Shantiman Shrestha:
शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आधुनिकताको नाममा प्रगती मान्ने हो भने भन्नु केहि छैन , जोडा-जोडि मकैबारी छिर्थे अहिले डिस्को र रिसोर्ट छिर्न सक्ने भएको छ , बाबा भन्नेले ड्याडी भन्न सक्ने भएको छ, यसलाई नै प्रगती र विकास मान्ने हो भने ठिकै हो नत्र चौतर्फी दृष्टी बिनाको कमिशन केन्द्रीत विकासले गाउँलाई धरासायी चाहिं पक्कै बनाउनेछ ।
गाउँ-गाउँमा बाटो पुग्यो .....!!!
चरम भ्रष्ट्राचार , माफियागिरी , लूट र चौतर्फी अराजकताको कारण जनस्तरको व्यापक आलोचना र आक्रोसको प्रतिरोध स्वरुप राजनितिक दलका भिजिलान्तेहरुले सफाई स्वरुप दिने वाक्य हो यो ।
गाउँ गाउँमा बाटो पुग्यो तर यसको प्रतिफल के भयो ? बाटो गाउँहरुको अभिशाप बन्न पुगेको हेकान शायद कसैलाई भएन । बाटो गाउँहरुको प्रगतिको लागी कि दुर्गतिको लागी ? गाउँमा बाटो मात्र पुगेन बाटो सँगै कोकाकोला , वियर , रक्सी , महंगो ब्रान्डको चुरोट , फेसनेबल लत्ता कपडा र महंगो विदेशि मालहरु पनि पुग्यो तर गाउँ बाट बजारमा केहि झरेन बरु खुर्सानी , कुखुरा , माछा , मासु समेत भारत बाट बजार र बजार हुँदै गाउँ पुग्यो ।
२ वर्ष अघि एउटा गाउँ पुगेको एउटा होटलमा खाना खाँदा खुर्सानी मागेको छैन रे .. किन त भन्दा पहिरोले गर्दा गाडी नचलेर बजार बाट सामान आएन त्यसैले रे ...!!! यो नेपालका सबै गाउँको कथा हो ।
गाउँमा बाटो पुर्याउनु बजारबाट गाउँमा सामान ओसार्न सजिलो होस भन्नको लागी हो कि गाउँको किसान वा अन्य सामान्य उधमिले उत्पादन गरेको वस्तु शहर बजार सहज रुपले पुगोस भन्नको लागी हो? बाटोले गाउँको पैसा सहज रुपले शहर बजार झर्यो तर शहर बजारबाट गाउँमा पैसा गएन बरु पहिले आत्मनिर्भर रहेको चिजमा समेत परनिर्भर भयो , किन्न पाइने भएपछी किन दु:ख गर्ने? लोग्ने विदेशमा स्वास्नी सबथोक किनेर खाने, शहर-बजार झरेर विलासितामा पैसा खर्चिन सहज भयो , अन्य विकृतिको चर्चा गर्दा जिब्रो टोक्नुपर्ने बाध्यता आइपर्छ त्यसैले चर्चा नगरौं। ।
कुनै पनि आयोजनाको तयारी गर्दा उक्त आयोजना सम्पन्न भएपश्चात हुनसक्ने सकारात्मक नकारात्मक प्रभावको लेखाजोखा यहाँका जनप्रतिनिधि र योजनाविदहरुले कहिल्यै गरेनन । बाटोको काम सँगसंगै गाउँमा उत्पादनको बाताबरण बनाएर गाउँको उत्पादन शहर झार्ने निति नै बनेन , केबल काम देखाएर कमिशन झार्ने पट्टी ध्याउन्न रह्यो ।
गाउँमा बाटो पुग्यो जसले मल्टिनेशनल कम्पनिहरु मोटाए , उनिहरुको उत्पादन गाउँगाउँमा पुग्यो , युवाहरुले खाडिमा पसिना बगाएर पठाएको रेमिटेन्स मल्टिनेशनल कम्पनिलाई मोटो बनाउन उपयोग भयो , फलत त्यो रेमिटेन्स फर्केर फेरि उतै गयो, शहरको फेसन क्षणभरमै गाउँमा पुग्यो , गुन्यु चोलिको ठाउँमा चुज पाइन्ट र टु पिसले ठाउँ लियो , फेसनलाई नै आधुनिकताको नाममा प्रगती मान्ने हो भने भन्नु केहि छैन , जोडा-जोडि मकैबारी छिर्थे अहिले डिस्को र रिसोर्ट छिर्न सक्ने भएको छ , बाबा भन्नेले ड्याडी भन्न सक्ने भएको छ, यसलाई नै प्रगती र विकास मान्ने हो भने ठिकै हो नत्र चौतर्फी दृष्टी बिनाको कमिशन केन्द्रीत विकासले गाउँलाई धरासायी चाहिं पक्कै बनाउनेछ ।

सनातन नेपाल जागरण ®
No comments:
Post a Comment