००
Tuesday, 6 February 2018
स्टालिन , कुखुरो र कुखुरो को चारा
रुसि कम्युनिष्ट तानाशाह जोसेफ स्टालिन एक दिन आफ्नो पार्टीको पोलिट ब्युरो को मीटिङमा उपस्थित भए एउटा जिउंदो कुखुरा सहित। मीटिङ को शुरूवात मा नै उनले त्यो कुखुराको प्वांख एक-एक गरि थुतेर मिल्काउन थाले, कुखुरा तड्पिन थाल्यो पिडा ले । त्यहाँ उपस्थित अन्य सबै नेताहरु तमासा हेर्न लागे, स्टालिन ले निर्दयता पुर्वक उक्त कुखुराको सबै प्वाँखहरु थुतेर फाले, अनि कुखुरा लाइ जमीनमा फालिदिए । त्यसपछि उनले आफ्नो खल्तीबाट अन्न का केहि दानाहरु निकालेर कुखुराको अगाडी छरिदिए । कुखुराले त्यो दानाहरु खान थाल्यो अनि स्टालिन को खुट्टा नजिक आएर बस्यो । उनले अरु दानाहरु भुइँमा छरे अनि कुखुराले त्यो पनि खायो र अब त्यो कुखुरा निर्दयी तानाशाही नेताको अगाडी पछाडि घुम्न थाल्यो ।
त्यसपछि तानाशाही नेताले आफ्नो पार्टीको नेताहरुलाई सम्बोधन गर्दै भने- "जनता भनेको यो कुखुरो जस्तै हुन् । तपाईंहरुले उनिहरुलाई बेसाहारा, बिबश र कमजोर बनाउनु पर्छ, उनिहरु माथी सकेको अत्याचार गर्नु पर्छ, उनिहरुलाई तपाईंको जरुरत छ भन्ने देखाउन उनिहरुलाई तड्पाउनु पर्छ, उनिहरुलाइ सदैब त्रास,भय र आतंक को माहौल मा राख्नुपर्छ ताकी उनिहरुलाइ लागोस उनिहरुको जिवन तपाइहरु को हात मा छ र केबल तपाइहरुले उनिहरु को संरक्षण गर्न सक्नुहुन्छ , जब तपाईंले यस्तो गर्नु हुन्छ तब थोरै दाना-चारो फ्याँक्नु भयो भने पनि त्यो कुखुरा जस्तै जनता जिन्दगीभर तपाईंको गुलामी गर्नेछन् र तपाईंलाई आफ्नो महानायक ठान्नेछन् । उनीहरुले भुल्नेछन् कि उनीहरुको बर्बादी को कारण तपाईं हो भनेर ।"
अझै पनि समय छ ।आफ्नो प्वांख निर्ममता पुर्वक उखेल्नेलाई चिन्ने प्रयास अवश्य गर्नुस् ! त्यो कुखुरालाई थाहा थिएन तर तपाईंलाई ? सोंच-बिचार गर्नुस् अझै दुई-चार दाना मकैको चारो फाल्ने र तपाईंको प्वाँख लुछ्ने उनै त हैनन्? कि त्यही कुखुरो जस्तै वरिपरि घुम्नुहुन्छ प्वाँख तान्नेको ? तपाईं कुखुरो होईन, तपाईं तपाईं बन्नुस् - स्वाभिमानी मानव । सबै तानाशाह हरु चतुर हुन्छन , उनिहरु नागरिकहरु को मनोबैज्ञानिक कमजोरी केलाउदै त्यसैमा टेकेर नागरिक माथी निरंकुशता लादछन । एडोल्फ हिटलर ले आफ्नो आत्मकथा "Mein Camf" मा लेखेका छन - जनताहरु मुर्ख हुन्छन , उनिहरु लाइ सत्य र असत्य संग सरोकार हुँदैन - स्पष्टता सँग हुन्छ त्यसैले जनता को माझ मा भाषण गर्दा यो कुराको कत्ती फिक्री नगर कि तिमि सत्य बोल्दैछौ कि असत्य - तिमि जे बोले पनि बोल तर स्पष्ट संग बोल - झुठ बोल तर झुठ लाइ प्रष्ट र दरो तरिका ले बोल किनकी जनता स्पष्ट कुरा सुन्न चाहन्छन । बिडम्बना: सत्य स्पष्टता मा होइन बिरोधाभाष मा हुन्छ तर बिरोधाभाषी हरु न त राजनीति मा सफल हुन्छन न त आध्यात्म मा नै । विश्व मा धेरै कम मानिसहरु लाइ जैन धर्म को वारे जानकारी होला, निकै कम अनुयायी छन यस धर्म का , इसाइ, इस्लाम , बौद्ध लगाएत का धर्महरु विश्वभर फैलदा यो धर्म भारत को केहि प्रान्त मा सिमित छ तर यो धर्म को बैज्ञानिकता र गहिराइ को मुकाबिला मा अन्य कुनै धर्म आउदैन , यो धर्म फैलन नसक्नु को एउटै कारण हो यो धर्म स्पष्ट छैन किनकि सत्य स्पष्ट हुँदैन विरोधाभाषपूर्ण हुन्छ।यस धर्म का २४ औं तथा अन्तिम तिर्थकंर महाविर को एउटा सिद्धान्त छ "स्यातवाद" - स्यात को अर्थ हुन्छ "शायद" - वास्तवमा सापेक्षतावाद को सिद्धान्त का प्रतिपादक अल्बर्ट आइन्सटाइन होइनन महाविर हुन , यसलाइ बुझ्ने चेष्टा गरौं ।सापेक्षतावाद को सिद्धान्त को मुल मर्म भनेको सत्य निरपेक्ष होइन सापेक्ष हुन्छ भन्ने हो - "पृथ्वी छ" भन्ने तथ्य निरपेक्ष सत्य होइन किनकी कुनै दिन थिएन - सत्य भएन - आज छ र सत्य हो - भोली हुँदैन र असत्य हुन्छ । यस धर्ती कै सत्यता निरपेक्ष नभए पछि यस धर्ती मा घटने तमाम घटना र तथ्यहरु अन्तिम सत्य हुने कुरै भएन । "स्यातवाद" ले यहि भन्छ - महावीर लाइ ईश्वर छ भनेर सोधियो भने धेरैओटा जवाफ दिन्थे - जस्तै : खै कसैले छ भन्छन , कसैले छैन भन्छन , भएर छ भनेका हुन कि ! नभएर छैन भनेका हुन ! शायद हुन पनि सक्छ , शायद नहुन पनि सक्छ । यस्तो हुन्थ्यो महाविर को जवाफ । उनको हरेक जवाफ यस्तै हुन्थ्यो - कुनै पनि प्रश्न को एउटै स्पष्ट जवाफ उनले कहिल्यै दिएनन । स्वर्ग छ कि छैन ? उनको जवाफ हुन्थ्यो : शायद छ पनि - शायद छैन पनि । मुक्ती सम्भव छ ??? उनको जवाफ हुन्थ्यो : शायद छ ! जैन पुर्णत विरोधाभाषी दर्शन र धर्म हो । मानिस जति मुर्ख हुन्छ त्यती स्पष्ट हुन्छ , अल्बर्ट आइन्सटाइन वा महावीर कुनै पनि कुरा मा स्पष्ट हुन सक्दैनन ।फौज मा सेना लाइ दिइने सम्पुर्ण तालिम हरु विवेकशील बनाउन होइन मुर्ख बनाउन हो त्यही भएर एक जनाले परेड बिगार्यो भने सबैलाइ लात हानिन्छ , मुर्ख नभै उ स्पष्ट हुँदैन , स्पष्ट नभै उसले गोलि चलाउन र मन्छे मार्न सक्दैन , मन्छे मार्न नसक्ने असली फौजी हुन सक्दैन । एउटा विवेकी व्यक्ती कदापी असली सेनाको जवान हुन सक्दैन । जैन धर्म को मान्यता स्पष्ट नभएको ले नै यो विश्वव्यापी हुन सकेन - आम मानिस या त इश्वर छ भन्ने स्पष्ट कुरा मा आकृष्ट हुन्छन या त छैन भन्ने स्पष्ट कुरा मा आकृष्ट हुन्छन । एक दिन मा २४ घन्टा हुन्छ भन्ने तथ्य पृथ्वी मा सत्य हुन्छ तर मंगल वा अन्य ग्रह मा असत्य हुन्छ , जैन दर्शन ले यो सब लाइ दृष्टिगत गर्छ । विश्वमा सबैभन्दा धेरै अनुयायी ईशाइ धर्म मा छ तर दर्शन र आध्यात्म का गहिरो जानकारी राख्ने हरेकलाइ थाहा छ ईसाइ को कुनै गहन दर्शन नै छैन तर यसको मान्यता प्रष्ट छ , इसाइ को दर्शन जैन दर्शन को छेउछाउ मा पनि आउदैन - यि दुइ को कुनै तुलना नै हुँदैन तर जैन धर्म को बारे विश्व का अधिकांस मानिस अनभिज्ञ छन । जैन को एउटा अवधारणा छ "तिर्थकंर गोत्रबंध" - जुन अवधारणा को उचाइ लाइ आध्यात्मिक जगत को निकै गहिरो मानिने हिन्दु दर्शन र बौद्ध दर्शन ले समेत समेटन सकेको छैन । यस्तो गहिरो र बैज्ञानिक धर्म केवल सानो घेरा मा किन सिमित रह्यो - उत्तर प्रष्ट छ : आम नागरिक हरु सत्य प्रति कुनै सरोकार नै राख्दैनन केबल प्रष्ट विचार को गुलाम हुन्छन ; हिटलर ले मानव को यो कमजोरी लाइ वुझे र आफ्नो राजनितिक गतिविधि लाइ अगाडि बढाए । हिन्दु दर्शन पनि विरोधाभाषी दर्शन हो यसर्थ यसलाइ समग्रता मा बुझ्न कठिन हुन्छ - यसलाई समग्रता मा नबुझ्दा बिबिध खाले भ्रम र दुरुपयोग वा गलतवुझाइ हुन जान्छ शायद दुनिया मा सबैभन्दा बढी गलत बुझाइ को शिकार भएको धर्म हिन्दु नै हो ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment