००
Wednesday, 7 February 2018
नेपाल का ठगहरु
आधुनिक नेपाली समाजको मनोविज्ञान मा एउटा विकृत मनस्थितीले डेरा जमाएको छ - नठगी - नलुटीकन दाम कमाउन सकिँदैन , त्यसैले यस्तो उखान-टुक्का आम मानिसको जन-जिब्रो मा झुन्डिरहेको पाइन्छ " सोझो औंलाले घिउ आउँदैन" । हुन पनि औंला बांगो गर्ने जमातकै रवाफ र भड्किलो चुरिफुरी समाजमा देख्न पाइन्छ। यसरी औंला बाँगो गर्ने ठग र बेइमान कै विलासितापुर्ण जिवनशैलि र रवाफ देखेर सामान्य र तुलनात्मक रुपले इमान्दार गनिनेहरु समेत औंला बंगाउने होडमा लागिपरेको देखिन्छ , हुँदा हुँदा मान्छे देखेर नै तर्सनु पर्ने अवस्था सिर्जना भएको छ , कसको विश्वास गर्ने - कसको नगर्ने । यस्तैमा वैदेशिक रोजगारि उपलब्ध गराउने नाममा ठगी गर्ने गिरोहहरु को गतिबिधी बढ्दो छ । अधिक तलब , ओटि , छुट्टि , बोनस , लजिङ-फुडिङ जस्ता आकर्षक सुबिधा को प्रलोभन देखाइ गएगुज्रेको कम्पनीमा लगेर फँसाउने र पासपोर्ट - भिसा खोसेर लैजाने यी ठग दलाल हरुको धन्धा हो । अरबको खाडिमा लाखौं नेपाली युवाहरु यस्ता ठगहरुको जालमा परि नरकिय जीवन बिताउन बाध्य छन भने कतिपय आत्महत्या गर्न विवश छन । यस्तै ठगहरु मध्य का हुन मकवानपुर निवासी रबिन कार्की र निजकी श्रीमति काठमाडौ बस्ने सबु गौतम , दैलेख महाबु -४ घर भै हाल काठमाडौ टोखा-५ बस्ने केशब शाही, काभ्रे घर भै हाल डिल्लिबजार बस्ने देव राखेल मगर । UAE मा यी ठग हरुको जालमा फसि कष्टकर जिवन व्यतित गर्न बाध्य फर्पिङ-९ का संजय खड्का र राकेश थापा , काठमाडौ बालुवाटार का मंजिल श्रेष्ठ , मोरङ का सोमित राई, राजेश शाही, अजय महत, सागर बि.क., लक्ष्मण बि.क., नवराज बि.क. लगायत का सयौ युवाहरुको बेदना र ब्यहोरेको दु:ख कष्ट सुन्ने-बुझ्ने जो सुकैको मन खिन्न हुन्छ । जानकारी अनुसार रबिन कार्की कि श्रीमति सबु गौतम ले नेपाल मा सोझा साझा युवाहरू खोजिगरी विभिन्न प्रलोभन देखाइ मोटो रकम असुल गरि खाडी देशमा पठाउने गर्छन र उनका श्रीमान रबिन ले खाडिमा सेटिङ मिलाइ विभिन्न तल्लो दर्जाको कम्पनी बाट फेरि रकम असुल गरि ती युवाहरुलाइ त्यहाँ फसाउने गर्छन , यसरी दोहोरो रकम असुल गरि पासपोर्ट र भिसा समेत कब्जा गरि हाल निज रबिन कार्की फरार रहेको जानकारी मा आएको छ । यसरी फँसेका युवाहरु मध्यका संजय खड्का का अनुसार उनलाइ १७०० दिराम मासिक तलब , ओभरटाइम , हप्ताको १ दिन छुट्टी , लजिङ-फुडिङ को सुबिधा र सेल्सम्यानको सजिलो काम को प्रलोभन मा पारी २ लाख ७५ हजार असुल गरि UAE पठाइएको थियो तर त्यहाँ पुगे पछि ७०० दिराम मा बिना कुनै ओभरटाइम , बिना छुट्टि , बिना कुनै लजिङ-फुडिङ दैनिक १७ घन्टा लेबर काममा दल्लाइएको छ । उनी त्यहाँबाट उम्केर घर फर्कन चाहन्छन तर उनिसँग न त पासपोर्ट नै छ न त भिसा नै , दलाल सँग गुनासो गर्यो मतलब छैन भन्ने ठाडो जवाफ दिन्छ - उनको दुखेसो छ ।रेमिटेन्स मा धानिएको यो सरकार र विशेषगरि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय लाई आफ्ना नागरिकहरु प्रती जिम्मेवारीबोध हुनु पर्दैन ? यस्ता ठग-दलाल हरुको नियमन गरि कार्यवाही गर्नु पर्ने हो । तर ढिलै भए पनि नेपाली दूतावासले हालै UAE लगायत का मुलुकमा भिजिट भिसाको नाममा ठगी गर्ने मानव तस्करहरुको नामावली सार्वजनिक गरेको छ ।
यसरी मानव तस्करी गरि आफ्नै नेपाली दाजु भाइ ठग्ने र मरुँ कि बाँचुको हालतमा पुर्याउने अपराधिक गिरोहको नामावली सार्वजनिक गर्नु नेपाली दूतावास युएईको कदम स्वागतयोग्य नै मान्नु पर्छ । उद्दार गरिएका ३३ जना महिला र ३८ पुरुष समेत गरेर ७१ जनाको उजुरीको आधारमा निम्न बमोजिम मानव तस्करी गर्ने गिरोहका नामावली नेपाली दूतावासले सार्बजनिक गरेको छ । अहिले सम्म जे-जति युवा हरु फसे र कष्ट व्यहोरे , फेरि थप अरु नेपाली युवाहरु पनि यस्ता ठगी मा नफसुन भनेर जनचेतनाको लागि यी ठग र अपराधीहरु को पर्दाफास गर्नु जरुरी छ ।
यी हुन 'युएई'का लागी मानव तस्करी गर्ने ठग गिरोहका नाइकेहरु !
१) राजिव मल्ल (०५५-२२५०९९३,०४६०९३८४०)
२) केशव शिवाकोटी (०५२-६४९०९२९)
३) रेणु शिवाकोटी शाह तेली (०५०-१९४२७५६)
४) इश्वर श्रेष्ठ (०५६-३१७२६९६)
५) टंक सुवेदी , क्यापिटल रिक्रुट्मेन्ट सर्भिशेष लि.(०५६-१९१३६८६)
६) सुनिता थापा Al bayara co. (०५६-३७५४९५६)
७) राकेश खडायत (०५२-७३५७१७०,०५५-५४००९२४)
८) कुबेर रानाभाट (०५२-४५२२३१७,०५५-८२९७३६७)
९) विवेक श्रेष्ठ / सुभाष श्रेष्ठ ( अन्नपूर्ण ट्राभल्स , नेपाल )
१०) हरिशरण दास ( victory manpower)
११) पुष्कर कार्की (०५५-५१२७२४५)
१२) देवेन्द्र गौतम (PP No .08424098)
१३) भक्तिराम कोइराला sweet technical services ( ०५६-५०२४२२८,०५२-८४७६११५)
१४) राजकुमार लामा (०५४-४२०२३५१,०५२-४२१४८२०)
१५) भिम बहादुर सुनार (९८१८१७४००७)
१६) रामकृष्ण थापा मगर / रमेश कुंवर - धादिङ (०५४-७३३११३८,०५५-२९८३४१२,०५४-४८०३७५१)
१७) प्रवीण नरसिंह राना ( pandora incorporation pvt.ltd.)
१८) पिताम्बर पराजुली (०५६-४८९९५४८)
१९ प्रजिल पराजुली ( ०५६-४७००११८)
२०) साजन पाण्डे (०५०-६४४९६३३)
२१) प्रताप लिम्बु (०५०-९६६८२४१)
२२) इशाराफुल शाह , उम अलक्विन (०५४-३८५३५६२)
२३) लक्ष्मण परियार (०५६-३७५४०५३)
२४) रोजन ( सुब्बा )मगर ( ०५२-८३५५३९९)
२५) नरबहादुर घले ( निशान ) ०५६-१३४६४६४
२६) सोनाम लामा ( सिन्धुपाल्चोक ) ९८२३१३४५५७
२७) नवीन भट्टराई (००९१-९९१०७५४२०९)
२८) राजकुमार लिम्बु
२९) श्याम लामा ( काठमाडौ )
३०) डिमा शर्मा (९८१००३१७५३)
३१) कृष्ण बहादुर गुरुङ ( झापा )
३२) हर्के तामाङ ,प्रेम खड्का , बिष्णु तामाङ ( काठमाडौ )
३३) रमा तामाङ (९८१९३२४०२७)
३४) इशान खत्री
३५) सुश्मा श्रेष्ठ ( अजमान ) ०५६-६७५०४१२
३६) बिना खरेल ( मोरङ ) ९८१३९१३३७८
३७) हेमकुमारी बिक ( झापा ) ९८४७७१६९१२
३८) कमला तामाङ ( झापा ) ९८०६५७४३४८
३९) रतन लिम्बु / कल्पना राई
४०) कर्पु तामाङ ( सिन्धुपाल्चोक )
४१) भिम तामाङ ( मकवानपुर )
४२) निमा शेर्पा ( इलाम )
४३) बाबुराम लामा ९८४०२९८०३१
४४) मास्तर थिङ / भिम थिङ
(९८१७२९२००८,९८१७२६७१२१)
४५) लक्ष्मी शेर्पा (९८१४०८३१०९)
४६) साइला तामाङ , सुजन भण्डारी
४७) बिष्णु परियार ( बुटवल )
४८) रोजन मगर ( सुब्बा ) ०५२-२८३५५३९९
४९) जिमि गुरुङ ( काठमाडौं ) ९८१३३८९९५
५०) रानी राई ( दमक ) , डिल्लिमान तामाङ ( काठमाडौ )
५१) कला राई ( ९८४९२५५५४३)
( यो पोष्ट लाई share गर्न नभुल्नु होला ताकी तपाइँको आफन्त पनि यी ठगहरुको जाल मा नफसुन )
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: हजारौं वर्षअघि रचना भएको वैदिक शास्त्रहरुमा पृथ्वी , सुर्य र व्रन्हान्ड सम्बन्धी सम्पुर्ण रहस्यहरु उदघ...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
Author: Shantiman Shrestha: शायद भारतिय उप-महाद्दिपमा सबैभन्दा चर्चित र विवादास्पद ग्रन्थ होला "मनु स्मृती" ।...
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
लेखक: प्रवीण अधिकारी: हिन्दू धर्मको वृहद अवधारणा भित्र कुनैपनि व्यक्तिको निजि जीवनमा ४ वटी आमाहरुको अस्तित्व स्वीकारिएको हुन्छ - १...
-
लेखक: निर्मलमणि अधिकारी ‘आयोदधौम्य’, पीएच.डी. : ‘हिन्दू’ शब्दको परिभाषा दिनु एकातिर अत्यन्त सजिलो छ भने अर्कातिर अत्यन्त अप्ठ्या...
-
यमराज ले नर्क मा पुगेका हरु लाई सजाय सुनाउदै जाने क्रम मा अन्त्य मा एकजना किसान र एकजना नेता वाँकी थियो । यमराज ले भनेछ : तिमीहरुले गरेक...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
No comments:
Post a Comment