००
Thursday, 8 February 2018
मलाई दयानन्द किन प्रिय छन्?
अविरल डि.सी
महर्षि दयानन्द सरस्वती:भारतीय धार्मिक इतिहासको अत्यन्त चर्चित नाम हो । हुन त धार्मिक इतिहासमा भारतीय परम्परामा धेरै नाम छन् जस्तै राजा राम मोहन राय , केशव चन्द्र सेन, सन्त कबीर, स्वामी विवेकानन्द आदि । तर सत्यता , आध्यात्मिकता, एकेश्वरवाद, वैदिक उन्मुखपन , पाखण्डहीन समाजको कल्पना जहाँ अंग्रेज कालीन उपनिवेशमा गर्न गाह्रो हुन्छ त्यसबेला केवल यौटा एक्लो साधुले यस्तो समाजको निर्माण गरिदियो जुन समाजको उद्देश्य सनातन धर्मको परिभाषामा वैदिक विचारधाराको प्रवाहमै सारा राष्ट्रको मैल धुन सकोस् । हो ! त्यसैले महर्षि दयानन्द सरस्वती मलाई प्रिय छन् । शैव–औदिच्य–सामवेदी ब्राह्मण कुलमा जन्मिएर परिवारको बिघौको जमिनदारी,जागीर आदि सम्पत्ति हुँदा पनि मोह नगरेर ब्रह्मचारी–सन्यासी भएर धर्ममा रमाउने , तर्कशील–संयमी सन्तको रूपमा स्थित थिए हाम्रा स्वामी दयानन्द। हो ! त्यसैले मलाई महर्षि दयानन्द सरस्वती प्रिय छन्। शुद्र–स्त्री जातिलाई दबाएर जहाँ एकातिर धर्मपरिवर्तनको मार्ग विस्तृत गर्दै थिए देशका आन्तरिक शत्रुहरू र बाह्य रूपमा भारतलाई लुटिरहेका थिए युनानी अंग्रेजहरू , त्यो बेला हतोत्साहित नभएर यौटा वैदिक विचारको संग्रह गरेर पंडित लेखराम– स्वामी श्रद्धानन्द–गुरुदत्त विद्यार्थी जस्ता क्रान्तिकारी दिने तथा स्वराजको सपना देखाएर त्यसलाई प्राप्ति गर्न आचारको विस्तार गर्ने कर्मठ प्रकाशक सन्त थिए दयानन्द । हो ! त्यसैले मलाई महर्षि दयानन्द प्रिय छन्। जहाँ अवतारवादमा वेदादिशास्त्र विरुद्ध आफूलाई विष्णु–शिव–गणेश आदिको अवतार बताउने पाखण्डीहरू धर्मलाई बदनाम गर्ने कुचेष्टा गरिरहन्छन् , धर्मलाई रिलिजन–मजहब आदि बनाएर कलंकित गर्छन् ,धर्मलाई व्यापारको बाटो बनाउँछन् , त्यसबेला पाखण्ड–खण्डिनी ध्वजा लहराएर देशलाई अन्धविश्वास हीन बनाउने सपना देख्ने ती आँखा थिए दयानन्दका । हो ! त्यसैले मलाई महर्षि दयानन्द प्रिय छन् । आजको समाज महर्षि दयानन्दको तस्वीर ठड्याउन जान्छ, उहाँको मूर्ति अनावरण गराएर घण्टौ भाषण छाड्न सक्छ , अरू मजहबलाई नराम्रो भनेर बहस पनि गर्न सक्छ तर स्वयं दयानन्दको मार्गमा हिँड्न सक्दैन। आज पनि वैदिकमार्गको बाटो संकीर्ण हुँदै छ , दिनप्रतिदिन वैदिक आस्था क्षीण हुँदै छ । तर पनि जब म सत्यार्थ प्रकाश पल्टाउँछु , यसको पानामा मलाई त्यो भगवा वस्त्रको न्यानो पन आभाष हुन्छ, यज्ञको सुवास आउँछ, स्वाभिमानले मेरो छाति फुलेर आउँछ । हो, त्यसैले मलाई महर्षि दयानन्द प्रिय छन् ।
Subscribe to:
Post Comments (Atom)
विचार जगत
Most Visited Post
चिजेवस्की को अदभुत खोज र पुर्विय चिन्तन को गहनता
Author: Shantiman Shrestha: रहश्यदर्शी तथा मानव चेतना का महान खोजकर्ता चिजेवस्की जसले चेतना र अस्तित्व का तमाम रहश्य उजागर गरी सम...
Popular Posts
-
लेखक: प्रवीण अधिकारी: सनातन हिन्दू धर्मका कामशास्त्र र काम सूत्र दुवै रहस्य र विवादले भरिएका ग्रन्थहरु हुन् | सनातन हिन्दू धर्...
-
आज सनातन हिन्दू हरुको पावन दिन गुरु पुर्णिमा - यो दिन पूर्विय दर्शन अन्तर्गत का विविध आध्यात्मिक परम्परा अनुसार दिक्षित शिष्य हरु आफ्ना गुरु...
-
लेखक: प्रवीण अधिकारी: आरोपीहरु मनु स्मृतिलाई नेपालमा जातिवाद छिराउने ग्रन्थ भन्ने गर्दछन । उनीहरुको आरोप मनुस्मृतिले नारी जातिला...
-
पूर्वीय पाञ्चाङ्ग अनुसार भगवान राम आज भन्दा १,८१ ५० ,१५९ , बर्षअघि जन्मिएका थिएभने महर्षि मनु कति लाखबर्ष पहिले जन्मिए ? लेखक: प...
-
Author: Shantiman Shrestha सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा-युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेप...
-
Author: Shantiman Shrestha Normally we are taking breath without our effort at all. From our birth to our death, we take breath. Many...
-
लेखक: प्रवीण अधिकारी: आजका दिनमा प्रत्येक युवा ,अधिकारकर्मी ,जागरुक ,प्रोफेसर ,कर्मचारी वा अन्यकुनै पेशागत समुदायको मान्छे जो आफ्न...
-
Author: Shantiman Shrestha: एक जना विश्व प्रसिद्ध डाक्टर केनेथ वार्कर को एउटा चौकाने खाले बयान छ; उनले आफ्नो आत्मवृतान्त मा लेखेका छ...
-
लेखक: प्रवीण अधिकारी: फागु पूर्णिमा सामाजिक एवं धार्मिक पर्व , रंगको चाड ,बाल-वृद्ध, नरनारी , सबैको उत्सब । जातिभेद, वर्णभेद ...
-
By : चैतन्य कृष्ण : सन् २००७ मा तत्कालीन भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम ग्रिस भ्रमणमा जाँदा उनका समकक्षी कार्लोस पोपोलिसले उनक...
No comments:
Post a Comment