं (self) भनेको भौतिक शरीरलाई मान्छ तर हिन्दु चिन्तन वा आयुर्वेदले स्वयं (self) भनेको चेतनालाई मान्दछ। अब आयुर्वेदको अनुसार कस्तो व्यक्ती स्वस्थ हो त भन्दा जो स्वयंमा छ अर्थात चेतनामा छ शरिरमा होइन ; त्यो व्यक्तीनै स्वस्थ हो। मानीलिउँ कुनै व्यक्ती एकदम भोको छ ; उसको पेट धेरै दिनदेखि एकदम खाली छ  अब उसको मन र चेतना पुरै उसको पेटमा हुन्छ अर्थात भौतिक शरीरको एक भागमा हुन्छ ; यसको बिपरित उसले अत्याधिक बढी खायो ; हिड्न - बस्न अप्ठेरो हुनेगरि; यस अबस्थामा पनि उसको मन र चेतना पुरै उसको पेटमा हुन्छ। यदि उसले ठिक्क खायो ; न कम- न बढी; यस अबस्थामा उसलाई आफ्नो पेट छ - छैन ख्याल नै हुँदैन। यहि मध्यम मात्राको भोजनलाइ नै हिन्दु र बौद्धले सम्यक आहार भन्दछ्न ; सम्यकको अर्थ हुन्छ मध्यम ; बौद्ध दर्शन त अष्ट सम्यकमा आधारित छ त्यसैले बौद्ध धर्मलाई मध्यमार्गि धर्मको रुपमा चिनिन्छ। 
         हाम्रो शिरको बोध त्यतिबेला ज्यादा हुन्छ जतिबेला शिरमा दर्द हुन्छ ; जति बढी दर्द हुन्छ त्यत्तीनै बढी बोध हुन्छ। यदि शिरको बोध छैन भने यसको सिधा अर्थ हो शिर ठिक-ठाक छ।यहि कुरा पुरै शरीरमा लागु हुन्छ।
     आयुर्वेदको अनुसार पुर्ण स्वस्थ व्यक्ति त्यो हो जसलाई शरीरको कुनै बोध हुँदैन ; शरीरको बोध नभएपछि उ चेतनामा हुन्छ ; जुन कि उसको मुल स्वभाव हो।     
          एलोपैथी र आयुर्वेद बीचको अर्को मौलिक भिन्नता के हो भने एलोपैथीले शरीरको भिन्न भिन्न अङ्गलाई भिन्न भिन्न अस्तित्वको रुपमा लिन्छ त्यही भएर रोग लागेको अङ्गलाई  शरीरबाट अलग गर्ने विधि अपनाउँछ ; यसले मन र चेतनाको त झन कुनै ख्यालनै गर्दैन । यसको बिपरित आयुर्वेदको दृष्टि यस मामिलामा निकै गहिरो छ। जस्तो कि हिन्दु चिन्तनले पुरै ब्रम्हान्ड्ला एउटा शरीरको भिन्न भिन्न अङ्गको रुपमा लिन्छ र ती प्रत्यक अङ्ग एक अर्कामा परिपुरक रहेको मान्यता राख्दछ ; आयुर्वेदले पनि मानव शरीरलाई  सम्पुर्ण ब्रम्हान्डको एउटा अङ्गको रुपमा हेर्छ ; र शरीरको एउटा सानो पनि अङ्गलाई  त्यही शरीरको अरु अङ्गहरु ; उसको मन ; उसको चेतना र सम्पुर्ण  ब्रम्हान्डसंग अन्योन्याश्रीत रुपले सम्बन्धित रहेको तथ्यलाई ख्याल गर्दछ र यसै अनुसार उपचारको विधि अपनाउछ। 
          संस्कृत भाषा कति बेजोड, तथ्यपरक र बैज्ञानिक छ भन्ने कुराको एउटा उदाहरण हेरौं  : - शायद धेरैलाई थाहा छैन होला "हरि" को वास्तविक अर्थ ,तथापी, "हरि" शब्द हिन्दूहरुको जनजिब्रोमा सबैभन्दा बढी उच्चारण हुने शब्द हो - अझ विशेष गरि भजन-किर्तनमा त "हरि" शब्दको प्रचुर उच्चारण हुन्छ। "हरि" शब्दको पनि मुलभुत दुइ अर्थ छन ति दुबै अर्थ बिच गहिरो सम्बन्ध स्थापित भै निकै गहन अर्थ दिन्छ।
     "हरि" शब्दको एउटा अर्थ हुन्छ "परमात्मा" वा "ईश्वर" - अर्को अर्थ हुन्छ "चोर" ; निश्चय नै तपाइलाइ ताज्जुब लाग्ला र विश्वास गर्न कठिन पर्ला - "हरि" को अर्थ हुन्छ "चोर" , यि दुइ अर्थ जोडदा "हरि" शब्दले दिने सन्देश र अर्थ हो ,"परमात्मा चोर हो।"  हिन्दुजन हरुले परम प्रभु परमात्मालाई जनाउने अर्को शब्द हो "हरि" ; अनि संस्कृत भाषामा  एउटा शब्द छ "हरण", "हरण" , को अर्थ हुन्छ , डकैती,चोरी,जबर्जस्ती लुट्नु - "हरण" शब्द यही  "हरि" बाट अप्रभङ्श भएर आएको हो , जस्तै केही प्रचलित वाक्यहरु :- "रावणले सीता हरेर लग्यो" ; "कौरवहरुले द्रौपदी को चिर हरण गर्यो"  ई.
