००
Wednesday, 7 February 2018
नेता , किसान , र यमराज
यमराज ले नर्क मा पुगेका हरु लाई सजाय सुनाउदै जाने क्रम मा अन्त्य मा एकजना किसान र एकजना नेता वाँकी थियो । यमराज ले भनेछ : तिमीहरुले गरेको पाप को सजाय स्वरुप तिमी हरु लाई १०० - १०० कोररा ढाड मा हान्ने फैसला गरिएको छ तर आज मेरो जन्म दिन को साइत परेछ त्यसो हुँदा मेरो जन्म दिन को अवसर मा कोररा खानु अगाडी तिमी हरु को केहि इच्छा छ भने भन, पुरा हुन्छ । यमराज ले पहिला नेता लाई सोधेछ : तँ नेता परेछ्स ; ल भन कोररा खानु अगाडी तेरो एउटा इच्छा के छ ? नेता ले बडो बाठो हुँदै भनेछ : महाराज !!!! कोररा हान्नु अगाडी मेरो ढाड मा एउटा सिरानी बाँधिबक्स्योस ।
त्यसपछी यमराज ले किसान लाई भनेछ: तँ चाहिं सर्वसाधारण - सोझो परेछस ; त्यसैले तेरो २ ओटा इच्छा पुरा हुन्छ कोररा खानु भन्दा अगाडी - ल भन , तेरो २ ओटा इच्छा के छ ?
किसान ले भनेछ : महाराज !!! पहिलो त मलाई १०० कोररा होइन २०० कोररा हानिबक्स्योस । यमराज ले आश्चर्य चकित हुँदै सोधेछ : अनि दोस्रो इछ्छा नि ? किसान ले नेता लाई देखाउदै भनेछ : हो यो नेता लाई मेरो ढाड मा बाँधिबक्स्योस। किसान को इच्छा अनुसार उनलाई २०० कोररा हानियो- पहिलो १०० कोररा ले नेता को ढाड मा बाँधिएको सिरानी धुजा - धुजा भएछ; पछिल्लो १०० कोररा नेता को ढाड मा परेछ र नेता को भाग को १०० कोररा ले नेता लाई थला पारेछ ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...

Popular Posts
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: हजारौं वर्षअघि रचना भएको वैदिक शास्त्रहरुमा पृथ्वी , सुर्य र व्रन्हान्ड सम्बन्धी सम्पुर्ण रहस्यहरु उदघ...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: सुरेन्द्र गौतम:- विशेष गरी सत्रौ शताब्दी तिर विश्वको अनेक भाषाहरुमा हाम्रो हिन्दू धर्मको अनेक ग्रन्थहरुको अनेक संस्करण छापिन थ...
-
Author: Shantiman Shrestha: शायद भारतिय उप-महाद्दिपमा सबैभन्दा चर्चित र विवादास्पद ग्रन्थ होला "मनु स्मृती" ।...
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
लेखक: प्रवीण अधिकारी: हिन्दू धर्मको वृहद अवधारणा भित्र कुनैपनि व्यक्तिको निजि जीवनमा ४ वटी आमाहरुको अस्तित्व स्वीकारिएको हुन्छ - १...
-
लेखक: निर्मलमणि अधिकारी ‘आयोदधौम्य’, पीएच.डी. : ‘हिन्दू’ शब्दको परिभाषा दिनु एकातिर अत्यन्त सजिलो छ भने अर्कातिर अत्यन्त अप्ठ्या...
-
यमराज ले नर्क मा पुगेका हरु लाई सजाय सुनाउदै जाने क्रम मा अन्त्य मा एकजना किसान र एकजना नेता वाँकी थियो । यमराज ले भनेछ : तिमीहरुले गरेक...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
hahaha,sahi
ReplyDelete