     -  "हरि" अनी "चोर" ??? पत्त्याउन मुश्किल पर्छ - तर वास्तविकता यही हो - हरि त्यो हो जस्ले हर्छ वा हरण गर्छ वा चोर्छ ; परमात्माले के चोरेर "हरि" नाम रहन गयो ? गहिरो अर्थ यो हो कि परमात्माले मनुस्यको लोभ, अहङ्कार,काम , क्रोध , मोह , बासना चोर्छ अथवा खोस्छ - त्यसैले परमात्माको अर्को नाम हरि रहन गयो,  संसारमा हिन्दू मात्र यस्तो मनुश्य जाती हो जसले परमात्मालाई "चोर" को रुपमा चित्रण गर्ने साहस गर्दछ । यो कल्पना हामी अन्य कुनैपनि धर्ममा गर्न सक्दैनौं , ईस्लाममा अल्लाह लाइ चोर भन्यो भने निश्चित छ "फतवा" जारी हुन्छ , ईसाइको अनुसार नर्कमा सड्नुपर्ने हुन्छ । 
          संस्कृतमा अझ अर्को शब्द छ "ईन्द्र" , यो शब्दले दिने अर्थ र संदेशको त अनुमान लगाउन पनि कठिन छ , हाम्रो मनुष्य देहमा पाँच sense organ हरु छन ~ जस्तै:नाक, कान्,आँखा,जिब्रो र छाला जसलाई संस्कृत भाषामा  इन्द्रिय भनिन्छ । धेरैलाइ थाहा नहोला "इन्द्रिय" शब्द "ईन्द्र" बाट आएको हो । दुबै शब्दको मुल धातु एउटै हो।  हिन्दू ग्रन्थहरुमा इन्द्रलाई देबताको राजाको रुपमा बर्णन गरिएको छ । राजा अर्थात - प्रमुख, मालिक , आदेशक । हाम्रो शरिरको पाँच इन्द्रीयहरुको मालिक-नियन्त्रक अथवा राजा मस्तिष्क (Mind) हो । यसर्थ "ईन्द्र" भन्ने पात्र मष्तिस्कको प्रतिक वा बिम्ब हो र कथाहरुमा ईन्द्रको रुपमा चितृत पात्रको सम्पुर्ण वर्णन "मस्तिष्क" को वर्णन हो र इन्द्र सँगै चितृत अन्य पात्रहरुको वर्णन "मस्तिष्क" सँग सम्बन्धित अन्य पक्षहरु जस्तै यौन , क्रोध , लोभ , अहंकार , चेतना ई. को वर्णन हो। 
          पौराणिक कथाहरुमा ईन्द्रको प्रसंग आउने बित्तिकै हामी ईन्द्रको भौतिक शरिरको परिकल्पना गर्छौं र यहि अनुसार कथालाइ बुझ्न खोज्छौं अनि चिप्लिन्छौं र गलत अर्थ निकाल्छौं , अहिलेसम्म भएको यहि छ।
             कथाहरुमा ईन्द्र अप्सरा नामक सुन्दर स्त्री बाट मोहित भएको र अप्सरालाई प्राप्त गर्न ईन्द्रले अनेक हर्कत गरेको उल्लेख छ । यहाँनेर अप्सरा यौनको प्रतिक हो र अप्सरा लाई प्राप्त गर्न ईन्द्रले गरेको हर्कतको सम्पुर्ण बर्णनले मष्तिस्क र यौनको बर्णन गर्दै मष्तिस्क सदैब यौन प्रती लालाईत हुने बताउँछ ।
     ईन्द्रले अन्य ऋषिमुनीहरुको तपस्या भंग गर्न अनेक कुटिल प्रयासहरु गरेको र जसको लागि सुन्दर स्त्रीहरुको उपयोग गरेको उल्लेख छ । जसले २ अर्थ दिन्छ :
     १. मष्तिस्क सदैब अहंकारी (Egoist) हुन्छ र उ अरुलाई आफु समान वा आफुभन्दा माथि गएको देख्न सक्दैन त्यस्को लागी Mind जस्तो सुकै निच हर्कत गर्न पछी हट्दैन ।
     २. यौन मानिसको सबैभन्दा ठुलो कमजोरी हो र जस्तोसुकै महान र कहलिएको मनुष्य पनि यौनको अगाडी शरण पर्छ।अप्सराको मोहमा फसेर अनेक ऋषिहरुको तपस्या भंग भएको बर्णनले यो बताउँछ कि मानिसहरु सदैब यौनको दास हुन्छन र यौन र मानिस वा मष्तिस्क बिचको लडाइमा यौन सदैव बिजयी हुन्छ।
   सनातन नेपाल जागरण  ®

No comments:

Post a Comment

विचार जगत

Most Visited Post

चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता

Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts